• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

प्रधानमन्त्री ओलीले स्वीकारे कमजोरी, जानीजानी लापरबाही नभएको दाबी

काठमाडौं, असोज १६-  प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोपीडितको उद्धारमा सरकारबाट कमीकमजोरी भएको स्वीकार गरेका छन् । उनले विपद्मा सरकार मानसिक रूपमा तयार नै नभएको बताए । उनले उद्धार तथा राहतमा सरकार अनि सरकारी संयन्त्रहरूले जानीजानी ढिलाइ वा लापर्बाही नगरेको पनि दाबी गरेका छन् ।

सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले विपत्ति कत्रो आउँछ भन्ने अनुमान नभएको र पूर्वतयारी गर्दागर्दै रोक्न पनि नसक्ने बताए । प्रधानमन्त्री ओलीले बाढीपहिरोपीडितको खोज र उद्धार कार्य दुई दिनभित्र सकिने दाबी गरेका छन् ।

पीडित, सर्वसाधारण एवं विपक्षी दलका नेता मात्रै नभई सत्ता पक्षकै नेताहरूले सरकारको कमीकमजोरीबारे आलोचना गर्दैगर्दा ओलीले सरकारका तर्फबाट उद्धार, राहत, व्यवस्थापनमा कुनै किसिमको ढिलासुस्ती नहुने ठोकुवा गरेका छन् ।

‘यसप्रकारको वर्षा होला, यसप्रकारको क्षति होला भन्ने अनुमान थिएन, हामी त्यसको पूर्वतयारीका लागि मानसिक रूपमा तयार पनि थिएनौं, सधैं हुनेगरेका विपत्तिहरूजस्तै लागेको थियो, विपत्ति कत्रो आउँछ भन्ने अनुमान भएन,’ प्रधानमन्त्री ओलीले भने, ‘पूर्वतयारी गर्दागर्दै रोक्नसक्ने पनि हुँदैन, भूकम्प अनि कोभिडका बेला पनि त्यस्तै भयो, सोचेको भन्दा पनि अलि डरलाग्दो तरिकाले आयो ।’

सरकारी निकायको लापर्बाही र गैरजिम्मेवारीपनका कारण सयौं मान्छेले ज्यान गुमाउनुपरेको, बेपत्ता भएको, घाइते हुनुका साथै अर्बौंको क्षतिसमेत भएका कारण सरकारको आलोचना भइरहेको छ । कतिपयले प्रधानमन्त्री, मन्त्रीहरूको राजीनामासमेत माग गरिरहेका छन् ।

‘४ हजारभन्दा बढी मानिसहरूको उद्धार गरेर उहाँहरूको जीवन जोगिएको छ, केही गर्दै नगरेको होइन, केही कमीकमजोरी भएका होलान्, आगामी दिनमा सच्याउँदै जानेछौं, तर केही नभएको भन्ने होइन, राम्रा काम पनि भएका छन्, यो राज्य अनि सरकारको मात्रै होइन यो सिंगे नेपाली समाजको विषय हो,’ प्रधानमन्त्री ओलीले भने, ‘केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि हुनसक्छ, तर जानीजानी ढिला गर्ने अनि लापर्बाही गर्ने त भएन होला ? यता प्राथमिकता दिने कि कता दिने भन्ने अलमल भयो होला ।’

अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको उनले दाबी गरेका छन् । तर, अहिले पनि हजारौं पीडितको सडककै बास छ । खाना, पानी, स्वास्थ्यलगायत उनीहरूले सरकारबाट केही पनि नभएको आक्रोश पोखिरहेका छन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोकथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको जानकारी गराए । क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत् आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले बताए ।

१७ अर्बभन्दा धेरैको क्षति, कुन क्षेत्रमा कति ?

गत ११ र १२ असोजको अविरल वर्षासँगै बाढीपहिरोबाट विभिन्न क्षेत्रमा लगभग १७ अर्बभन्दा बढीको क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ । प्रधानमन्त्री ओलीले गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले अनुमानित क्षति विवरण प्रस्तुत गरेका हुन् । उनका अनुसार सबैभन्दा धेरै कृषिक्षेत्रमा ६ अर्बको क्षति भएको छ । त्यस्तै, खानेपानी संरचनामा ३ अर्ब ५५ करोड, सडक पूर्वाधारहरूमा २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ २ अर्ब क्षति भएको उनले सुनाए । उनका अनुसार हालसम्म बाढी, पहिरो र डुबानमा परेर २ सय २४ जनाको मृत्यु भएको छ ।

त्यस्तै, २४ जना मानिस बेपत्ता भएका छन् र १ सय ५८ जना मानिस घाइते भएका छन् । उच्च जोखिममा रहेका ४ हजार ३ सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको जानकारी उनले दिए । विपद्बाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

बुधबार, असोज १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.