• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

नेपाल उद्योग व्यवसायी महासङ्घको विधान संशोधन बैठक सुरु

नवलपुर, १२ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा नेपाल उद्योग तथा व्यवसायी महासङ्घको विधान तथा नीति निर्माण सन्दर्भमा आयोजित विस्तारित बैठक सुरु भएको छ । शनिबारसम्म सञ्चालन हुने बैठकको आज दिउँसो नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको हो ।
देशभरबाट भेला भएका महासङ्घका प्रतिनिधिहरुले आगामी दिनमा सङ्गठन कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा विधान संशोधन गर्दैछन् । महासङ्घका पूर्व उपाध्यक्ष एवम् विधान संशोधन बैठकका संयोजक डा तिलचन्द्र भट्टराईले मुलुकको वर्तमान अर्थतन्त्र र अबको दिशाका बारेमा बृहत छलफल गरिने बताउनुभयो । नेपालको अर्थतन्त्रलाई माथि उकास्न कृषि, पर्यटन, उर्जा, सूचना–प्रविधि र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगमा लगानी बढाउने विषयमा बैठकले बृहत् छलफल गर्ने भट्टराईको भनाइ छ ।
देशको अर्थतन्त्रमा बिस्तारै आशाहरु पलाउन थालेको अवस्थामा उद्योगी व्यवसायीलाई लगानी गर्न प्रेरित गर्नेगरी नीति निर्माण गर्नका सरकारलाई आग्रह गरिने उहाँले बताउनुभयो । अहिले व्यवसायमा देखिएका कठिनाइलाई सम्बोधन गर्नेगरी छलफल गरेर सरकारलाई योजना बनाउन सुझाव दिने डा भट्टराईले बताउनुभयो । नवलपुरमा आयोजना गरिएको भेलाले गण्डकी प्रदेशको अन्न भण्डारको रुपमा रहेको नवलपुरको मौलाकालिका, देवघाट, त्रिवेणी, अयोध्यापुरी, बाल्मीकि जस्ता महत्वपूर्ण धार्मिक क्षेत्रको शुद्धतालाई कायम गर्दै आर्थिक पर्यटकीय क्षेत्रको रुपमा राष्ट्रिय योजनाको रुपमा अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा एमाले महासचिव शङ्कर पोखरेलले व्यापार व्यवसाय गर्ने मान्छेहरुलाई राजनीतिक रुपमा सङ्गठित गर्ने फोरमको रुपमा मात्रै महासङ्घलाई हेर्न नहुने बताउनुभयो । उहाँले यस महासङ्घलाई समृद्ध नेपाली, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने एउटा मिसनको रुपमा आफूलाई अग्रसर बनाउने काम गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । अहिले मुलुकमा रहेका धेरै कम्युनिष्ट पार्टीहरुले समाजवादी कार्यक्रम दिने विषयमा पैरवी गरिरहेका भन्दै महासचिव पोखरेलले अहिले नै समाजवादी कार्यक्रम दिने समय सुरु नभएको बताउनुभयो ।
“समाजवादको निर्माण राष्ट्रिय पुँजीको विकासको जगमा मात्रै हुन्छ” उहाँले भन्नुभयो, “अहिले राष्ट्रिय पुँजी निर्माण गर्न सकिरहेको छैन, अहिले नै रातारात समाजवादको निर्माण गर्ने कुरा उचित हुन सक्दैन । त्यसअर्थमा हामीले समाजवादको आधार तयार गर्ने कुरा गरेका छौँ ।” संविधानले पनि अनुमति दिएको जनताको बहुदलीय जनवादको राजनीतिक कार्यदिशाको एउटा शाखाको रुपमा रहेको समाजवादलाई गहिरोगरी आत्मसात गर्नसक्नुपर्ने उहाँले बताउनुभयो । समाजवाद निर्माण गर्ने अभियानका सन्दर्भमा व्यवसायीको भूमिका अत्यन्त महत्वपूर्ण भएको भन्दै महासचिव पोखरेलले त्यो भूमिका निर्वाह गर्न तयार छौँ भन्ने सन्देश उद्योगी व्यवसायीहरुले दिनुपर्ने बताउनुभयो ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घका संयोजक भागिरथ सापकोटाले आज साँझबाट नै विधान तथा नीति निर्माण सन्दर्भमा आयोजित विस्तारित बैठकको बन्दसत्र हुने बताउनुभयो । दोस्रोसत्रमा पूर्वमन्त्री एवम् एमाले नेता भानुभक्त ढकालले स, पूर्वअर्थमन्त्री एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्ने सापकोटाले जानकारी दिनुभयो । बन्दसत्रमा साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन तथा संधोधित विधानको बारेमा छलफल हुने सापकोटाले बताउनुभयो ।
“हाम्रो विधान मस्यौदा समितिले विधान निर्माण गरिसकेको छ, बन्दसत्रमा हामीले संशोधित विधान प्रस्तुत गर्नेछौँ” उहाँले भन्नुभयो, “देशभरबाट सहभागी प्रतिनिधिहरुलाई पाँच समूहमा विभाजन गरी विधानबारे छलफल गरी शनिबारसम्म विधानलाई अन्तिम रुप दिनेछौँ ।” छलफलबाट आएका कुराहरु विधानमा संशोधन गर्दै मुलुकको अर्थतन्त्रलाई सुधार गर्नका लागि सरकारले चाल्नुपर्ने कदम तथा अर्थतन्त्रमा देखिएका समस्या र समाधानसमेत औँल्याएर सरकारलाई सुझाव दिनेगरी शनिबार साँझ ‘नवलपुर चितवन घोषणापत्र’ जारी गरिने संयोजक सापकोटाले बताउनुभयो । विधान संशोधन बैठकमा सातवटै प्रदेश समिति र ७७ वटै जिल्ला सिमितिबाट गरी तीन सय ५० प्रतिनिधिहरुको सहभागिता रहेको उहाँको भनाइ छ ।

शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.