• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

जिल्ला अदालतमा रविको बयान: अपहरण शैलीमा पोखरा मलाई ल्याइयो


काठमाडौँ, मंसिर २४- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा आफूलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइएको बताएका छन्।

यस्तो छ कास्की जिल्ला अदालतमा रविले दिएको बयान:

बयानका लागि काठमाडौं लगियो। काठमाडौंमा तीन दिन बिताएँ। सक्काउन अलि छिटो गरिदिनु भन्नुभयो, मैले समयको प्रवाह गरिन। अन्तिम दिन रातिसम्मै बयान भयो। भोलिपल्ट दस बजे चितवन लैजाने भनिएको थियो। तर, बिहानै उठाएर खेदाउने काम भयो।

भन्नलाई त मलाई पोखरा पु¥याएर चितवन लैजाने भनिएको थियो। तर, रातारात निर्णय परिवर्तन भएर चितवन लगिएको रहेछ। जिल्ला प्रहरी कार्यालय, चितवन पुगेपछि मेरो स्वास्थ्य परीक्षण गराउनु पर्थ्यो। तर, त्यहाँ मैले कुनै अस्पताल देखिन, परीक्षण त परको कुरा !

चितवन पु¥याएकै दिन बयान सुरु भयो। टाउको दुखिरहेको थियो। तरपनि बयान दिएँ। भोलिपल्ट पनि बिहानबाटै बयान भयो। बिहान करिब साँढे ८ बजेबाट राति ९ बजेसम्म बयान भयो। दोस्रो दिन पनि टाउको दुखेको निको भएको थिएन, मैले एसपी/डीएपीकै औषधि खाएको थिएँ। गाह्रो हुँदा पनि बयानमा सहयोग गर्दिन भनिन। राति अबेर मलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला प्रहरी कार्यालय फर्काइयो। पार्टीका साथी र शुभचिन्तक आउनु भएको रहेछ, एक छिन कुराकानी गरे। करिब दस बजेतिर म आराम गर्न गएँ।

केही समयपछि मलाई बोलाउन आउनु भएका एसपी प्रहरी महानिरीक्षकको फोन आयो भनेर कोठाबाट बाहिरिनु भयो। बाहिरिँदै गर्दा एसपी साप’को फोनमा आएको आवाज मैले सुनेँ र चिने पनि। उहाँले मलाई नै इङ्गित गरी अपशब्द प्रयोग गरेर ‘अहिल्यै लिएर जा…’ भन्नुभयो।

‘माथिबाटै दबाब आयो हजुर, यसरी लान मिल्दैन भन्दा पनि जसरी नि लैजा भनिएको छ’ एसपीले भन्नुभयो। डिएसपीले पनि त्यसैगरी तथानाम गाली खाएको मैले सुनेँ।

मलाई गाह्रो भएको छ आरम गर्न दिनुस् भनेर पटक पटक आग्रह गरे। बिहान तपाईँकै अगाडि औषधि खाएको छु, मेरो प्रेसरको अवस्था त्यो अवस्थामा थियो, तपाईँहरूले थाहा पाइहाल्नुभयो होला। मलाई अस्पताल लगेर चेक गर्नुस् भनेँ। तर, उहाँहरूले सुन्नु भएन।

लैजाने नै भए मेरो परिवार, वकिल र पार्टीका साथीहरूलाई जानकारी दिनुस्, एक कल मात्र गर्न दिनुस् भनेँ तर उहाँहरूले दिनुभएन। कसैलाई खबर गर्न दिनु भएन।

त्यसपछि केही प्रहरी आएर जाउँजाउँ भन्दै मेरो हात तान्न थाले। आएकामध्ये एक जना बोल्दा मदिराको गन्ध आयो, मलाई नछुनुस् भन्दै म बिस्तारै तल ओर्लिएँ।

मलाई प्रहरी हिरासतबाटै उठाइयो। मेरो अवस्था सामान्य छैन, एक पटक स्वास्थ्य परीक्षण त गरिदिनुस् भनेर न भनेँ। तर, मानेनन्। मैले बरु भोलि साँढे दस बजेको फ्लाइट रहेछ, तपाईँ ७ बजे नै एयरपोर्ट गइदिनुहोस् भन्नुहुन्छ भने पनि गइदिन्छु भनेँ। तर पनि उहाँहरू मान्नु भएन। म आराम गर्दा जुन कपडामा थिएँ त्यसैमा गाडीमा हालियो।

चितवनबाट कास्की जबरजस्ती ल्याइयो श्रीमान्। मलाई लिएर आउने प्रहरी बाटोभरि निदाए। ननिदाउन भनेर चालकसँग गफ गर्दै आएँ। चालकलाई कहाँ लैजाँदै हुनुहुन्छ भनेर सोधेपछि मात्रै पोखरा ल्याउँदै गरेको थाहा पाएँ।

त्यसपछि प्रहरीलाई एक कल फोन गर्न दिनुस् भनेँ, दिनुभएन। अनि मलाई डर भयो, के गर्न खोजिएको हो भनेर!

