×
बिहीबार, असार ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ७. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ८. सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ९. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • १०. एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

गण्डकी प्रदेश महोत्सव : समीक्षालाई दर्शकको साथ


गैँडाकोट, २८ कात्तिक । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवमा कलाकार समीक्षा अधिकारीलाई साथ दिएका छन् । बुधबार दिउँसैबाट दिन चिसो भइरहेको अवस्थामा साँझ स्टेजमा उक्लिएका समीक्षाले दर्शकलाई तताउने काम गरिन् ।
महोत्सवको सांस्कृतिक कार्यक्रम सञ्चालन हुने स्थानभन्दा वरपर छरिएर रहेका दर्शकहरु कलाकार अधिकारी स्टेजमा उक्लिएपछि भने उनलाई हेर्न, सुन्न र साथ दिन स्टेज अगाडि नै पुगे । जब समीक्षा स्टेजमा उक्लिएर बालापन बोलको गीत गाउन थालिन् दर्शकहरु उनको अगाडि झुम्मिन थाले । अधिकारीले सुर्ती माड्दा माड्दै बोलको गीत गाउने बेलासम्म दर्शकहरु स्टेज अगाडि पूरै रमाइलो मोडमा पुगिसकेका थिए ।
दर्शकहरुको मागलाई सम्बोधन गर्दै अधिकारीले दुई पटकसम्म सुर्ती माड्दा माड्दै बोलको गीत गाइन् । बुधबार साढे चार बजेपछि स्टेज उक्लिएकी अधिकारीले धनगढीको बसमा, बोक्सीको घर, कुरा बुझ्नुपर्छ, हावा चिसो चिसो, नबोली नबोली लगायतका गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिइन् । बुधबार अधिकारीसँगै कलाकार दीपक खड्का, जिबीसुनारलगायतका स्थानीय कलाकार र रत्ननगर कला केन्द्रको प्रस्तुती रहेको थियो ।
बिहीबार सांस्कृति कार्यक्रममा चर्चित गायिका रचना रिमाल, दीपक खड्का, सृष्टि पौडेलसहितका कलाकारहरुको प्रस्तुती रहने महोत्सवको सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले जानकारी दिनुभयो । बुधबार करिब १० हजार दर्शकले महोत्सवको अवलोकन गरेका महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचले जानकारी दिनुभयो ।
महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको अन्डरवाटर फिस टनेल समेत बुधबारबाट सञ्चालनमा आएको छ । महोत्सवमा नेपालमा नै पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिएको भन्दै भट्टचनले पानी भरिएको टनेलभित्र गएर माछा हेर्ने व्यवस्था गरिएको बताउनुभयो । विदेशमा गएर हेर्न पाइने अन्डरवाटर फिस टनेलमा विभिन्न प्रकारका समुद्री माछाहरु राखिएका उहाँको भनाइ छ ।
दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका भट्टचनले जानकारी दिनुभयो । सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ । कात्तिक २६ गते सुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ ।
एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइनेसमेत उहाँको भनाइ छ ।

बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र
दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट
सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

भर्खरै

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ३.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ६.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ७.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ८.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.