• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

मह जात्राको टिम मार्फत अन्नपूर्ण डेरीको प्रशंसा


भरतपुर । करिब दश वर्षपछि पुनः सुरु भएको ‘मह जात्रा’ देशका विभिन्न सहरहरूमा प्रस्तुति दिइरहेको छ। चितवनमा आफ्नो प्रस्तुति दिन आएको यो टिमले चितवनको पहिलो दुग्ध सहकारी संस्था, अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको अवलोकन गर्दै यसको खुलेर प्रशंसा गरेका छन्।

मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित कलाकारहरू किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतलगायत हास्य कलाकारहरू संस्थाको मुख्य कार्यालय भरतपुर ६,केशरबागमा पुगेर संस्थाको गतिविधि र उत्पादनहरूको प्रशंसा गरेका हुन्।

कलाकार हरिवशं आचार्यले अन्नपूर्णले स्थानीय किसानहरूको जीवनस्तर उकास्न खेलेको भूमिकाको प्रशंसा गर्दै भने, “हामीले अन्नपूर्णका उत्पादनहरू उत्कृष्ट पायौं। यसको प्राकृतिक र गुणस्तरीय उत्पादनले हाम्रो संस्कृति र स्वास्थ्यको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ नै संगै समुदायस्तरमा सयौँलाई रोजगारी प्रदान गर्नु आफैँमा ठूलो उपलब्धि भएको हो ।” आफुलाई पनि बुबाआमाले गाईंभैसी पालेर हुर्काएको बताउँदै उनले गाईभैंसी, गोठ, गोबरसंग आफू पनि नजिक रहेको बताएका थिए । यो पेशलाई र किसानलाई नेपाल सरकारले सोच्नु पर्ने बताउँदै अधिकारहरु खोसेर पनि लिनु पर्ने बताए । आफूहरु सक्षम रहेको ठाउँमा विदेशी चिजहरु रोक्न पनि सक्नु पर्ने उनले बताए ।

अन्नपूर्णले गुणस्तरीय दुग्धजन्य पदार्थ, जस्तै दूध, दही, मोही, घिउ, पनीरलगायतका उत्पादन देशभर विक्री वितरण गर्दै आएको छ। सहकारीका व्यवस्थापक करुण पोखरेलले यस प्रकारका प्रशंसा र समर्थनले चितवनको दुग्ध क्षेत्र र अन्नपूर्णका उत्पादनहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

अन्नपूर्ण डेरीको स्थापना २०४१ सालमा दुग्ध विकास संस्थानद्वारा गरिएको थियो। प्रारम्भमा ५० जना किसानबाट १३० लिटर दूध संकलन गर्दै सुरु भएको यो सहकारीमा अहिले दैनिक ८,२०० लिटर दूध संकलन भइरहेको छ। सहकारीले दाना उद्योग, दूध चिस्यान केन्द्र, पशुविमा कार्यक्रम, कृषक बचत तथा ऋण कार्यक्रम, उन्नत गाई स्रोत केन्द्र, दुग्ध विविधीकरण परियोजना सहितको उद्योग र साइलेज उद्योग सञ्चालन सहकारी आफैले गर्दै आएको छ।

अन्नपूर्णका दूध र दुग्धजन्य परिकार देशभर चर्चित छन्, जसले यस क्षेत्रमा व्यवसायिक गाईपालन र दुग्ध उत्पादनलाई निरन्तर प्रोत्साहित गरिरहेको छ।

बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.