गैँडाकोट, ९ मंसिर । परिवार सेवा समाज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को आयोजनामा भएको खुला रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् । जिल्लाको गैँडाकोटस्थित भृकुटी चोकमा शनिबार भएको काार्यक्रममा ६ महिला सहित ६९ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ ।
गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा उहाँले रक्तदातालाई ब्लड व्याग दिएर कार्यक्रमको सुरुआत गर्नुभएको थियो । कार्यक्रममा अधिकारीले स्थानीय संघसंस्थाले पछिल्लो समय रक्तदान कार्यक्रममा देखाएको चासो निकै प्रसंशनीय काम भएको बताउनुभयो । उहाँले गैँडाकोट नगरपालिकाभित्र हुने रक्तदान कार्यक्रमबारे पालिकालाई खबर भएमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं नेपाली कांग्रेस नवलपुर क्षेत्र नं १ का सभापति अमृत भट्टचन, परिवार सेवा समितिका केन्द्रीय सदस्यहरु रुपेशकुमार नेपाली, प्रेमबहादुर परियार, प्रदेश सदस्य विकास परियार, गैँडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटा, वडा सदस्य साकिला परियार, रत्नप्रसाद सापकोटालगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । परिवार सेवा समाज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अध्यक्ष प्रकाश परियारको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग रहेको थियो ।
परिवार सेवा समाजको आयोजनामा ७५ जनाद्वारा रक्तदान
परिवार सेवा समाजको आयोजनामा ७५ जनाद्वारा रक्तदान

तपाईको प्रतिक्रिया