• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

नारायणगढ–बुटवल सडकमा मर्मतलाई प्राथमिकता दिन निर्देशन

नवलपुर (नवलपरासी), २१ असोजः यही असोज १८ गते सडक भासिँदा १२ घण्टाभन्दा लामो समय नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी नै अवरुद्ध भयो । यसखण्डको दाउन्नेस्थित खुर्सानी खोलानजिकै असोजमा मात्रैमा दुईपटक सडक भासिँदा यातायात सेवा अवरुद्ध भएको थियो ।

सडक भासिएर यातायात आवागमन अवरुद्ध हुँदा यात्रुहरुले निकै सास्ती खेप्न बाध्य भए । सामान्य पानी परेको अवस्थामा कहाँ सडक अवरुद्ध हुनपुग्छ र बाटोमा अलपत्र गरिन्छ भन्ने चिन्ता बोकेर हिँड्नुपरेको भरतपुर–११ का कृष्ण पौडेलले गुनासो गर्नुभयो ।

भारतको नयाँ दिल्ली गएर फर्किदै गर्नुभएका पौडेल दाउन्नेको जाममा १२ घण्टासम्म रोकिएको गुनासो गर्नुभयो । “दिल्लीमा काम सकाएर दाउन्ने हुँदै घर जान हिँडेको थिएँ, दाउन्नेमा सडक भासिएर बाटो अवरुद्ध भएछ”, उहाँले भन्नुभयो, “यस सडकको विकल्प नभएका कारण असोज १८ गते रातभरी बाटोमै बस्नु पर्‍याे ।”

राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई कम्तीमा चार घण्टा लाग्ने गरेको छ ।

सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का निर्देशक इञ्जिनियर चुडाराज ढकालले भन्नुभयो, “बाटोमा कुनै जाम भएन भने चार घण्टामा सार्वजनिक सवारीसाधनले नारायणगढ बुटवलको दूरी पार गर्छन् ।” सडक सहज रुपमा सञ्चालन गराउनका लागि निर्माण कम्पनीलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।

“सडक विस्तारको काम निकै ढिला भएको महसुस गरेर हामीले भोलि निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडलाई ‘नोटिस’ दिँदैछौँ”, उहाँले भन्नुभयो, “उनीहरु रु १३ अर्ब घाटा भयो भनेर ढिलासुस्ती गर्दैछन्, काम नगरे ठेक्का तोड्ने र अन्य प्रक्रियामा जाने चेतावनीसहितको सूचना दिन लागेका हौँ ।” यस खण्डको काममा निर्माण कम्पनीको केन्द्रीय कार्यालयले लगानी गर्ने तयारी गरेको बुझिए पनि काम ढिला हुँदा आफूहरुले सूचना दिन लागिएको इञ्जिनियर ढकालले बताउनुभयो ।

दसैँ सुरु भएपछि सडक विस्तारभन्दा पनि सडक मर्मत गरेर यात्रालाई सहज बनाउन निर्देशन दिइएको उहाँले बताउनुभयो । “यो सडक भएर लाखौँ यात्रुले यात्रा गर्नुहुन्छ, सडकको खाल्डाखुल्डी पुरेर यात्रा सहज बनाउन हामीले निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “मनसुनपछि पूर्वीखण्डमा पाँच किलामिटर कालोपत्र भएको छ, भने बाँकी मर्मतको काम भएको छ ।”

एक सय १४ किलोमिटर सडकमध्ये एकतर्फी ६० किलोमिटर कालोपत्र भएको २० किलोमिटर जति पुरानै कालोपत्र रहेको र करिब ३४ किलोमिटर सडक खाल्डाखुल्डीसहित कच्ची भएकाले कच्ची बाटोको यात्रा सहज बनाउन लगाइएको उहाँले बताउनुभयो ।

नारायणगढ बुटवल सडकखण्डमा दाउन्नेबाट पूर्वतर्फभन्दा दाउन्नेबाट पश्चिमतर्फको खण्डमा बढी जोखिम देखिएको छ । नारायणगढ बुटवल सडक योजना पश्चिम खण्डका योजना प्रमुख इञ्जिनियर शशाङ्क मिश्रले अहिले आफूहरुले सडक मर्मतलाई प्राथमिकता दिएको बताउनुभयो । “जसरी हुन्छ यात्रुहरुको यात्रा सहज बनाउने हाम्रो प्रयत्न छ”, उहाँले भन्नुभयो, “पहिराले सडक अवरुद्ध भएमा तत्काल खुलाउने गरी हामी तयारी अवस्थामा रहेका छौँ ।”

पहिरो सम्भावित क्षेत्र दाउन्नेमा अपरेटरसहित एउटा एक्साभेटर, एउटा डोजर तथा एउटा रोलर तयारी अवस्थामा राखिएको मिश्रले बताउनुभयो । मिश्रले भन्नुभयो, “अवरुद्ध भएको सडक तत्काल खुला गर्नका लागि स्थानीय प्रशासन, ट्राफिक प्रहरीसहितको सहकार्यमा काम गर्नेगरी योजना बनाएका छौँ ।” मनसुन सुरु भएपछि पश्चिम खण्डमा सडक विस्तारका काम सुरु नभएको भन्दै सडकलाई खाल्डाखुल्डी बनाउतर्फ ध्यान दिइएको योजना प्रमुख मिश्रले बताउनुभयो ।

“अहिले बुटवलबाट बर्दघाट बढीमा साढे एक घण्टामा पुग्न सकिन्छ भने त्यहाँबाट दाउन्ने आधा घण्टामा पास हुन्छ”, मिश्रले भन्नुभयो, “दसैँमा घर फर्किने यात्रुको यात्रालाई सहज बनाउन हामीले सक्दो प्रयास गरिरहेका छौँ ।” खैरहनी र बुटवलतर्फ केही खाल्डाखुल्डी भएका भन्दै इञ्जिनियर मिश्रले मङ्गलबारसम्म ती खाल्डाखुल्डी पुरेर यात्रालाई सहज पारिने जानकारी दिनुभयो । रासस

सोमबार, असोज २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.