• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

नारायणी र राप्तीमा जलपक्षीको प्रजाति र सङ्ख्यामा कमी

नवलपुर, २३ पुस । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी तथा यसको सिमसार क्षेत्रमा यसवर्ष जलपक्षीको प्रजाति र सङ्ख्यामा कमी आएको छ ।
सोमबारदेखि सुरु भएको जलपक्षी गणनाका क्रममा चरा गणनामा संलग्न निकुञ्जको मध्यक्षेत्र संयोजक एवम् चराविज्ञ मनेष लिम्बुले बिगतमा जस्तो यसवर्ष चराको प्रजाति र सङ्ख्या नभेटिएको बताउनुभयो । “अघिल्लो वर्ष जलपक्षी गणनाका क्रममा यस क्षेत्रमा ४७ प्रजातिका चराहरु भेटिएको थियो” उहाँले भन्नुभयो, “यसवर्ष भने ३८ प्रजातिको चरामात्रै भेटियो ।” जलपक्षी गणनाका क्रममा भेटिएका साना प्रजातिका चराहरुको सङ्ख्यासमेत थोरै पाइएको लिम्बुको भनाइ छ ।
बिगतमा यस क्षेत्रमा गणना गरिएको जुरे हुटिट्याउँ, चित्र दङ्गालगायतका जलपक्षीहरु यसपटकको गणनामा नभेटिएको उहाँले बताउनुभयो । “चखेवा र खोया हाँसको सङ्ख्या भने विगतमा जस्तै भेटिएको छ” उहाँले भन्नुभयो, “नारायणी नदी र राप्ती नदी तथा यसको सिमसार क्षेत्रमा जलपक्षीहरुको सङ्ख्याले हामीलाई निराश बनाएको छ ।” जलपक्षी कम भेटिनुको प्रमुख कारण नदीमा बढेको प्रदूषण भएको भन्दै उहाँले वातावरणीय प्रदूषणका कारणसमेत यसक्षेत्रमा जलपक्षी न्यून आएका हुनसक्ने बताउनुभयो ।
तर जलपक्षी गणनाको केही दिन अगाडि भने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक ‘कालो टाउके लेक चरी’ भेटिएको लिम्बुले बताउनुभयो । “यसअघि यो चरा हामीले निकुञ्ज क्षेत्रमा कहिल्यै भेटेका थिएनौँ” उहाँले भन्नुभयो, “दुई हप्ता अगाडि भेटिएको यो चरा चितवनका लागि नयाँ प्रजाति हो ।” अहिले उत्तरी ध्रुव, रुस, चीन, मङ्गोलियालगायतका अत्यधिक चिसो क्षेत्रबाट जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा नेपालको विभिन्न ताल, तलैया, नदी र जङ्गलमा चराहरु आउने लिम्बुले बताउनुभयो ।
निकुञ्जको पश्चिमी क्षेत्र र नवलपुरका तालततैयामा भने पुस २७ गतेमात्रै जलपक्षी गणना गर्ने तयारी गरिएको यसक्षेत्रका संयोजक डिबी चौधरीले बताउनुभयो । विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा देशभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीको सङ्ख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन नेपालमा यस वर्षको गणना पुस २० गतेबाट माघ ६ गतेसम्म सञ्चालन हुने चौधरीले बताउनुभयो । “चरा गणना स्वयम्सेवीरुपमा गरिने काम भएकाले सबैलाई पायक पर्ने समय मिलाएर आगामी शनिबार र आइतबार गणना गर्ने तयारी गरेका छौँ” उहाँले भन्नुभयो, “जलपक्षी गणनामा सहभागी हुने गणकहरु होटल व्यवसायी, नेचर गाइड हुने भएकाले अन्य ठाउँमाभन्दा केही दिन पछाडि गणना गर्न लागिएको हो ।”
यस क्षेत्रमा पाँच समूह बनाएर दुई दिनसम्म चरा गणना गरिने चौधरीको भनाइ छ । नारायणी नदीको पश्चिमी क्षेत्र, ताल, पोखरी तथा सिमसारमा गणना गरिने भन्दै चौधरीले जलपक्षी गणनाका क्रममा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने रैथाने र बसाइँसराई गर्ने चराहरूको तथ्याङ्क सङ्कलन गरिने बताउनुभयो । चराहरुको प्रारम्भिक तथ्याङ्क गणना सकिएलगत्तै गरिने भए प्नि विस्तृत प्रतिवेदन भने आगामी वैशाख १ देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहको अवसरमा सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.