गैँडाकोट, २२ असोज : नवलपुरको गैँडाकोटमा रहेको सरस्वती निकेतन इङ्लिस स्कुल, कलेज अफ साइन्स एण्ड म्यानेजमेन्टले दसौको टीका र शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
गैँडाकोट–१ मा रहेको विद्यालयले सोमबार दसैँ संस्कृतिको महत्वबारे विद्यार्थीहरुलाई जानकारी गराउन र संस्कृति संरक्षणमा प्रेरित गर्न दशैं मनाउँदै टीका र जमरा लगाई आशीर्वाद दिएर दसैँको शुभकामना आदान प्रदान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल भरतबाबु कँडेलका अनुसार सोमबार विद्यालयमा शिक्षकहरुले विद्यार्थीहरुलाई टीका, जमारा र आशीर्वाद दिएर दसैँको सुखी बाँडिएको हो ।
यसैबीच, विद्यालयले परिवारले बडा दसैँ तथा शुभ दीपावली, नेपाल सम्वत्, छठको अवसरमा अभिभावक, शिक्षक, कर्मचारीलगायत सबैमा शुभकामना व्यक्त गरेको छ ।