• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

लोकप्रिय समाचार

  • १. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ७. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

चुनावमा गरेका प्रतिबद्धता पूरा गर्छु : प्राडा कोइराला


नवलपुर, १६ मङ्सिर । नेपाली काँग्रेसका नेता एवम् नवलपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्राडा शशाङ्क कोइरालाले आफूले निर्वाचनका बेला गरेको प्रतिबद्धताहरु पूरा गर्ने बताउनुभएको छ ।
नवलपुरको गैँडाकोटमा सञ्चालित दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवको आज समापन गर्दै नेता कोइरालाले आफूले यहाँको बारेमा एउटा सपना देखेको र ती सपनाहरु पूरा हुने चरणमा रहेका बताउनुभयो । “मैले यहाँ रङ्गशाला बनाउँछु, ट्रमा सेन्टर बनाउँछु भनेको थिएँ काम भएको छैन” उहाँले भन्नुभयो, “नारायणी नदीमा तटबन्ध गर्छु भनेको थिएँ, काम सुरु भएको छ । तर जुन गतिमा हुनुपर्ने हो त्यो गतिमा काम भएको छैन ।” नारायणी नदीमा तटबन्धको काम छिटो गर्नु भनेर मन्त्रीलाई भनेको भन्दै नेता कोइरालाले काम गर्छु भनेर मन्त्रीबाट आश्वासन पाएको बताउनुभयो ।
“हामीले आश्वासन चाहिँ पाउँछौँ, तर काम हुँदैन । यो दुर्भाग्य हो” उहाँले भन्नुभयो, “जब अठोट लिएका छौँ भने काम गरेर देखाउनुपर्छ । मैले लिएको अठोट आगामी तीन वर्षभित्र पूरा गरेर देखाउँछु ।” आफूले नवलपुरको यस क्षेत्रबाट चारपटकसम्म निर्वाचन जितेको भन्दै नेता कोइरालाले यहाँका जनतामा धेरै आशा भए पनि आफूले विश्वास पाउन नसकेको बताउनुभयो । उहाँले कोइरालाले भन्नुभयो, “यहाँ आशा यति धेरै छ, विश्वास मैले कमाउन सकिनँ ।”
जनतामा विश्वासको खाँचो रहेको भन्दै उहाँले आफूले काम गर्ने कुरामा विश्वास गरिदिन आग्रह गर्नुभयो । नारायणगढ बुटवल सडक विस्तारमा भइरहेको ढिलाइप्रति आफूले चीनियाँ राजदुतलाई भेटेर चाँडो निर्माण सम्पन्न गराउन ध्यानाकर्षण गर्नेसमेत नेता कोइरालाको भनाइ छ । “नारायणगढ बुटवल सडक विस्तारको काम चाँडो पूरा गराउन प्रधानमन्त्रीलाई भनेको छु । उहाँले छिटो गराउँछु भनेर भन्नुभएको छ” नेता कोइरालाले भन्नुभयो, “म यहाँबाट फर्किएपछि चीनीयाँ राजदुतलाईसमेत भेटेर काम छिटो गराउन आग्रह गर्छु ।”
मतदाताहरु साना साना काम लिएर आफूकहाँ आउने गरेका भन्दै उहाँले साना काम भन्दा पनि यहाँको रुपान्तरणका लागि आफू लागीपरेको बताउनुभयो । “तपाईँहरु स्कुल बनाइदिनुप¥यो, भवन बनाइदिनुप¥यो भन्दै आउनुहुन्छ” उहाँले भन्नुभयो, “म सँग विकासका धेरै खाकाहरु छन्, ठूला खाकाहरु तयार परेको छु, त्यस्तो गर्नका लागि दृढ विश्वास छ ।” सरकारलाई आफूले पटकपटक यस क्षेत्रमा विकासको काम हुनुपर्ने भनेर निरन्तर ताकेता गर्दै आइरहेको उहाँले बताउनुभयो ।
जिल्लामा हरेक वर्ष मेला र महोत्सवका गतिविधिहरु हुनुपर्ने भन्दै यस्ता कार्यक्रमले स्थानीय उत्पादनको प्रवद्र्धनसँगै आर्थिक क्षेत्रको चलायनमान हुने उहाँले बताउनुभयो । “यो मेला महोत्सवलाई हरेक वर्ष गर्नुपर्छ, यसले नवलपुरको परिचयमात्रै होइन मन्द गतिमा भएको आर्थिकलाई पनि परिचालन गर्छ” उहाँले भन्नुभयो, “मेला महोत्सवमा मान्छे आउँछन् खर्च गर्छन्, खर्च गर्नु पनि आर्थिक परिचालन गर्नु हो ।” महोत्सव तथा प्रदर्शनी गर्नका लागि नदीकिनारको भर नपरी अन्यत्र गर्नुपर्नेभन्दै त्यसका लागि आफूले ठाउँ हेरिरहेको उहाँले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा कात्तिक १६ देखि सुरु भएको महोत्सव आज समापन गरिएको हो । महोत्सवले गण्डकी प्रदेशको पर्यटकीय सम्भावनाहरुको उजागर गर्न र आर्थिक क्षेत्रलाई चलायमान बनाउन मद्दत गरेको महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताउनुभयो । तीन सय बढी स्टलहरुको राखिएको महोत्सवमा कृषिका स्टलहरु निःशुल्करुपमा राख्ने व्यवस्था गरिएको थियो ।

आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन
पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो
दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

लोकप्रिय

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

भर्खरै

  • १.
    आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

  • २.
    डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ३.
    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • ४.
    तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

  • ५.
    पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

  • ६.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ७.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.