• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ५. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ८. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ९. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’


गण्डकी, ४ कात्तिकः कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो । तर अहिले घुमफिर गर्नुलाई उहाँ आफ्नो पेसा र उत्तरदायित्वसँग जोड्नुहुन्छ । शर्मा निष्फिक्री यात्रा गर्नुहुन्छ तर खास ध्येयका साथ । यसपटकको शरद याममा पनि उहाँ घुमफिरमै व्यस्त हुनुहुन्छ ।

यसपालि धवलागिरि आधार शिविरसम्म पुग्ने लक्ष्य बनाउनुभएका शर्माले आइतबार मुस्ताङको मार्फाबाट पदयात्रा सुरु गर्नुभएको छ । चार दिनपछि धवलागिरि हिमालको फेँदमा पुग्ने उहाँको योजना छ । पाँच हजार मिटर उचाइमाथिका फ्रेन्च र धम्पुस भञ्ज्याङ छिचोलेर आधारशिविर पुगिने उहाँले सुनाउनुभयो ।

पदयात्री शिव खड्का र दुई भरियासहित आफूहरु बाटो लागेको शर्माले राससलाई बताउनुभयो । उहाँ बागलुङदेखि, म्याग्दी हुँदै मार्फासम्म भने सडकमार्गबाट पुग्नुभएको थियो । बीचबाटोमा होटल÷चियापसल नभएका कारण बस्ने टेन्टसहित खानेकुराको बन्दोबस्त मिलाएर पदयात्रामा निस्केको शर्माले बताउनुभयो ।

सोलुखुम्बुको आइल्याण्ड पिक चढीसक्नुभएका उहाँलाई धवलागिरि आधार शिविर पुग्न त्यति चुनौतीपूर्ण नहुनसक्छ । तर बदलिरहने हिमाली मौसम र त्यस क्षेत्रका भौगोलिक विकटताका कारण कुनैपनि बेला निम्तनसक्ने जोखिमबारे भने उहाँ सतर्क हुनुहुन्छ ।

“अबको एक साताभन्दा बढी समय हामी सम्पर्कबिच्छेदको अवस्थामा हुन्छौँ, हिमाली भेगको यात्रा आफैमा जोखिमपूर्ण तर रोमाञ्चक हुन्छ”, उहाँले सुनाउनुभयो । मार्फापट्टिबाट छोटो दुरी पर्ने भएकाले आफूहरुले पदयात्रा लागि सोही मार्ग रोजेको शर्माले बताउनुभयो ।

धवलागिरि आधारशिविरको पर्यटन प्रवर्द्धनहेतु तस्बिर र भिडियो सामग्री सङ्कलनका उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । शर्मासँग १० वर्षदेखि यसरी देशका कुनाकन्दरा पुगेको अनुभव छ । पूर्वको कञ्चनजङ्गादेखि पश्चिम रारासम्म, मकालुदेखि अन्नपूर्ण क्षेत्रसम्म उहाँ पुग्नुभएको छ ।

घुमफिर भनेपछि हुरुक्कै हुने २९ वर्षीय शर्माले गत वर्ष पोखराको ‘डुलुवा’ समूहसँग मिलेर नेपालको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नुभएको थियो । ‘वि विल राइज फाउण्डेशन’ र नेपाल टेलिभजनद्वारा आयोजित भिडियो प्रतियोगिताको उपाधि डुलुवा समूहको ‘दि नर्देन वाल’ले जितेको थियो । उक्त समूहले उपाधिसँगै रु पाँच लाख प्राप्त गरेको थियो । प्रतियोगिताको ‘मोस्ट एनरजेटिक भिडियो मेकर’ अवार्ड पनि ‘डुलुवा’कै ‘मेरो गाउँ तक्सेरा’ ले जितेको थियो । जसको पुरस्कार राशि रु एक लाख थियो ।

“दुवै प्रोजेक्टमा म आबद्ध थिएँ, फोटो/भिडियोग्राफीदेखि व्यवस्थापनसम्मको काम हामीले गरेका थियौँ”, शर्माले भन्नुभयो, “उजागर हुन नसकेका पर्यटकीयस्थलको प्रवद्र्धनका लागि उक्त प्रतियोगिताले धेरै सघायो ।”

‘डुलुवा’ समूहले बनाएको ‘दि नर्देन वाल’ अन्नपूर्ण प्रथम हिमालका पहिलो आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगले आरोहण गरेको उत्तर आधारशिविरतर्फको प्रवद्र्धनात्मक भिडियो हो । ‘मेरो गाउँ तक्सेरा’ भने पूर्वीरुकुमको जनजाति बाहुल्य गाउँ हो । शर्माले हरेक पर्यटकीय याममा नयाँनयाँ ठाउँका भ्रमण गरी तिसँग सम्बन्धित तस्बिर र भिडियो सामग्री तयार पार्दै आउनुभएको छ ।

“विशेष गरी ट्राभल वृत्तचित्र निर्माणका लागि म घुम्ने गर्छु, कतिपय काम सरकारी निकाय, स्थानीय तह, ट्राभल एजेन्सीहरुसँग पनि मिलेर गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “फेसबुक, टिकटिक, इन्टाग्रामलगायत सामाजिक सञ्जालकामार्फत पनि देशका पर्यटकीयस्थल चिनाउने र बुझाउने गर्दै आएको छ ।” ‘डुलुवा’ समूहसँगको सहकार्यका क्रममा प्राप्त सिकाइ र सफलताले आफूलाई यस क्षेत्रमा थप सिर्जनशील बन्न प्रेरित गरेको शर्माले बताउनुभयो ।

‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाहरुको समूह हो । सन् २००८ देखि प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आबद्ध युवाहरु मिलेर नेपाल घुम्न सुरु गरेका थिए । सोही समूहलाई सन् २०२० मा आएर ‘डुलुवा’का रुपमा नामाकरण गरिएको थियो ।

उक्त समूह अहिले देशभित्र मात्र नभएर बाहिरी मुलुकमा पनि नेपाललाई चिनाउने अभियानमा सक्रिय छ । ‘डुलुवा’का संयोजक योगेश भट्टराईले गत महिना नेपालको पर्यटन प्रवर्द्धनका लागि भारतका १४ राज्यमा पुगेर फर्किएको बताउनुभयो ।

“यसपालि विशेष गरी भारतीय धार्मिक पर्यटकलाई नेपाल भित्राउने लक्ष्यसहित त्यहाँ चार धाममध्ये तीन धामको यात्रा हामीले पूरा ग¥यौँ”, उहाँले भन्नुभयो, “नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने उद्देश्यले बर्सेनि हामीले प्रवर्द्धनात्मक कार्यक्रम गदै आएको छौँ ।”

उहाँले आफ्नो समूहले नेपालका ७० जिल्ला घुमिसकेको जानकारी दिनुभयो । डुलुवा समूहमा ११ जनाको कार्यसमिति र २७ जना सदस्य छन् । घुमफिरका लागि ‘पहिले देश अनि विदेश’ भन्ने आदर्श वाक्य बोकेको उक्त समूहले पर्यटन प्रवर्द्धनमा युवाहरुको सक्रियता र सिर्जनाशिलतालाई आत्मसाथ गर्दै आएको छ ।

‘डुलुवा’ जस्तै घुम्दै नेपाल चिनाउने अर्को समूह हो ‘घुमन्ते’ । पर्यटनप्रेमी कञ्चन राईको सोचबाट उब्जेको ‘घुमन्ते’ पर्यटकीयस्थलको खोजी, पहिचान र प्रसारमा सक्रिय छ । युट्युबमार्फत विभिन्न ठाउँका आकर्षक भिडियो पस्कँदै आएको ‘घुमन्ते’ आफैमा यात्रीहरुको सानो समूह भएपनि यसको डिजिटल फैलावट भने धेरै परसम्म पुगेको छ ।

उक्त समूहका व्यवस्थापक तथा जनसम्पर्क प्रमुख मनिष रुचालले नेपालको पर्यटन प्रवर्द्धनका लागि आफ्नो ‘डिजिटल’ विषवस्तुमा काम गरिरहेको बताउनुभयो । ‘घुमन्ते’को युट्यब च्यानललाई झण्डै तीन लाख जनाले सब्सक्राइब गरेका छन् भने एउटै भिडियोलाई लाखौँपटक हेरिएको÷सुनिएको छ ।

सन् २०१३ मा ‘घुमन्ते’ नाम फेसबुक पेज र वेबसाइटबाट पर्यटकीय क्षेत्रको तस्बिर र भिडियो प्रसार गर्दै आएको यो समूहले पछिल्लोपटक युट्युबलाई आफ्ना सामग्री सम्प्रेषणको मुख्य माध्यम बनाएको छ । सन् २०१६ मा पहिलोपटक युट्युबमा घुमफिरको भिडियो राखिएको व्यवस्थापक रुचालले जानकारी दिनुभयो । ‘घुमन्ते’का निर्देशक र लेखक कञ्चन राई हुनुहुन्छ भने अन्य सदस्यहरु फोटोग्राफी, भिडियोग्राफी, सम्पादन आदिको जिम्मेवारीमा छन् ।

“अहिले पाँच/छ जना मात्र भएर यो समुहलाई अगाडि बढाइरहेका छौँ, हाम्रो पछिल्लो यात्रा पोखरा, लमजुङ हुँदै मनाङसम्मको थियो”, व्यवस्थापक रुचालले भन्नुभयो, “सगरमाथादेखि अछामको रामाराशेनसम्मका ट्राभल डकुमेन्ट्री, भ्लगलगायत सामग्री हामीले निर्माण गरेका छौँ ।”

नेपालको पर्यटनलाई देशदेशावर चिनाउनु नै ‘घुमन्ते’को मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । पर्यटन प्रवर्द्धनका काममा उक्त समूहले ट्राभल्स, एयरलाइन्स कम्पनीलगायतसँग पनि सहकार्य गर्दै आएको छ । अहिलेसम्म बढीमा ४५ दिनसम्मको यात्रा तय गरिएको व्यवस्थापक रुचालले बताउनुभयो ।

“कुनैताका विदेशी पर्यटकले घुमफिरका क्रममा खिचेका तस्बिर र भिडियोले नेपालको पर्यटनबारे बाहिरीजगतले थाहा पाउने अवस्था थियो”, उहाँले भन्नुभयो, “तर अहिले पर्यटन प्रवर्द्धनका लागि अनेक माध्यम र तौरतरिका छन्, हामीले त्यसैलाई अपनाउँदै आएका छौँ ।”
—

आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ५.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ४.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ७.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

  • ८.
    रास्वपा सचिवालयको बैठक बस्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.