• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

ढोरवाराही धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै

दमौली (तनहुँ), ७ कात्तिकः तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गर्न पहल थालिएको छ । नगरपालिकाले नगरभित्रकै प्रमुख धार्मिकस्थल ढोरवाराही मन्दिरको विकासका लागि पहल थालेको हो ।

ढोरवाराही मन्दिरको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावनाको अध्ययन गरी समग्र विकास तथा व्यवस्थापन गर्ने उद्देश्य राखिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । सोही उद्देश्य पूरा गर्न केही समय अगाडि मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा सहभागी हुनुभएका मन्त्री पाण्डेले ढोरवाराही मन्दिरको धार्मिक महत्व अपार रहेको भन्दै यसको विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । नगरपालिकाले ढोरवाराही मन्दिरसम्म पुग्ने बाटोसमेत स्तरोन्नति गरिसकेको छ ।

सडकको आवश्यकताअनुसार कालोपत्र र ढलान गरिएको छ । यसले भक्तजनलाई सहज रुपमा मन्दिरसम्म पुग्न सहयोग पुग्ने विश्वास गरिएको छ । नगरपालिकाले रु ३१ लाख चार हजार नौ सय ४० को लागतमा उक्त सडक स्तरोन्नति गरेको नगरप्रमुख पण्डितले बताउनुभयो ।

मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ ढोरवाराही मन्दिरको दर्शनका लागि भक्तजन आउने गर्दछन् । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउँछ । ढोरवाराहीमा रहेको पोखरीमा बेला–बेला लहरी छुट्ने गर्दछ । रहस्यमयी लहरीलाई धार्मिक आस्थाका रुपमा लिइन्छ । ढोरवाराही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिने गरिन्छ ।

प्रत्येक १५ मिनेटमा रहस्यमय ढङ्गले चल्ने पानीको लहरीले ढोरवाराही मन्दिर क्षेत्रको महिमा र महत्व उच्च बनाएको शुक्लागण्डकी–९ का निवर्तमान वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको ठूलो लहरी छुट्ने कारण यस क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वलाई बढाएको छ ।”

हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरवाराही मन्दिरमा देवीको चतुर्वाहु मूर्तिसमेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ देखि चढाइएका घण्टहरू रहेका छन् । ढोरवाराही प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती रहेको छ । पोखरीको मूलबाट पानीको ठूलो भल आउने र एकै छिनमा फेरि स्वतः घट्दै जान्छ । यस पोखरीमा लहरी छुट्नुलाई धार्मिक आस्थासँग तुलना गरिन्छ ।

उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरवाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ । पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ  । रजबाम विशेषगरी लहरी छुट्ने बेला पोखरी बाहिर निस्कने र उक्त समयमा रजबामको दर्शन गर्दा सौभाग्य प्राप्त हुने विश्वास रहँदै आएको छ ।

मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टामध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत् ९६७ लेखिएको पाइएको छ । मन्दिरमा नयाँ वर्षको दिन, वैशाख महिनाभर, बडादसैँ, चैतेदसैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजाअर्चनाका लागि दर्शनार्थीको अत्यधिक भीड लाग्ने गर्दछ । एकादशी, औँसी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुबलि दिइँदैन ।

बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

लोकप्रिय

  • १.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २.

  • ३.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ४.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ५.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ६.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ७.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ८.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.