• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ७. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ८. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ९. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • १०. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

पत्रकार भुपराज पाठकको उपचारका लागि एक्सपर्टद्धारा ५० हजार सहयोग


चितवन, पुस ७–  सामान्यतया कार्यक्रमको उद्घाटनमा बत्ती बालिन्छ वा बिरुवामा पानी हालिन्छ वा कहिलेकाहीँ ब्यानर पढेर पनि उद्घाटन गरिन्छ । तर, भरतपुरमा रक्तक्यान्सर रोगसंग लडिरहेका पत्रकारलाई आर्थिक सहयोग गरेर एक कार्यक्रमको उद्घाटन गरिएको छ ।

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले ‘एनुअल अवार्ड नाइट–२०२४’ को उद्घाटनमा पत्रकार भुपराज पाठकको उपचारमा नगद ५० हजार रुपैयाँ सहयोग गर्दै कार्यक्रमको समुद्घाटन गरिएको हो । एक्सपर्ट नेपालका निर्देशक खेम सङ्ग्रौला र एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उपचार सहयोग समितिका उपाध्यक्षद्वय रामचन्द्र लम्साल र हरिप्रसाद न्यौपानेलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । एक्सपर्टले शुक्रबार साँझ एनुअल अवार्ड नाइट (कर्मचारीहरुलाई सम्मान) कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रमको औपचारिक उद्घाटनका क्रममा अन्य नियमित प्रक्रिया र स्वरुपलाई परिवर्तन गर्दै सहयोग रकम उपलब्ध गराएर कार्यक्रमको उद्घाटन गरिएको एक्सपर्ट चितवनका विजनेस डेभलपमेन्ट मेनेजर विनोदबाबु रिजालले बताउनु भयो । सहयोग रकम बुझ्दै रक्तदाता अभियन्तासमेत रहनुभएका न्यौपानेले एक्सपर्टले परोपकारी काममा सहकार्य गरेर आफ्नो गरिमालाई उच्च बनाएको प्रतिक्रिया दिनुभयो ।

कार्यक्रममा बोल्दै सहयोग समितिका अर्का उपाध्यक्ष लम्सालले एक्सपर्टको सहयोग मानव जीवनलाई सिँचाइ भएको बताउनु भयो । ‘रिबन काटेर, मैनबत्ती बालेर, बिरुवामा पानी हालेर कार्यक्रमहरु उद्घाटन गरिन्छन् । तर आज एक्सपर्टले अस्पतालको सैय्यामा रहेको बिरामीको जीवनमा पानी हालिदिएको छ । उसको बाँच्ने आशालाई जीवित बनाएको छझ, लम्सालले भन्नुभयो–‘यो अमुल्य सहयोगका निम्ति एक्सपर्ट परिवार प्रति कृतज्ञ छौँ ।’

भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा रक्तक्यान्सर प्रभावित पाठकको उपचार सुरु भएको हो । करिब ५० लाख रुपैयाँ खर्च लाग्ने सो उपचारका लागि माडीसँगै देशैभर र प्रवासका विभिन्न ठाउँबाट आर्थिक सहयोग जुटाउन अभियान चलिरहेको छ । रक्तक्यान्सर प्रभावित पाठकको उपचारका लागि सानै भए पनि सहयोग उपलब्ध गराउन पाउँदा खुसी लागेको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनु भयो ।

यस्तै एनुअल अवार्ड नाइट कार्यक्रममा विभिन्न विद्यामा कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । एक लाख राशीको टप पर्फमिङ अवार्ड भरतपुर बेस क्याम्पबाट रमेश सापकोटा र रत्ननगर शाखाबाट उषा आचार्य पुरस्कृत हुनु भयो । त्यस्तै ५० हजार राशीको क्लाइन्ट केयर च्याम्प अवार्ड बेस क्याम्पकै रमेश सापकोटा, २० हजार राशीको राइजिङ स्टार अवार्ड बेसक्याम्पकी रविन्सा श्रेष्ठ, २० हजार रुपैयाँ राशीकै दि डिजिटल प्रोमोटर अवार्ड पर्सा शाखाका विकल अर्याल, ग्रोथ पाइनियर अवार्ड पर्सा शाखाकै मोनिक पौडेल, दि प्रोग्रेस एक्सिलेटर अवार्ड हेटौंडा शाखाकी सुरक्षा घिमिरेले प्राप्त गर्नुभयो ।

त्यसैगरि पारिवारसहित वैदेशिक भ्रमणका लागि सर्कल अफ एक्सीलेन्सी अवार्ड भरतपुरकै आशिष कर्माचार्य र मिना सुवेदीले प्राप्त गर्नुभयो । यस्तै सिंगल वैदेशिक भ्रमणका लागि लङ हउल अवार्ड बेस क्याम्पका उमा गुरुङ, अजय थापा, प्रतिक थापा, झलक शर्मा, रमेश सापकोटा, हेटौंडा शाखाका सागर लामिछाने, कावासोती शाखाका कृष्ण भुषाल र पुष्पा तिवारीले प्राप्त गर्नुभयो ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसँगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।

 

आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने
विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

भर्खरै

  • १.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ४.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ५.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ६.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ७.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ८.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.