• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ३२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

मिथिला क्षेत्रका डोम र बिन समुदायका मानिस चङेरा, ढकी, छिटी बनाउन व्यस्त


महोत्तरी, ६ कात्तिकः मधेशमा चन्द्रमासले कात्तिक टेकेपछि यहाँका अति विपन्न डोम र बिन जाति समुदायको बस्तीमा चहलपहल बढ्छ । हरेक वर्ष कात्तिक सुरु भएपछि यी समुदायका बस्तीमा  बाँसका चोयाबाट निफननाफन र राखनधरनका सामान बनाउने व्यस्तता बढेको छ । उनीहरू चङेरा, ढकी, छिटी, नाङ्लो, चाल्नो, हातेपङ्खा र कोनियाजस्ता सामग्री दीपावली र लगत्तैको छठमा बिक्री हुने आशमा महोत्तरीसहित मधेशका मिथिलाक्षेत्रका मानिस सामान बनाउन व्यस्त भएका हुन् ।

कात्तिक कृष्णपक्षमा यस भेगका यी दुवैसमुदाय बाँससँगै खेल्छन् । अब चाडबाड नजिकिएपछि आफ्नो काममा भ्याइनभ्याइ परेको बाँसका चोयाबाट राखनधरनका सामान बनाउनेहरु बताउँछन् । “कात्तिक अन्हरिया (कृष्णपक्ष) को छ दिन त भइ हाल्यो,  अब त दीपावली  कति छ र ? अनि त्यसलगत्तै छठ ! यी पर्वमा हाम्रो सीप बिक्ने आशमा अहिले बाँससँग खेल्दैछौ” भङ्गगाहा–४ रामनगरका केशो मुखिया बिन भन्नुहुन्छ, “वर्षभरिको नगद खर्चको भर यिनै पर्वमा टिकेको हुन्छ ।” बिनजस्तै महोत्तरीका डोमहरुका झुपर बस्तीमा पनि अहिले बाँसका कप्टेरा÷ चोया काढ्ने र मागअनुसारका सामान बनाउने व्यस्तता बढेको छ । बाँसका चोयाबाट बन्ने यी सामान दीपावलीमा पनि बिक्री त हुन्छन् , तर मुख्यचाहिँ छठकै माग हुने गौशाला–१२ पडरियाकी अञ्जली मरिक बताउनुहुन्छ ।

सामान्यतया छठका बर्तालुले आवश्यकताका सामान बनाइदिन पहिले नै भन्ने गरेका हुन्छन् । तर ग्राहकको पूर्वमागबाहेक पनि चोयाबाट बन्ने यी सामान बिक्री हुने आशमा अहिले डोम र बिन समुदाय बाँस खोज्ने र चोया काढ्ने काममा परिवार नै लागेका छन् । कात्तिकको पहिलो पक्ष डोम र बिन समुदायको कैयौं महिनाअघिदेखिको छोराछोरीको माग पूरा गर्ने सपना साचिएको समय हो । घरमा छोराछोरी र परिवारजनले गर्ने ‘फर्माइस’ घरमूलीले कात्तिक लाग्न देउ भनेर थमाएका हुन्छन् । यसबेला बिक्ने आफ्नो सीपले ससाना नानीहरुको रहर पूरा गर्ने, नयाँ लुगा लइाइदिने, मिठोमसिनो खाने र वर्षभरिको नुनतेलको जोहो गर्ने कात्तिकका पहिला र दोस्रो साता हुनेगरेका बर्दिबास–१ कै भोगेन्द्र मरिक बताउनुहुन्छ ।

बिन र डोम बाँसका चोयाबाट नाङ्ला, चाल्ना, छिटी, हातेपङ्खासहितका सामान बनाउन सिपालु मानिन्छन् । दीपावली र छठमा मात्र आपूmहरुको सीप बिक्ने गरेको यी दुवैजाति समुदायको समान पीडा छ ।  पुख्र्यौली पेसा र सीप पर्वबाहेक अन्य बेला बिक्न छाडेपछि बिन र डोम समुदायका नयाँ पुस्ता अन्य पेसा र सीपका क्षेत्रमा जान थालेका छन् । हाल ५० वर्ष सेरोफेरोका बिन र डोमको शेषपछि यहाँ बाँसका चोया काढेर टोकरी,मान्द्रा, डोका बनाउने भेटिन कठिन हुने चिन्ताले रामगोपालपुर बजारचोक नजिकका प्रताप मरिकले पिरोलिनुभएको छ ।

बिन र डोम समुदायका पाँच दशकमाथिका उमेर समूहका मानिस चोया खेलाए आय आर्जनको आश गर्दैछन् । “बाबुबाजेले यही काम गरे, हामीले यही सिक्यौँयही दीपावली र छठको आश छ हामीलाई हो” रामगोपालपुर बजारचोक नजिकका प्रताप मरिकले भन्नुभयो ।

“हाम्रो वर्षभरिको नगद खर्चको ब्यौंत (जोहो) गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद हेर्न पाँइदैन” लोहारपट्टीको डठोरा बस्तीका  रत्नेशर मरिक भन्नुहुन्छ, “ससाना नानीहरुको चाहना हामीले दीपावली  र छठ पर्वमा पूरा गर्ने आशा गरेका हुन्छौं ।” अन्य बेला आफ्नो सीपको खासै माग नहुने हुँदा वर्षभरिको  खर्चको जोहो पनि यसैबेला गर्नु पर्ने  रत्नेशर बताउनुहुन्छ ।

बाबुआमा काममा ब्यस्त भएसँगै  समान बनाइ दिन भन्न आउने ग्राहक बाक्लिएपछि ससाना नानीको फर्माइस पनि बाक्लिने गरेको छ । “बाबु, दिबाली (दीपावली) मे हमरा फुटबल लादिहा” (बुबा, दीपावलीमा मलाई फुटबल ल्याइदिनु होला) पर्वका लागि माग भएका चोयाका समान बुनी रहेकी बर्दिवास–१ का भोगेन्द्र मरिकको छेउमै खेल्दै आइपुगेको आठ वर्षीय छोरा शिवु मरिकको माग छ ।

जनजाति समूहका बिन र दलित समुदायका डोम दुवैको शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा पहुँच कम छ । खासमा बिनभन्दा डोमहरुको जीवनचर्या अझ बढी अभाव र कष्टमा देखिन्छ ।  गरिबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्निसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका समान बेचेर प्राप्त हुने आम्दानी र सुँगुँर पाल्ने पुख्र्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ ।

तिहार र छठ भने आपूmहरुले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्वप्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको डोमहरु बताउँछन् ।

महोत्तरीका सबै नगर, गाउँ–बस्तीमा सीमित सङ्ख्यामा यी जाति समुदायको बसोबास छ । यी दुवैको सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक र शैक्षिक अवसरमा निकै कम पहुँच छ । अवसर नपाएका सीमान्तकृत  समुदाय, दलितहरुको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिएपनि यस्ता कार्यक्रमभने यी समुदायबीच खासै नपुगेकोे सामाजिक अभियानीहरुको टिप्पणी सुनिन्छ । सरकारी कार्यक्रमहरुको प्रभावकारी अनुगमन नहुँदा अवसर नपाएका यी समुदायको  उत्थानको काम हुन नसकेको सामाजिक संस्था ‘प्रयास’ अध्यक्ष प्रवीण कर्ण बताउनुहुन्छ ।

मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.