• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

खाद्य गुणस्तर कायम गर्ने प्रतिबद्धता

नवलपुर, २२ पुस । उपभोग्य वस्तुहरु हरेक क्षेत्रमा गुणस्तरीय हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नवलपुरको गैँडाकोटमा आज आयोजित खाद्य–दाना सम्बन्धी नयाँ ऐनबारे सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उत्पादनदेखि उपभोगसम्मको सबै चरणमा गुणस्तर कायम गर्नुपर्नेमा जोड दिएका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन विभाग पोखराले गैँडाकोटमा आयोजना गरेको कार्यक्रममा व्यवसायी तथा सरोकारवालाहरुले सबै क्षेत्रमा गुणस्तर कामय हुनेगरी खाद्य वस्तुहरु उपभोक्तासम्म पुग्नुपर्ने बताएका हुन् । कार्यक्रममा जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष छवि कँडेलले नागरिकले उपभोग गर्ने हरेक वस्तु गुणस्तरीय भएमा व्यक्ति र परिवार स्वस्थ हुने भन्दै यसबाट राष्ट्र नै स्वस्थ हुने बताउनुभयो । पछिल्लो समय खाद्य पदार्थहरुमा विभिन्न खालका रसायन, विषादी, अखाद्य पदार्थहरु मिसाइने गरेको भन्दै यसले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने गरेको कँडेलको भनाइ छ ।
कार्यक्रममा होटल व्यवसायी कमल शर्मा गौतमले होटल व्यवसायीहरुलाई अनुगमनको नाममा धेरै पीडा दिने गरिएको गुनासो गर्नुभयो । “हामी राज्यका हरेक निकायमा दर्ता भएर राज्यलाई कर तिर्दै व्यवसाय सञ्चालन गर्दै आएका छौँ” उहाँले भन्नुभयो, “मानवीय त्रुटिका कारण केही विषयमा सामान्य कमीकमजोरी भेटिएमा होटल व्यावसायीलाई बदनाम गराउँदै सामाजिक सञ्जालबाट भाइरल गराइन्छ ।” व्यवसायीलाई बदनाम गराउँदै व्यवासयमा ताला लगाएर धेरै व्यवसायीहरु विदेशीनुपर्ने बाध्यतासमेत अहिले आएको उहाँको भनाइ छ ।
“उपभोक्ताले दिनभरी खुला ठाउँमा राखेका चटपटे, पानीपुरी तथा खुला ठाउँमा भएका खानेकुरा खाएर अन्तिममा होटलहरुमा आएर केही खाना खान्छन्” उहाँले भन्नुभयो, “यसपछि उपभोक्ताहरु बिरामी भएको खण्डमा बाहिर खाएको खानेकुराहरु बिर्सिएर त्यो होटलको खानाले बिरामी गरायो भनेर उजुरी दिने र व्यवसायीलाई लखेट्ने काम भइरहेको छ ।” गौतमले आफूहरुको गल्तीमा सुधार गर्ने ठाउँ दिनुपर्ने भन्दै सामान्य गल्तीलाई पनि ठूलो बनाउने गरी मिडियाबाजी नगरिदिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा पानी व्यावसायी सोमप्रसाद काप्रीले नवलपुर र चितवनका उद्योगीहरु मिलेर पानीको गुणस्तर परीक्षण गर्न ल्याब (प्रयोगशाला) सञ्चालन गरेको बताउनुभयो । “पानीका कारण उपभोक्ताहरु बिरामी हुन नपरोस् भन्दै हामीले निजी क्षेत्रबाट ल्याब सञ्चालन गरेर पानीको गुणस्तर परीक्षण गरेर बजारमा पठाउँदै आएका छौँ” उहाँले भन्नुभयो, “हामीले ठूला होटलहरुको खाद्य गुणस्तरसमेत परीक्षण गरिदिने गरेका छौँ, हामी उपभोक्ताको स्वास्थ्यप्रति सचेत छौँ ।” खाद्य गुणस्तरप्रति व्यवसायीहरु गम्भीर हुँदै गर्दासमेत बेलाबखतमा आफूहरुलाई दुःख दिइने गरेको काप्रीको भनाइ छ ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले सङ्घीय सरकारले जारी गरेको ‘खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ०८१’ बारे जानकारी गराउनुभएको थियो । नयाँ बनेको ऐनमा न्यून गुणस्तरका खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, ढुवानी वा बिक्री वितरण गरे वा राखेमा अधिकतम रु पाँच लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको उहाँले बताउनुभयो । नयाँ बनेको ऐनमा खाद्यको गुणस्तरसम्बन्धी नियमन अनुगमनमा स्थानीय तह र प्रदेशले पनि जिम्मेवारी पाएका दाहालले बताउनुभयो ।
ढुवानीकर्ताले दूध, माछामासु जस्ता विशेष व्यवस्था गरी ढुवानी गर्नुपर्ने खाद्य पदार्थ तोकिएबमोजिमको मापदण्डअनुसारको ढुवानीको साधनबाट ढुवानी गर्नुपर्नेछ, स्वच्छ सफा टुटफुट नभएको साधनबाट मात्रै ढुवानी गर्नुपर्ने, खाद्य पदार्थ र अखाद्य पदार्थसँगै राखेर ढुवानी गर्न नहुने ऐनमा उल्लेख गरिएको उहाँले बताउनुभयो । दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्रीवितरण गरे वा बिक्रीवितरणमा राखेको कसुरमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा रु ५० हजारदेखि रु पाँच लाखसम्म वा दुवै सजाय हुने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सोमबार, पुष २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.