• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ३. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

मानव अधिकार एलायन्स चितवनमा पत्रकार किशोर खनालको नेतृत्व

चितवन, पुस २७-  राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल–मानवअधिकार एलायन्स चितवनको अध्यक्षमा पत्रकार किशोर खनाल चयन भएका छन् ।

शुक्रबार भरतपुरमा भएको मानव अधिकार एलायन्स चितवनको छैठौँ जिल्ला अधिवेशनले खनाललाई सर्वसम्मतबाट चयन गरेको हो । पत्रकार खनालले दुई दशकदेखि चितवन पोष्टमा समाचार लेख्दै आएका छन् ।

अधिवेशनले महिला उपाध्यक्षमा कमला गजुरेल सुवेदी, उपाध्यक्षमा विनोद बर्तौला, सचिवमा चन्द्रकान्त ओझा, कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा प्रेमनाथ सेढाईं, कोपिला दुवाडी, टीकाराम आचार्य, मदनराज घिमिरे, संगीता थापा, जमुना परियार र मीनबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, लेखा समितिमा निरु बराल निर्वाचित भएकी छन् ।

अधिवेशनका प्रमुख अतिथि एलायन्स बागमती प्रदेश कमिटीका अध्यक्ष श्याम श्रेष्ठले मानव अधिकारको क्षेत्रमा चितवन एलायन्सले उल्लेखनीय काम गर्नेछ भनेर आफूले अपेक्षा गरेको बताए । उनले भने, ‘जिल्लामा जहाँ मानवअधिकारको हनन् हुन्छ, त्यहाँ चितवन एलायन्स पुग्नुपर्छ, मानवअधिकारको रक्षामा सदैव पहरेदारको रुपमा उभिनुपर्छ ।’

अध्यक्ष श्रेष्ठले चितवन एलायन्स जिल्ला कमिटीले अब पालिकास्तरमा समिति बनाउने बताए । उनले भने, ‘जिल्ला कमिटीले चितवनका प्रत्येक पालिकामा मानव अधिकारसम्बन्धी तालिम, प्रशिक्षण, अन्तक्र्रिया तथा जागरणका कार्यक्रमहरु गर्नेछ ।’

कार्यक्रममा एलायन्सका पूर्व केन्द्रीय उपाध्यक्ष केशवप्रसाद रेग्मीले मानव अधिकारसम्बन्धी निर्देशिकाहरु पालना गर्दै एलायन्स चितवन अघि बढ्नुपर्ने बताए । उनले भने, ‘मानवअधिकार भनेको बाँच्नको लागि आवश्यक पर्ने सबै अधिकारलाई लिइन्छ ।’ मानव अधिकारलाई जन्मसिद्ध अधिकार वा नैसर्गिक अधिकारको रुपमा लिइन्छ ।

पेटभर खान पाउनु, आधारभूत अनिवार्य र निःशुल्क शिक्षा पाउनु, आधारभूत स्वास्थ्य सेवा पाउनु, पेसा तथा रोजगारी छनौट गर्न पाउनु, समान व्यवहार, विचार र अभिव्यक्ति स्वतन्त्रता लगायत मानव अधिकार हुन् ।

‘खाना, नाना, छानाको अधिकार दिने तर स्वतन्त्रतापूर्वक हिँडडुल गर्न, बोल्न, सङ्गठित हुन नदिने हो भने उसको जीवन मर्यादित रहँदैन’ पूर्व केन्द्रीय उपाध्यक्ष रेग्मीले भने ।

अधिवेशनको प्रमुख वक्ताको रुपमा रहेका नेकपा एमाले पोलिट्व्युरो सदस्य देवीप्रसाद ज्ञवालीले मानव अधिकारको मूल तत्व भनेको मानवीय आत्मसम्मानको रक्षा भएको बताए । उनले भने, ‘जीवनको अधिकार भन्नु नै आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार हो, मानवीय आत्मसम्मानबिना मानव जीवन पशुतुल्य हुने हुँदा कुनै पनि मानिसलाई उसको कुनै अधिकारबाट बञ्चित गर्न मिल्दैन । मानवअधिकार अरुलाई हस्तान्तरण गर्न पनि मिल्दैन ।’

कार्यक्रमको अध्यक्षता गरेका नारायणप्रसाद दवाडीले एलायन्स चितवनले मानव अधिकारको क्षेत्रमा काम काम गर्दै आएको र अबको जिल्ला कमिटीले पनि तदारुकताको साथ काम गर्दै जाने बताए । अध्यक्ष दवाडीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रामकुमार श्रेष्ठले आर्थिक प्रस्तुत गरेका थिए । एलायन्स प्रदेश कमिटी सहसचिव पार्वती घिमिरे दवाडीले काठमाडौँमा हुन लागेको प्रदेश कमिटीको अधिवेशनमा चितवन जिल्लाबाट प्रतिनिधि छनौट भएको बताइन् । उनका अनुसार चितवनबाट पाँच जना प्रतिनिधि प्रदेश अधिवेशनको लागि छनौट भएका छन् ।

शनिबार, पुष २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ३.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.