• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

शेयर बजारमा लगानीबारे गैँडाकोटमा छलफल

नवलपुर, ९ कात्तिक । नेपाल धितोपत्र बोर्डका निर्देशक विनोद पौडेलले बजारको अनियन्त्रित गतिविधिलाई बोर्डले नियन्त्रण गर्ने बताउनुभएको छ । विश्व लगानी सप्ताह–२०२४ का अवसरमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रममा निर्देशक पौडेलले व्यवसायको प्रवद्र्धन र लगानीकर्ताको हित संरक्षण गर्नु आफूहरुको दायित्व भएको बताउनुभयो ।
“लगानीकर्ताको हित संरक्षण गर्दै बजारमा पुँजी वृद्धि गर्ने हाम्रो उद्देश्य हो” उहाँले भन्नुभयो, “लगानीकर्ताहरुले शेयर लगानी गर्दा बुझेर तथा गहन अध्ययन गरेर लगानी गर्दा ठगिने सम्भावना रहँदैन ।” कुनै व्यक्तिले ठगी गरिरहेको भए नेपाल धितोपत्र बोर्डमा उजुरी गर्न आग्रह गर्दै उहाँले त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । ब्रोकरहरुले समेत आफ्नो दायित्व निर्वाह नगरेको गुनासो आउने गरेको भन्दै शेयर खरिद बिक्रीको रकम तत्काल भुक्तानी गर्न उहाँले निर्देशन दिनुभयो ।
“शेयर बिक्री गर्ने व्यक्तिलाई ब्रोकरले शेयर बेचेको चार दिनभित्र पैसा भुक्तानी गर्नुपर्छ” उहाँले भन्नुभयो, “यदि कसैले भुक्तानी गरेको छैन भने हामीकहाँ जुनसुकै माध्यमबाट उजुरी दिनुभयो भने हामी तत्काल कारबाही गर्छौँ ।” शेयर खरिदकर्ताले समेत आफूले खरिद गरेको शेयरको भुक्तानी भोलिपल्ट नै तिर्नुसमेत उहाँले आग्रह गर्नुभयो । बजार बुझेर लगानी गर्दा लगानी डुब्ने सम्भावना नहुने भन्दै अरुको उक्साहटमा नलाग्न समेत पौडेलले आग्रह गर्नुभयो ।
कार्यक्रममा स्रोतव्यक्ति एवम् स्टक मार्केटका विद्यावारिधि शोधकर्ता कुलचन्द्र पण्डितले शेयर बजारमा मुनाफा आर्जन गर्न लामो समयसम्म पर्खनुपर्ने अवस्था रहेको बताउनुभयो । अधिकांश लगानीकर्ताहरु चाँडै कमाउने भनेर शेयर बजारमा आउने गरेका भन्दै पाँच वर्षको अध्ययन गर्दा तीन प्रतिशत लगानीकर्ताहरुले मात्रै कमाउने गरेको पण्डितले बताउनुभयो । “पाँच वर्षसम्म शेयर बजारमा टिकेका व्यक्तिमध्ये तीन प्रतिशतले कमाउँछन्, आठ प्रतिशत बराबरीमा रहन्छन् तर ८९ प्रतिशत लगानीकर्ताले गुमाउँछन्” उहाँले भन्नुभयो, “लगानी गर्न लागेको कम्पनीको बारेमा अध्ययन गरेर लगानी नगर्दा धेरैले गुमाउनुपर्ने अवस्था छ ।”
शेयर बजारमा कमाउन आउने भए पनि गुमाउनेको सङ्ख्या धेरै भएको उहाँले बताउनुभयो । नेपालको शेयर बजार हल्लाका कारण घटबढ हुने गरेको भन्दै यस देशको राजनीति स्थिर भएको अवस्थामा लगानी ढुब्ने सम्भावना कम हुने बताउनुभयो । शेयर बजारमा लगानी गरेपछि निरन्तर किनबेच गरिरहेको अवस्थामा मात्रै कमाउन सकिने भन्दै लागनीकर्ताहरुमा अनुशासन हुनुपर्ने पण्डितको भनाइ छ ।
गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले पैसा बैंकमा राख्न भन्दा शेयरमा लगानी गर्न अथवा आफै उद्यमी बन्न नगरवासीहरुलाई आग्रह गर्नुभएको थियो । नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरको आयोजनामा भएको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासा धितोपत्र बोर्डका निर्देशक पौडेलले समाधान गर्नुभएको थियो । कार्यक्रममा गैँडाकोटभित्रका उद्यमी तथा लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।
जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष दीपकप्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो । सङ्घका सचिव तेजनारायण पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा गैँडाकोट–२ का वडाध्यक्ष प्रकाश सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.

  • ३.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ६.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.