• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भरतपुरमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु 

चितवन, ४ पुस । चितवनको भरतपुरमा प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२४ सुरु भएको छ । देशभरका ४० बढी जिल्लाबाट सात सय १० जना खेलाडी सहभागी भएको प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।

बिहीबार भरतपुर कभर्डहलमा प्रतियोगिता उद्घाटन गर्दै नगरप्रमुख दाहालले खेलाडीहरुले भरतपुर महानगरपालिकाले खेलकुदको विकासका लागि विभिन्न गतिविधिहरुलाई निरन्तरता दिइरहेको बताउनुभयो । भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणाधीन, एक वडा एक खेल मैदान निर्माण, कभर्डहल निर्माण लगायतका कामले प्राथमिकता पाइरहेका दाहालको भनाइ छ । खेलकुदको पूर्वाधार निर्माणसँगै भरतपुर महानगरपालिकाले दक्ष खेलाडी उत्पादन गर्नका लागि विद्यालय तहबाटै खेलकुदका गतिविधि बढाइरहेको दाहालले बताउनुभयो ।

“हामीले विद्यालयस्तरीय लिग प्रतियोगिताहरु आयोजना गरेका छौँ” उहाँले भन्नुभयो, “विगतको वर्षमा क्रिकेट लिग र फुटबलको लिग गरेका थियौँ, यो वर्ष पनि गर्ने तयारीमा छौँ ।” यही पुस महिनामा नै विद्यालयस्तरीय मेयर कप क्रिकेट लिग सञ्चालन गर्नेगरी काम भइरहेको उहाँको भनाइ छ । विद्यालय स्तरबाट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ महानगरपालिकाले खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले खेलकुद भनेको नागरिकलाई अनुशासन सिकाउने माध्यम भएको बताउनुभयो । समाजमा दुव्र्यसनी निर्मूल पार्न खेलाडी र खेलकुदको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ । मुलुकको विकास र सुरक्षासँग खेलकुद जोडिएको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो ।

कार्यक्रममा भरतपुर–२४ का वडाध्यक्ष राम गोदारले खेलाडीहरु राष्ट्रका गहना भएकाले खेलाडीहरुको सम्पूर्ण दायित्व स्थानीय सरकारले उठाउनुपर्नेमा जोड दिनुभयो । आफू भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्य समेत भएकाले नीति बनाउने क्रममा खेलाडी अनुकूल हुनेगरी बनाउन भूमिका खेल्ने उहाँको भनाइ छ । कार्यक्रममा भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिका सदस्य जयदेव पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगिता पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ४० स्वर्णपदकका लागि महिला र पुरुषको छुट्टाछुट्टै तौल समूहमा प्रतिस्पर्धा हुने भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले बताउनुभयो । पुम्सेतर्फ १० वटा स्वर्णपदक र क्यारोगी (फाइट)तर्फ ३० वटा स्वर्णपदकका लागि प्रतिस्पर्धा हुने श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा खेलाडीले प्राप्त गरेको पदकका आधारमा पहिलो हुने डोजाङले रु ५० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र, दोस्रो हुने डोजाङले रु ३० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र तथा तेस्रो हुने डोजाङले रु २० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी एक÷एक जना उत्कृष्ट पुरुष र उत्कृष्ट महिला खेलाडीलाई रु पाँच हजार प्रदान गरिने भन्दै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा आयोजना गरिएको प्रतियोगिताको उत्कृष्ट रेफ्रीलाईसमेत नगदसहित सम्मान गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.