×
शुक्रबार, असार ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ७. सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ८. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ९. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • १०. एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

सेनालाई हतियार किन्न सरकारको स्वीकृति


काठमाडौं, कात्तिक २१-  सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि हातहतियार किन्ने तयारी गरेको छ। राष्ट्रिय सुरक्षा परिषद्को बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति जटिल बन्दै गएको भन्दै नेपाली सेनालाई आवश्यक हतियार खरिद गर्न सरकारलाई आग्रह गरेको सन्दर्भमा यही कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले हतियार किन्ने निर्णय गरेको हो। राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन्।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकअघि गृह मन्त्रालयले पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक पर्ने हातहतियार खरिदका लागि अनुमानित लागत माग गरेको स्रोतले जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विगतमा ल्याउन खोजेका हतियार नै किन्न चाहेका छन्। ‘नेपाल प्रहरीले विगतमा खरिद गर्न चाहेका हतियार नै माग गरेको छ। त्यसमा मन्त्रालय तयार भैसकेको छ’, गृह मन्त्रालय स्रोतले भन्यो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को ३५औं बैठकले नेपाली सेनालाई आवश्यक हतियार खरिदका लागि स्वीकृति लिन मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो। यो निर्णयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि यसपटक आआफ्नो संगठनका लागि आवश्यक हतियार आउने अपेक्षा गरेका छन्।

‘सुरक्षा परिषद् बैठकले नेपाली सेनालाई आर्थिक वर्ष २०८१/८२ का लागि हातहतियार, गोली गठ्ठालगायतका सैन्य सामग्री खरिद निर्णय गरेको छ। सेनालाई मात्र होइन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई पनि हतियार आवश्यक छ भन्ने सरकारलाई थाहा छ। त्यसकारण यसपटक आवश्यक हतियार खरिद हुन्छ भन्नेमा हामी पनि ढुक्क छौं’, नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, रक्षासचिव रामेश्वर दंगाल उपस्थित थिए। बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विभिन्न चुनौती, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देखापरेका सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको थियो। रक्षा सचिव दंगालले जारी गरेको विज्ञप्तिमा हतियार खरिद गर्नुपर्ने कारणबारे उल्लेख गरिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

 

बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै
मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै
आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल
गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

भर्खरै

  • १.
    टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

  • २.
    मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ४.
    देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

  • ५.
    आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ६.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • ७.
    आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ८.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.