• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ ०७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय समाचार

  • १. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

भागदौडमा महिलाको मृत्यु प्रकरणमा अल्लु अर्जुनलाई जमानत, तर प्रहरीसमक्ष हाजिर हुनुपर्ने

हैदराबाद, पुस २०– चलचित्र ‘पुष्पा–२’ को स्क्रिनिङका क्रममा भागदौडमा महिलाको मृत्यु भएको अभियोगमा अभिनेता अल्लु अर्जुन धरौटीमा रिहा भएका छन् । शुक्रबार हैदराबादको नामपल्ली अदालतले अल्लुलाई नियमित जमानत दिएको हो।

अल्लु अर्जुनका वकिल अशोक रेड्डीका अनुसार अतिरिक्त महानगरीय सत्र न्यायाधीशले अल्लुलाई दुई जमानत पेस गर्न भनेका छन्, जसमा उनले प्रत्येक ५० हजार भारतीय रुपैयाँको दुईवटा जमानत भर्नेछन्। अल्लुलाई आइतबार अनुसन्धान अधिकृत समक्ष उपस्थित हुन निर्देशन दिइएको छ ।

अल्लु अर्जुनलाई घटनाको सम्बन्धमा १३ डिसेम्बरमा पक्राउ गरिएको थियो र १४ डिसेम्बरमा तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत दिएको थियो। यसको अवधि जनवरी १० मा समाप्त हुने थियो।

पक्राउपछि उनलाई ४ बजे स्थानीय अदालतमा पेस गरिएको थियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो । अल्लुले तेलंगाना उच्च अदालतमा अन्तरिम जमानतको लागि अपील गरेका थिए। त्यसपछि साँझ ५ बजे उनलाई रु ५० हजार रुपैयाँको व्यक्तिगत धरौटीमा अन्तरिम जमानत दिइएको थियो । यसैबिच अल्लुलाई चंचलगुडा केन्द्रीय कारागार लगिएको थियो ।

अभिनेता भोलिपल्ट शनिबार बिहान करिब ६ः३० बजे चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएका थिए । यस अवधिमा अल्लु करिब १८ घण्टा हिरासतमा रहे ।

वास्तवमा ४ डिसेम्बरमा फिल्म पुष्प–२ को स्क्रिनिङका क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड भएको थियो । सो क्रममा रेवती नामकी एक महिलाको मृत्यु भएको थियो भने उनको बच्चा घाइते भएका थिए ।

डिसेम्बर ३१ मा पनि प्रहरीले अल्लु अर्जुनसँग ३ घण्टाभन्दा बढी सोधपुछ गरेको थियो । अल्लु बिहान ११ बजे चिक्कडपल्ली प्रहरी चौकी पुगे। उनको सोधपुछ दिउँसो २:४५ बजेसम्म चलेको थियो । हैदराबाद सेन्ट्रल जोन डीसीपीको नेतृत्वमा रहेको टोलीले अभिनेतासँग सोधपुछ गरेको थियो।

यता, हैदरावादको उस्मानिया विश्वविद्यालयका केही व्यक्तिले २२ डिसेम्बरमा अल्लु अर्जुनको घरमा तोडफोड गरेका थिए । यस घटनामा ८ अभियुक्त पक्राउ परेका छन् । तीमध्ये ६ जनालाई डिसेम्बर २३ गते जमानत दिइएको थियो ।

शनिबार, पुष २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.

  • ३.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ४.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ५.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ६.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ७.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ८.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.