• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन

काठमाडौं,पुस १९-  पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पसाङ’ सक्रिय राजनीतिमा फर्किएका छन् । पुन सक्रिय राजनीतिमा फर्किएसँगै अब पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय राजनीतिमा फर्किन लागेको चर्चा भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले पार्टीको सदस्य नवीकरण गरिसकेकी छन् । भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर पार्टी अध्यक्ष बनाउने र विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने रणनीति शीर्ष नेताहरूका बीचमा बनेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा बसेको स्थायी कमिटी बैठकमा सहभागी भएका पुनलाई पार्टीले उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेको छ । पछिल्लो समय उनी आमन्त्रित सदस्यको हैसियतमा बैठकमा सहभागी हुने गरेका छन् ।

पुनजस्तै भण्डारी कुनै बैठकमा सहभागी नभए पनि भातृसंगठनका कार्यक्रमहरूमा सहभागी हुँदैआएकी छन् । एमालेभित्रकै नेताहरूले भण्डारीलाई सक्रिय राजनीतिमा आउन दबाब दिएका छन् । तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भण्डारी सक्रिय राजनीतिमा आएको राम्रो लागेको छैन । ‘पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा सक्रिय भइसक्नुभयो, अब छिट्टै नै पूर्वराष्ट्रपति विद्या भण्डारी पनि सक्रिय राजनीतिमा आउनुहुन्छ, विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई पनि एकीकृत गर्नुछ, त्यसका लागि भण्डारी र पुन दुवैजना आवश्यक छ,’ एक नेताले भने ।

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’निकटका पुन पछिल्लो समय राजनीतिमा सक्रिय भएका छन् । माओवादी केन्द्रले पुनलाई उपाध्यक्ष वा उपमहासचिवको जिम्मेवारी दिने बताइएको छ । आगामी २१ पुसमा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै छ । सोही बैठकबाट पुनलाई जिम्मेवारी दिने बताइएको छ । पासाङ भण्डारी राष्ट्रपति रहेका बेला दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए । उपराष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएसँगै उनलाई पार्टीको जिम्मेवारीमा ल्याउन अध्यक्ष प्रचण्डले कसरत गरिरहेका थिए । यसअघिको पदाधिकारी बैठकले विधान संशोधन गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देवप्रसाद गुरुङ तथा उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेको कार्यदल बनाएको थियो । सो कार्यदलले पार्टी पदाधिकारीको संख्या बढाउनेगरी विधान संशोधनको मस्यौदा तयार पारेको थियो ।

त्यस्तै, सोही केन्द्रीय समिति बैठकले पूर्वउपराष्ट्रपति पासाङलाई माओवादी उपाध्यक्ष वा उपमहासचिवमा मनोनीत गर्ने प्रचण्डनिकटका एक नेताले जनाएका छन् । उपाध्यक्ष वा उपमहासचिव कुन जिम्मेवारी दिँदा राम्रो हुन्छ भन्नेबारेमा आन्तरिक छलफल जारी छ । पुनलाई उपाध्यक्षको जिम्मेवारी दिने सम्भावना बढी छ ।

माओवादी केन्द्रमा अहिले एक वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ६ उपमहाचिव, ९ सचिव र एक जना कोषाध्यक्ष छन् । माओवादी स्रोतका अनुसार लुम्बिनी प्रदेशका पूर्वप्रमुख रहेका अमिक शेरचनलाई पनि पार्टीको जिम्मेवारीमा फर्काउनेबारे कुराकानी चलेको छ । शेरचनलाई उपाध्यक्ष बनाउनेबारे कुराकानी भए पनि सहमति जुटिसकेको छैन । माओवादीका पूर्वकोषाध्यक्ष शेरचन वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगै एकता प्रक्रियामा माओवादीमा आबद्ध भएका थिए । यसअघि माओवादीले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई पार्टीमा जिम्मेवारी दिइसकेको छ । सापकोटा उपाध्यक्ष र प्रवक्ताको जिम्मेवारीमा छन् । राजधानी दैनिकमा खबर छ ।

शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.

  • ४.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ५.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ७.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.