नवलपुर, २९ कात्तिक । विश्व मधुमेह दिवस २०२४ को अवसर पारेर गैँडाकोटमा निःशुल्क सुरग परीक्षण एवम् थाइराइड परीक्षण र चिकित्सकिय सेवा प्रदान गरिएको छ ।
गैँडाकोट-५ मा रहेके एकता टोल विकास समिति र लायन्स क्लब डिष्ट्रिक ३५५ क्लस्टर ६ को आयोजनामा भएको निःशुल्क परीक्षणमा २५० जनाके सुगर एवम् ५० जनाको थाइराइड परीक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरमा कालीगण्डकी सुपर स्पेसियालिटी क्लिनिकको प्राविधिक तथा सहयोग मधुमेह समाज गैँडाकोटको सहकार्य रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय डिष्ट्रिक ३५५ आरका डिष्ट्रिक गभर्नर दिनानाथ न्यौपाने प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।
कलस्टर चिप देशबन्धु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा डा उमानाथ अधिकारी, रत्नप्रसाद सापकोटा, डिष्ट्रिक्ट द्वितीय भाइस गभर्नर प्रभाकर पण्डित, डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ कृष्ण पाण्डे, कलस्टर ३ प्रमुख डा गंगा सापकोटा, डिष्ट्रिक्ट कोषाध्यक्ष शङ्कर नेपाल, मधुमेह समाज गैँडाकोटका अध्यक्ष केदार न्यौपानेलगायतको सहभागिता रहेको थियो । किरणकुमार केसीले संयोजन गर्नुभएको कार्यक्रमको सञ्चालन सुशील लम्सालले गर्नुभएको थियो ।