• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ६. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ७. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ९. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • १०. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

‘जहाँको कर त्यहीको विकास’


चितवन, १० कात्तिक : अमेरिकाको डेमोक्रेटिक पार्टीबाट नेपाली मूलका टीका पौडेल अहिले टेक्सासस्थित युलेस सिटीका उपप्रमुख (मेयर प्रोटिन) सेवारत हुनुहुन्छ । यसअघि सोही सिटीमा सदस्यमा निर्वाचित हुनुभएका उहाँ यस पटक निर्विरोध मेयर प्रोटिन चयन हुनुभएको हो । उहाँका अनुसार सिटीमा प्रमुखसहित सात जना हुने गर्दछन् । अन्य छ जना रिपब्लिकन पार्टीबाट निर्वाचित हुनुभएको हो भने उपप्रमुख पौडेल डेमोक्रेटिक पार्टीबाट निर्विरोध निर्वाचित हुनुभएको हो ।

अमेरिकामा नेपाली मूलका निकै थोरै जनप्रतिनिधि छन् । तीमध्येका पौडेल आफ्नो सिटीमा रु तीन खर्ब नेपाली बराबरको आगामी वर्षका लागि बजेट अनुमोदन गरेर नेपाल आइपुग्नुभएको छ । चितवनको रत्नरनगमा पुख्र्याैली घर रहेको पौडेल यहाँको अवस्था र त्यहाँको अवस्थालाई तुलना गर्दैगर्दा कर सङ्कलनलाई यहाँ प्राथमिकता दिन नसकिएको बताउनुहुन्छ ।

उहाँले नेतृत्व गर्नुभएको सिटीको मुख्य आम्दानी सम्पत्ति कर भएको जानकारी दिनुहुन्छ । त्यसो त अमेरिकामा जुन ठाउँबाट कर उठ्यो त्यही खर्च गर्ने गरिन्छ । यसका अतिरिक्त स्टेटमा पनि पठाउने गरिन्छ ।

नेपालमा प्राध्यापन पेसा छाडेर २० वर्षअघि अमेरिका पुग्नुभएका पौडेल जहाँको कर त्यहाँको विकास गर्नुपर्ने सुझाव दिनुहुन्छ । विद्यालय र राजमार्ग माथिल्लो सरकारले हेर्छ भने अरु सबै सिटीले व्यवस्था गर्नुपर्ने हुन्छ । आफ्नो सिटीमा छ सयभन्दा बढी कर्मचारी रहेको जनाउँदै मेयर प्रोटिन पौडेलले भन्नुभयो, “हामीले अमेरिकामा विकास गर्नका लागि सम्पत्ति कर नै धेरै सङ्कलन गर्ने हो ।” सम्पत्ति कर ४६ प्रतिशत सिटीले राख्छ भने ५४ प्रतिशत स्टेट र सङ्घमा जान्छ । उहाँले भन्नुभयो, “हामीलाई चाहिने बजेट राखेपछि मात्रै बाँकी बजेट अन्यत्र पठाउँछौं ।” थप बजेट चाहिएमा माथिल्लो सरकारबाट माग गर्ने गरेको उहाँको भनाइ छ ।

नेपालमा पर्याप्त कर सङ्कलन हुन नसक्दा विकास हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ कर सङ्कलनमा ध्यान जानुपर्छ, उठेको कर सदुपयोग गर्नुपर्छ ”, उहाँले भन्नुभयो, “नेपालमा जहाँ कर उठ्यो विकासमा त्यहाँ प्राथमिकता दिएको पाइँदैन, जसका कारण कर उठाउन प्रेरित गर्न सकिएको छैन ।”

अमेरिकामा भ्रष्टाचार कम हुने गरेको उहाँको दाबी छ । मेयर प्रोटिनले भन्नुभयो, “त्यहाँ भ्रष्टाचार ग¥यो भने भ्रष्टाचार गर्नेको राजनीति समाप्त भयो, जीवन नै सकियो ।” त्यसो त सबै व्यवस्था राज्यले गर्ने हुँदा केका लागि भ्रष्टाचार गर्ने ? उहाँले प्रश्न गर्नुभयो । उहाँका अनुसार आम नागरिकलाई अत्यावश्यक पर्ने शिक्षा, स्वास्थ्यको जिम्मेवारी राज्यले गर्ने गर्दछ । नेपालमा जति सम्पत्ति कमाए पनि एउटा रोग लाग्दा सकिने उदाहरण दिँदै उहाँले अमेरिकामा त्यो सबै जिम्मेवारी राज्यले लिने हुँदा धेरै पैसा नागरिकलाई आवश्यक छैन ।

गुणस्तरीय जीवनका लागि सरकारको जिम्मेवारी हुँदा त्यहाँका जनप्रतिनिधि र कर्मचारी भ्रष्टाचार तर्फ ध्यान नै नजाने मेयर प्रोटिन पौडेलले बताउनुभयो । आफ्नो सिटीमा ५७ देशका नागरिक बसोबास गर्ने जनाउँदै उहाँले विकासका कारण ती सबैको चित्त बुझाउन सकिएको प्रतिक्रिया दिनुभयो ।

शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ६.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.