पोखरा ल्याएपछि अस्पताल लगियो। अस्पताल पुगेपछि मलाई त्यहाँ सोधियो, तपाईँ कुनै औषधि खानुहुन्छ ?, कुनै दीर्घ रोग छ?, कतै चोटपटक छ? मैले छैन भनेँ। हस् भनियो। मैले ब्लड प्रेसर चेक गर्नुहुन्न ? भनेर सोधे। त्यसपछि नापियो। १८०/९० रहेछ।

बिहानदेखि बेलुकासम्मको बयान अनि मिडिया ट्रायल१ ठाउँठाउँमा उजुरी हाल्न लगाइएको छ। अदालतले म्याद थपेको थप्यै छ। परिवारलाई, वकिललाई खबर गर्न दिइएको छैन। यी सबै कुराले प्रभावले पनि स्वास्थ्य अवस्था बिग्रिएको थियो होला।

पोखरामा ल्याएर पनि बोलेको भरमा मेडिकल जाँच गर्न लाग्दा मेरो प्रेसर पनि चेक गरिदिनुहोस् न भनेपछि मात्रै चेक भयो। बयानका लागि ठाउँ ठाउँ लैजाँदा गरिएको ‘मिडिया ट्रायल’ तपाईँले थाहा पाइराख्नु भएको नै छ। परिवारलाई समेत दोष लगाएर समाचार लेखिए। हुँदै नभएको विषयका समाचार आए। निरन्तरको दबाब र ‘मिडिया ट्रायल’का बाबजुद मैले अनुसन्धानलाई सघाइरहेको छु।

मेरा परिवार, वकिल र पार्टीलाई समेत जानकारी नदिई मलाई रातारात अपहरण गरेको शैलीमा पोखरा ल्याइयो। यसले पनि प्रष्ट हुन्छ, यो मुद्दामा कति दबाब छ भन्ने।

मैले लेखेका चीजहरू, डायरीहरू हराएको छ। फिर्ता नपाए त्यो फेरि लेख्न सक्छु।

यति लामो समय मलाई थुन्दा, मैले नष्ट गर्न सक्ने खै के प्रमाण भेटियो श्रीमान ? मविरुद्ध निरन्तर राज्य लागेको देख्दा दुःखका साथ भन्नै पर्ने हुन्छ, सत्यका लागि न्यायालयको कठघरामा आएको छु। मलाई सरकारले कुल्चेको न्यायालयले हेरिरहेको छ। त्यसैले म निराश भएको छैन। म निरन्तर राज्यको खेदाइमा परिरहेको छु श्रीमान्।

मुद्दा कसरी गएको छ, राज्य कसरी लागेको छ भन्ने कुरा संसारले बुझेकै छ। त्यो सत्य सम्मानित अदालतले पनि चिन्ला, हेर्ला र देख्ला भन्ने ठानेको छु। मेरो अन्तिम आस न्यायालय मात्र हो।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनको निचोड छ कि, सहकारीबाट रकम ल्याउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको सहभागिता र संलग्नता देखिएन। विशेष समितिको त्यो निष्कर्ष विपरीत सहकारी ठगी भनेर पक्राउ गरिएको छ। अनुसन्धान गर्न २५ दिन पर्याप्त नभएको भन्दै ६० दिन पु¥याइयो। त्यसले पनि नपुगेपछि ९० भनियो। त्यतिले पनि नपुगेपछि ठाउँ ठाउँमा जाहेरी हाल्न लगाएर, जिल्ला–जिल्ला हिँडाएर दुःख दिएको कुरालाई सम्मानित इजलासले कसरी हेरेको छ श्रीमान्

म निरीह कहिल्यै पनि हैन, म सौहार्द वातावरणमा निष्पक्ष छानबिन होस् भन्ने चाहेर सबै कुरा सहेर बसेको छु। ममाथि राज्यले षड्यन्त्र गरेको छ। ममाथि गम्भीर मानव अधिकारको हनन भएको छ। यो कुरा मैले श्रीमानलाई नभनेर कसलाई भन्ने ?

