• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

मौलिक संस्कृति संरक्षणमा महोत्वसको भूमिका महत्वपूर्ण : कृषि मन्त्री श्रेष्ठ

नवलपुर, ४ मंसिर । गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले स्थानीय स्तरमा सञ्चालन हुने महोत्सवले मौलिक संस्कृति र संस्कारलाई जगेर्ना गर्दै आर्थिक विकासका लक्ष्यहरु पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालिनमा दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा आज शुभकामना मन्तव्य राख्नै मन्त्री श्रेष्ठले मेला महोत्सवमा आयोजना हुने सांस्कृति कार्यक्रम र स्टलहरुमा मौलिकता झल्किने गरेको बताउनुभयो ।
स्थापनाको हिसाबले नवलपुर कान्छो जिल्लाको रुपमा रहेको भए पनि यसले कृषि, पर्यटन र उद्योग क्षेत्रमा सम्भावना बोकेको मन्त्री श्रेष्ठले बताउनुभयो । गण्डकी प्रदेश हिमाल, पहाड र तराईको संरचना मिलेर बनेको भन्दै उहाँले यहाँ धेरै सम्भावनाहरु रहेकाले हामी उत्पादनसँग जोडिनुपर्नेमा जोड दिनुभयो । उहाँले युवाहरुको विदेश पलायन हुने क्रम रोक्न सरकारले विशेष कार्यक्रम बनाइरहेको बताउनुभयो । मन्त्री श्रेष्ठ युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गर्नेगरी कार्यक्रम निर्माण गरिरहेको बताउनुभएको हो ।
“हामी तीन वटै तहका सरकारको अधिकार क्षेत्रभित्र कृषि, सहकारी पर्ने भएको हुँदा हामी योजनाहरु बनाउँदै अगाडि बढिरहेका छौँ” उहाँले भन्नुभयो, “अब हामी सबैजना विकासमा जोडिनुको विकल्प छैन, त्यसैले कृषिबाट समृद्धि ल्याउन अगाडि बढ्दैछौँ ।” नवलपुरमात्रै नभएर गण्डकी प्रदेश नै कृषि र पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र भएको भन्दै कृषिलाई समेत पर्यटनसँग जोड्ने गरी काम हुने उहाँले बताउनुभयो । सरकारले लिएको तीन खम्बे अर्थनीतिअनुसार सहकारी, सरकारी र निजी क्षेत्रलाई प्रवद्र्धन गर्दै अगाडि लगिने मन्त्री श्रेष्ठको भनाइ छ ।
कात्तिक २६ देखि सञ्चालन भएको महोत्सवले गण्डकी प्रदेशकै सम्भावनाहरुको खोजी गर्ने र प्रदेशलाई पर्यटनको पूर्वाधारसँग जोड्ने उद्देश्य रहेको नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । उहाँले आज नवौँ दिनसम्म आइपुग्दा महोत्सवको करिब एक लाख जनाले अवलोकन गरेका भन्दै महोत्सवस्थलमा कृषिसँग सम्बन्धित ५० वटा स्टल निःशुल्क उपलब्ध गराएको बताउनुभयो । महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सव मूल समिति संयोजक भट्टचनकाअनुसार दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका छन् । सङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ । एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
महोत्सवका सांस्कृतिक कार्यक्रमका सहसंयोजक किशोर लम्सालले आज मंगलबार महोत्सवमा कलाकार अस्मिता अधिकारी, रवि रिमाल, ममता गुरुङ, प्रतिभा गैरेलगायतले प्रस्तुती राखेका बताउनुभयो ।
यसैबीच, भोलि बुधबार महोत्सवमा चर्चित गायिका ज्योति मगर, सञ्जना श्रेष्ठ, गणेश विश्वकर्मालगायतका कलाकारहरुको प्रस्तुती रहने लम्सालको भनाइ छ । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महोत्सवको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गरेको छ ।

मङ्गलबार, मङि्सर ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.