गैँडाकोट, १५ मंसिर । नवलपुरको गैँडाकोटमा जारी दोस्रो संस्करणको समापन यसै क्षेत्रका सांसद डा शशांक कोइरालाले गर्नुहुने भएको छ । भोलि (आइतबार) नवलपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशांक कोइरालाले महोत्सवको समापन गर्ने आयोजकले जनाएको छ ।
महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले कात्तिक २६ देखि सुरु भएको महोत्सवको मंसिर १६ गते समापन गर्न लागिएको जानकारी दिनुभयो । महोत्सव उद्घाटनका क्रममा निकालिएको शोभायात्रामा सहभागी सबै संघसंस्थाहरुलाई महोत्सव समापन समारोहमा उपस्थितिका लागि उहाँले आग्रह गर्नुभएको छ । शोभायात्रामा सहभागी भएर पहिलो, दोस्रो, तेस्रो तथा प्रोत्साहन पुरस्कार पाउने संघसंस्थाहरुलाई समापनका अवसरमा पुरस्कृत समेत गरिने भन्दै सबैको सहभागिता आवश्यक रहेको भट्टचनले बताउनुभयो ।
गण्डकी प्रदेश महोत्सवको समापन आइतबार डा शशांक कोइरालाले गर्ने
गण्डकी प्रदेश महोत्सवको समापन आइतबार डा शशांक कोइरालाले गर्ने

तपाईको प्रतिक्रिया