आज राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयका महत्वपूर्ण छलफल भइरहँदा, मुलुकको चौथो राजनीतिक पार्टीको सभापति, सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएको सांसद म्याद थपमाथि थप भएर थुनिएको छ।

उहाँहरूले ममाथि ‘मिडिया ट्रायल’ गर्नुहुन्छ। मेरो परिवारमाथि चरित्र हत्या गर्ने होडबाजी चलेको छ। यति धेरै अन्याय, यति धेरै अत्याचार किन ? मेराविरुद्ध प्रमाण देखाऊ, राजनीति छोड्छु भनेको छु। आजसम्मको अनुसन्धानमा छ भनिएको त्यो प्रमाण काहीँ त आउला भन्ने सोचेको थिएँ। तर, आएन।

मैले बयानका क्रममा बोलेका कुरा र गरिएका प्रश्नलाई लिएर म आत्तिएँ, राेएँ र हडबडाएँ रे। फोन गरेँ रे भन्दै कथा बनाएर सञ्चार माध्यममा आउँछ। गजब भइरहेको छ श्रीमान्।

जाहेरीकर्ता कृष्णप्रसाद जैसीले इजलासमा लगाएको आरोप खण्डन गर्दै रवि लामिछानेले इजलासमा थप भन्नुभयो– म आज नभनौँ भनेको कुरा पनि भन्नुपर्ने अवस्थामा आएँ श्रीमान्। जोहरवालाका तर्फबाट पटक पटक इजलासमा आएर उहाँ भनिरहनु हुन्छ कि म…. उहाँको अधिकारको रक्षाका लागि प्रमाणित रुपमा सबैभन्दा बढी लाग्ने मान्छे म। सहकारी पीडितका लागि लडेको मान्छे म, सञ्चारकर्मी हुँदा पनि राजनीतिमा आएपछि पनि। उहाँहरुको समस्या समाधानका लागि ‘डकुमेन्ट’ नै बनाएर सरकारलाई दिने पार्टीको सभापति हुँ म।

म मिल्छु, मलाई मेरो पैसा पाए केही चाहिन्न भनेर मेरा पार्टीका मान्छेसँग ‘बार्गेनिङ’ गर्ने मान्छे उहाँ (कृष्णप्रसाद जैसी) हो। त्यसको अडियो छ। पीडितका नाममा यस्तो दोहोरो चरित्र, के भन्नु !

श्रीमान्, एउटा आन्दोलनकारी हुन्छ, अर्को आन्दोलनजीवि हुन्छ। सहकारी समस्या समाधान भए केही मान्छेको जीविका चल्दैन, उहाँको हो कि होइन मलाई थाहा छैन। उहाँको पीडाप्रति हामीलाई सहानुभूति छ। र, त्यसमा हामी सँगै लड्न चाहान्छौं। अहिले हिरासतमा बस्ने समय म बाहिर भएर लड्न पाएको भए सहकारी पीडितले पैसा पाउने क्रमको सुरुवात गर्ने गरी दबाब बढाउन सक्थेँ। तर, यो समय मैले हिरासतमा बिताइरहेको छु।

एकातिर मेरो पैसा फिर्ता भए मिल्छु भन्ने अर्कातिर मलाई थुनिरहनु पर्छ भन्ने१ यस्तो दोहोरो चरित्र देखाउन पाइन्छ ? पीडितहरूमाथि यो हदको बेइमानी गर्न मिल्छ।

अनि, हिरासत बाहिर रहे भने मैले के प्रभाव पार्छु ? के प्रभावित गर्छु मैले ? न्यायलयलाई प्रभावित पार्न सक्ने भएको भए पचास दिनदेखि म हिरासतमा कोचिएर बस्थे होला ? म अनुसन्धानलाई सघाउँदै आफूप्रतिको राजनीतिक प्रतिशोध विरुद्ध लड्न आएको हुँ, लड्छु। श्रीमानलाई साँची राखेर सम्मानित इजलासमा भन्छु कि, जुन दिन यहाँबाट बाहिर निकाल्छु त्यही दिनबाट सहकारी पीडितको पक्षमा झनै दह्रो भएर लाग्छु। पीडित हुँ भन्दै राजनीतिक स्वार्थका आधारमा काम नगर्न उहाँ (कृष्णप्रसाद जैसी) लाई आग्रह गर्छु।

धन्यवाद श्रीमान्।

सोमबार, मङि्सर २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.