• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, मङि्सर २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सिद्धि विनायक साकोसको वार्षिक साधारणसभा सम्पन्न

चितवन, ७ कात्तिक । चितवनको भरतपुर–२ क्षेत्रपुरमा रहेको सिद्धि विनायक साकोस (बचत तथा ऋण सहकारी संस्था लिमिटेड)को १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साकोसले बुधबार भरतपुरमा आफ्नो वार्षिकसाधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी सदस्य तेजेन्द्रबहादुर खड्काले सहकारी विधि, प्रविधि र पद्धतीमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । नियममा सञ्चालन भएका सहकारी संस्थाहरु सफल भएका भन्दै सहकारीको आम्दानी, खर्च तथा लगानी पारदर्शी हुनुपर्नेमा खड्काले जोड दिनुभयो । सहकारीले ऋण लगानी गरेर व्याज मात्रै खानुभन्दा पनि उद्यमशील प्रवद्र्धन गर्नेगरी योजनाहरु ल्याउनुपर्नेमा खड्काले जोड दिनुभयो ।

साधारणसभाका क्रममा सिद्धि विनायक साकोसका अध्यक्ष थीरप्रसाद धितालले संस्थाको विगतदेखि वर्तमानसम्मका अवस्थाबारे जानकारी गराउनुभएको थियो । धितालकाअनुसार १७ वर्ष अगाडि ४१ जना शेयर सदस्य मिलेर सञ्चालन गरेको साकोसमा हाल एक हजार नौ सय शेयर सदस्य रहेका छन् । हाल संस्थाको शेयर रकम तीन करोड छ लाख ९२ हजार आठ सय पुगेको भन्दै अध्यक्ष धितालले २४ करोड ४६ लाख १२ हजार २३ रुपैयाँ बचत सङ्कलन भएको जानकारी दिनुभयो ।
संस्थाले २१ करोड ३४ लाख ८४ हजार पाँच सय ११ रुपैयाँ ऋण लगानी गरेको भन्दै अध्यक्ष धितालले एक करोड १६ लाख ५९ हजार सात सय ६८ रुपैयाँ बराबरको ऋण जोखिम कोष रहेको बताउनुभयो । संस्थाले जगेडा कोषमा दुई करोड १० लाख चार हजार चार सय ५९ रुपैयाँ राखेको उल्लेख गर्दै उहाँले आर्थिक वर्ष २०८१ मा संस्थाको करयोग्य आय एक करोड १३ लाख ७० हजार एक सय ८१ रुपैयाँ रहेको बताउनुभयो । स्थापनाको १७ वर्षमा संस्थाको कुल सम्पत्ति ३२ करोड ७१ लाख ७६ हजार आठ सय ८८ रुपैयाँ पुगेको धितालले बताउनुभयो ।
उक्त साधारणसभामा उत्कृष्ट बालबचत, उत्कष्ट खुत्रुके बचत, सहकारीको सदस्य वृद्धि अभियानमा उल्लेख्य योगदान पु¥याउने शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारी सदस्य, विश्वविद्यालयको विभिन्न तहमा उत्तीर्ण भएका शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थाका सचिव जयराम पाण्डेले सञ्चालन गर्नुभएको साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष थीरप्रसाद धितालले अध्यक्षता ग्रहण गर्नुभएको थियो । बन्दसत्रका क्रममा सचिव जयराम पाण्डेले सचिवको प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन एवम् लेखा तथा सुपरीवेक्षण समितिका संयोजक विनोद पौडेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा चितवन जिल्ला सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष प्रेम दवाडी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका सञ्चालक नारायण कँडेल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि सुवेदी, भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका सहकारी अधिकृत रोजी केसी, सिद्धि विनायक साकोसका संस्थापक अध्यक्ष शालिकराम घिमिरे, सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तीर्थराज घिमिरे, रामेश्वर टोल विकास संस्थाका अध्यक्ष किशोर पाण्डे, सिद्धि विनायक साकोसका पुरुष शेयर सदस्यको तर्फबाट राजेन्द्र वाग्ले, महिला शेयर सदस्यको तर्फबाट कमला सापकोटा पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.