• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चलचित्र ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामाः दुई हप्तामा कति कमायो ?

चितवन,कात्तिक ९-  विराज भट्टले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा अघि बढेको छ । दशैँको फूलपातिका दिन असोज २४ गते रिलिज भएको यो एक्सन मुभीमा आजका दिनसम्म पनि दर्शकको चाप घटेको छैन । दशैमा एकैसाथ तीन नयाँ चलचित्र ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ रिलिज भएका थिए । यीमध्ये हलहरूमा छक्कापञ्जाले सबैभन्दा बढी शो पाएको थियो भने त्यसपछि १२ गाउँ र ज्वाइँ साबले । हिजोबाट तीनवटै फिल्महरू तेस्रो हप्तामा प्रवेश गरेका छन् ।

व्यापारमा पहिलो दिनबाटै छक्कापञ्जा ५ र १२ गाउँको नेक टु नेक टक्कर थियो । बढी हलहरू पाएकाले सुरुवाति दिनहरूमा छक्कापञ्जाले धेरै कलेक्सन गर्न सफल भयो । तर, १२ गाउँमा दर्शकको उभार बेसी देखिएपछि हलहरूले सो चलचित्रलाई सो बढाउँदै लगे । आजको मितिमा आइपुग्दा ‘छक्कापञ्जा’ भन्दा ‘१२ गाउँ’ शो संख्या र कलेक्सन दुवैमा अगाडि पुगेको छ ।

छक्कापञ्जाका निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो चलचित्रको व्यापार १५ करोड नजिक रहेको बताएका छन् । चलचित्रले सुरूमा पाएको शो खासै नघटेको र दर्शकको चाप पनि यथावत् रहेको उनको दावी छ । छक्कापञ्जा ५ ले रिलिज अगाडि नै ओभरसिज राइट्स बिक्री गरेर लगानी उठाइसकेको थियो । हलहरूबाट हुने आम्दानी चोखो मुनाफा हो । टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत हलले र बाँकी ५० प्रतिशत निर्माताले पाउने व्यवस्था छ ।

यता, ‘१२ गाउँ’मा भने अहिलेसम्म कुनै पनि नेपाली चलचित्रमा नदेखिएको क्रेज देखिएको छ । चलचित्रले मिडियाहरूमा राम्रो समीक्षा पाएको थिएन । दक्षिण भारतीय चलचित्रको भद्दा नक्कल गरिएको र कथावस्तु बकवास रहेको भनेर आलोचना खेपेको थियो । तर, दर्शकले भने १२ गाउँलाई निरन्तर साथ दिएका छन् । अहिले पनि चलचित्रले फुल अकुपेन्सी पाइरहेको छ । १२ गाउँका वितरक गोविन्द शाही हिजोसम्मको रिपोर्टअनुसार अनुमानित २२ करोड रूपैयाँ ग्रस कलेक्सन भइसकेको दावी गर्छन्। पहिलो साताभन्दा दोस्रो सातामा शो धेरै थपिएकाले कमाइ पनि ह्वात्तै बढेको उनको भनाइ छ ।

स्रोतका अनुसार शाहीको दावीअनुसार नभए पनि चलचित्रले हिजोसम्म १८ करोड ८५ लाख रूपैया ग्रस कलेक्सन छ । यही रफ्तारमा जाँदा यस चलचित्रले केही दिनमै लाइफटाइम सर्वाधिक कलेक्सन गर्ने नेपाली चलचित्रको कीर्तिमान राख्ने पक्कापक्कीजस्तै देखिन्छ । नेपालमा सबैभन्दा बढी आम्दानी गर्ने चलचित्रको कीर्तिमान ‘जारी’ को नाममा छ । २०८० सालमा वैशाखमा प्रदर्शनमा आएको उक्त चलचित्रले २५ करोडको लाइफटाइम विजनेस गरेको थियो ।

‘मैले अहिलेसम्म दर्शकको यस्तो फ्लो र कमाइको रफ्तार नेपाली चलचित्रमा देखेको थिइनँ,’ शाहीले भने, ‘नेपाली मात्र नभएर विदेशी चलचित्र पनि पहिलो तीन दिनपछि बिस्तारै खस्किन थाल्थे । तर, १२ गाउँको रौनक अहिले पनि हलहरुमा उस्तै नै छ ।’ हलहरूको अकुपेन्सीमा पनि अहिले १२ गाउँ हावी रहेको उनले बताए ।

शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.