• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

गण्डकी प्रदेश महोत्सव : आज आठ हजारले गरे अवलोकन 

गैँडाकोट, ७ मंसिर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवको आज आठ हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था नपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले महोत्सवमा दर्शकहरुको आकर्षण थपिँदै गएको बताउनुभयो ।

दोस्रो संस्करणको यस महोत्सवमा नेपालमै पहिलोपटक अन्डर वाटर फिस टनेल राखिएका कारण समेत दर्शकहरुको संख्या बढेको बताउनुभयो । फिस टनेल हेर्नका लागि मात्रै भनेर पनि धेरै मानिसहरु महोत्सवस्थलसम्म आइपुगेका भट्टचनको भनाइ छ । गैँडाकोटस्थित नारायणी नदीकिनारमा लाग्ने हरेक संस्करणको महोत्सवमा केही नौलो गर्दै जाने योजनाअनुसार यसपटकको महोत्सवमा नेपालमा नै पहिलोपटक अन्डर वाटर फिस टनेल निर्माण गरिएको उहाँले बताउनुभयो ।

महोत्सवमा भोलि शनिबार दर्शकहरुको संख्या अत्यधिक हुनसक्ने भन्दै सोहीअनुसारको व्यवस्थापन गरिएको उहाँको भनाइ छ । शनिबार सार्वजनिक बिदाको दिन भएकाले दर्शकहरुको भीड बढ्ने भएकाले सोहीअनुसारको व्यवस्थापन र टिकट घरको संख्या समेत थपिने उहाँले बताउनुभयो । कात्तिक २६ देखि सञ्चालन भएको महोत्सवले गण्डकी प्रदेशकै सम्भावनाहरुको खोजी गर्ने र प्रदेशलाई पर्यटनको पूर्वाधारसँग जोड्ने उद्देश्य रहेको भट्टचनको भनाइ छ ।

मङ्सिर १० गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका भट्टचनको भनाइ छ । सङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ । एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवको सांस्कृतिक कार्यक्रम समितिका सहसंयोजक किशोर लम्सालका अनुसार आज सांस्कृतिक कार्यक्रममा एन्जीला रेग्मी, अस्मी थापा, बबिता गुरुङ, बेद श्रेष्ठ, नारायण बिपि परियार, विन्दु थापालगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राखेका छन् । भोलिको सांस्कृतिक कार्यक्रममा राजनराज शिवाकोटी, सम्झना भण्डारी, भरत पौडेल क्षत्री, जमुना सुनार, बबिता गुरुङ, बेद श्रेष्ठ, विन्दु थापासहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालले बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महोत्सवको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गरेको हो ।

शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.