• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ०९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

तीन अभियोगसहित रविविरुद्ध आज अदालतमा अभियोजन गर्ने तयारी

काठमाडौं,पुस ५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज (शुक्रबार) अदालतमा अभियोजन गर्ने तयारी गरेको छ । सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले आज अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी रहेको बताइन् । उनले भनिन्, ‘हामीले सुक्ष्मरूपमा अनुसन्धानको मिसिल अध्ययन गरिरहेका छौं, शुक्रबार अदालतमा अभियोग दर्ता गर्छौं ।’

सरकारी वकिल कार्यालयले मिसिल अध्ययन अध्ययन र अभियोगपत्र तयार पार्न ४ दिनको समय बाँकी राखिएको थियो । उक्त समय आज सकिँदैछ । कार्यालयले रविविरुद्ध तीनवटा अभियोग दर्ता गर्दैछ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्नेगरी अभियोग पत्र तयार भइरहेको कार्यालयले जनाएको छ ।

झण्डै ६ सय पृष्ठ लामो प्रहरी मिसिलमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, उनका पार्टनर एवं गोरखा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । सहकारीको ऋण तिर्न रविले काटेका चेक प्रहरीले बरामद गरेको छ । यसलाई पनि प्रहरीले सहकारी ठगीको प्रमाणको रूपमा लिएको छ ।

गोरखा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो । प्रहरीले ५१ जना प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी लिएर मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयमा राय पेश गरेको थियो । सूर्यदर्शनबाट ब्याज पुँजीकृत गरिएको ३९ करोड २२ लाख बराबरको कर्जा विवरणमा कर्जा खाता नम्बर ००१–००१–११६–०००४४५६ मा मिति २०७९ असार मसान्तमा १४ लाख ७५ हजार एक रुपैयाँ र २०८० असार १३ मा १६ लाख १३ हजार ७ सय १३ रुपैयाँ रवि लामिछानेको नाममा देखाइएको छ ।

रविले यसलाई इन्कार गरे पनि तेस्रो व्यक्ति खडा गरेर सहकारी ठगीबाट बच्न रविले प्रपञ्च रचेको दाबीसहित प्रहरीले केही तथ्य मिसिलमा राखेको छ । सूर्यदर्शनबाट गोरखा मिडियामा साढे ५ करोड गएको देखिन्छ ।

शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

लोकप्रिय

  • १.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३.

  • ४.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ५.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ६.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ७.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ८.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.