• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष

काठमाडौँ, १९ असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्र दोलखा –काठमाडौँ सम्पर्क– समन्वय समितिले आज यहाँ आयोजना गरेको छलफलमा उहाँले  विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताउनुभयो । उहाँले अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो ।

आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति  जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा एक्लै विजयी हुनेगरी अभियान थाल्ने बताउनुभयो ।  जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

हालैको अविरल वर्षाका कारण उत्पन्न सङ्कट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै उहाँले जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै उहाँले प्राकृतिक विपत्तिको घडीमा आफ्नो पार्टीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताउनुभयो ।

समस्यामा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्दै अध्यक्ष दाहालले अहिले धेरै बुद्धिजीवी र अन्य दलका नेता कार्यकर्ताहरुले पनि जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्छ भन्ने आग्रह गरिरहेका बताउनुभयो ।  उहाँले मुलुक र जनताको नेतृत्व गर्नु भनेको प्रधानमन्त्री हुनु मात्र होइन, जनताका साथमा रहेर उनीहरूको हितका निम्ति आन्दोलनको नेतृत्व गर्नु पनि हो भन्नुभयो ।

जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएका, भूकम्पका बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयन,  सत्तापक्ष र विपक्षको आँखाले नहेरी राष्ट्र र जनतालाई केन्द्रमा राखेर माओवादी केन्द्रले काम गरिरहेको जनताले बुझेका बताउनुभयो ।

अन्तरराष्ट्रिय जगत्मा पनि आफ्नो पार्टीको गरिमा बढेको भन्दै उहाँले मुलुकको कूटनीति कुशलतापूर्वक सञ्चालन गरेको तथा त्यस क्रममा राष्ट्रसङ्घीय खाद्य सम्मेलन, संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभा र जलवायु सम्मेलनमा सहभागी भएर पार्टी र देशको गौरव बढाएको बताउनुभयो । भारत र चीनसँगको सन्तुलित कूटनीतिका कारण माओवादी केन्द्र र यसको नेतृत्व विश्वसमुदायमाझ  स्थापित भएको दाबी उहाँले गर्नुभयो ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको सिङ्गो केन्द्रीय समिति अध्यक्ष दाहालको नेतृत्वमा एकताबद्ध रहेको उल्लेख गर्दै आगामी केन्द्रीय समितिको बैठकले सङ्गठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताउनुभयो । उहाँले सबै दलका नेताहरुको विवेक र चेतनाको परीक्षण भएको उल्लेख गर्दै आफ्नो पार्टी परिवर्तनकारी भएकाले माओवादी केन्द्रका हरेक सदस्य मुलुक र जनताको हितमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

शनिबार, असोज १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.