चितवन, २९ मंसिर । नारायणगढगढ मुग्लिन सडक हुँदै काठमाडौँतर्फ लैजादै गरेको करिब दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी संघ चितवन र प्रहरीको संयुक्त टोलीले शंका लागेर योद्धा गाडीमा खोजतलास गर्दा भेटिएको सेडको माछा बरामद पछि नष्ट गरिएको हो ।
मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष अर्जुन लामिछानेले भरतपुर–२९ जुगेडी चेक पोस्ट अगाडि बा प्र ०१–२९–च ३७८२ नम्बरको गाडीबाट सडेगलेको माछा बरामद गरिएको बताउनुभयो । गाडीमा ल्याइएको माछाको भेटेरीनरी कागजपत्रमा क्वारेनटाइनको सही छाप नभेटेपछि शंका लागेर आवश्यक कारबाहीका लागि पशु क्वारेनटाइन चेकपोस्ट रामनगर लगिएको लामिछानेले बताउनुभयो । उहाँकाअनुसार क्वारेनटाइन लगेपछि माछा दुर्गन्धित र सडेगलेको अवस्थामा भेटिएकोले खान अयोग्य ५० कार्टुनमा रहेको करिब दुई हजार किलो माछा नष्ट गरिएको लामिछानेको भनाइ छ ।
संघका सचिव लुलाराज तामाङले बरामद गरेको माछा स्थानीय सतनचुली सामुदायिक वनमा गाडिएको बताउनुभयो । उहाँकाअनुसार पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार मत्स्य व्यवसायी संघ, प्रहरी, क्वारेनटाइनका प्रतिनिधि तथा जनप्रतिनिधिको रोहबरमा माछा नष्ट गरिएको तामाङको भनाइ छ ।
दुई हजार किलो सडेको माछा बरामद
दुई हजार किलो सडेको माछा बरामद

तपाईको प्रतिक्रिया