• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

स्थलगत रिपोर्ट : दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले


चितवन, १४ असोज : तीन दिनको अविरल वर्षाले देशका धेरै ठाउँका सडक क्षतविक्षत भए, तर सधैँ चर्चामा रहने नारायणगढ–मुग्लिन सडकले भने यसपटक ठूलो विपत्ति झेल्नु परेन । वर्षाको पूर्व चेतावनी सँगै गत शुक्रबार साँझदेखि आइतबार बिहानसम्म स्थानीय प्रशासनले यो सडकखण्डमा आवतजावत बन्द ग¥यो । विगतमा एकै पटक पहिराले दुई वटा बस त्रिशूलीमा खसालेको घटनाबाट पाठ सिकेर प्रशासनले समयमै सावधानी अपनायो ।

तीन दिनसम्मको वर्षाले नौ किलोमा सडक भासिएको थियो भने केराबारी, टोपीखोला, घुमाउने र सिमलतालमा माथिबाट खसेको पहिरो समयमै पन्छाएर आइतबारदेखि सडक नियमित सञ्चालनमा आयो । सडक बन्द गरिएको समयमा अत्यावश्यक सवारीसाधन आधा घण्टाभन्दा बढी रोकिनु परेको थिएन ।

राजधानी काठमाडौँ आवतजावत बन्द भए पनि यो सडकखण्ड आइतबार बिहानबाटै नियमित सञ्चालनमा छ । सोमबार यो सडकखण्ड यात्रा गर्दा सवारीसाधनहरु बिना अवरोध सरर हुइँकिरहेका देखिन्थे ।

दिउँसो ३ बजेर ५ मिनेट जाँदा नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटमा भेटिनु भएका बा प्र.०३–००१च ०३४२ नम्बरका बोलेरो चालक नवीन गुरुङ मुग्लिन कटेपछि आनन्दको श्वास फेरेको बताउँदै हुनुहुन्थ्यो । काठमाण्डौँबाट आज बिहान सबेरै हिँड्नुभएका गुरुङले काठमाडौँको सितापाइलाबाट रामकोट हुँदै धार्के निस्केर आएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो सडक छिरेपछि खासै दुःख छैन ।”

सोही सडक हुँदै नारायणगढतर्फ आउँदै गर्नुभएका बा.प्र.०३–२६ च ४१६१ नम्बरको बोलेरो चालक आशिष गुरुङ काठमाडौँबाट आउँदा पृथ्वी राजमार्गले निकै दुःख दिएको गुनासो गर्नुभयो । बिगत समयमा नारायणगढ–मुग्लिन सडकखण्डले दुःख दिने गरेको भन्दै अहिले भने निकै सहज भएको बताउनुभयो ।

गोरखाबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ७५७ नम्बरको बसका चालक श्यामबहादुर हुमागाईं नारायणगढ–मुग्लिन सडकखण्ड सहज भएको बताउँदै आजै गोरखा फर्किने बताउनुभयो । दासढुङ्गामा भेटिनुभएका उहाँले अन्यत्र ठूलो क्षति भए पनि यो सडकखण्डमा पहिरोले धेरै समस्या नदिएको बताउनुभयो ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा ०१०२९ च ४५९४ नम्बरको विद्युतीय (इभी) माइक्रो गाडीका चालक नकुल पराजुली मुग्लिन कट्दासम्म कुनै समस्या नभएको बताउनुहुन्छ । लेवाटारमा गाडी चार्ज गरिरहनुभएका पराजुलीले ठूलो वर्षा भएपनि सडकमा दुःख नपाएको बताउनुभयो ।

यो सडक पूर्ण रुपमा सञ्चालनमा आएपनि काठमाडौँ प्रवेश गर्ने सडकमा अझै समस्या हुँदा यहाँ सवारीको चाप निकै कम देखिन्छ । पोखरा, बेसीशहर, गोरखा, बाग्लुङ लगायतका ठाउँबाट आएका सवारीसाधन धेरै भए पनि काठमाडौँबाट आएका सवारीसाधन निकै कम छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्मा यो वर्षातमा नारायणगढ–मुग्लिन सडकले दुःख नदिएको बताउनुहुन्छ । उहाँको भनाइमा एक ठाउँमा सडक धसिएको र केही ठाउँमा साना पहिरा खसेको बताउनुहुन्छ । नौ किलोमा दुई फिट सडक भासिएको थियो । झण्डै १० मिटर लामो भागको आधा सडक भासिएपछि एकतर्फी सडक सञ्चालनमा आएको थियो । त्यसलाई ग्राभेल हालेर मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।

सडक खण्डको केराबारी, टोपेखोला, घुमाउने र सिमलतालमा साना पहिरा खसेको भए पनि धेरै दुःख नदिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नारायणगढ–मुग्लिन सडक बढीमा आधा घण्टाभन्दा धेरै रोकिनु परेन ।” अहिले पनि उच्च सावधानीका साथ काम गरिरहेको शर्माको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समयमै आवागमन बन्द गराएर हुन सक्ने जोखिमबाट बच्न सकिएको बताउनुहुन्छ । नारायणगढ–मुग्लिन सडकमा यो वर्षामा खासै पहिरो खसेको छैन । रातको समयमा कुनै अप्रिय घटना नहोस् भन्नका लागि समयमै सावधानी अपनाइएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चालक र यात्रुको उच्च दबाबका बाबजुद हामीले सवारी रोकेर सावधानी अपनायौँ ।”

सो सडकमा द्रुत उद्धार टोली तयारी अवस्थामा राखेर काम भइरहेको उहाँ बताउनुहुन्छ । डिभिजन सडक कार्यालय, जिल्ला प्रहरी, जिल्ला ट्राफिक, सशस्त्र प्रहरी लगायत सबै तम्तयार अवस्थामा रहेर सडक सहज सञ्चालनमा जुटेको उहाँको भनाइ छ ।

सवारीसाधनलाई नियमन कडाइका साथ गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०० र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ५१ मा उल्लेख भएअनुसार यात्रुवाहक सवारी चालकले चलानीमा यात्रुको पूरा विवरण भरेर प्रहरी पोष्टमा बुझाउनुपर्ने हुन्छ । यो व्यवस्था भए पूर्ण रुपमा लागू नभएकोमा मङ्गलबारबाट कडाइका साथ लागू गर्न लागिएको छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार चालकलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएर ट्राफिक नियम पालना गर्न लगाइँदै छ ।

चाडपर्वको क्रममा सवारी चाप निकै बढ्ने भएकाले खाद्यान्न बाहेकका सामग्री बोकेका १४ चक्काभन्दा बढीका सवारीलाई प्रस्थान बिन्दुमै रोक्न पत्राचार गरिएको छ । यो सडक हुँदै यसरी सामग्री बोकेर आउने सवारीसाधन भैरहवा र वीरगञ्जबाट आउने गर्दछन् ।

यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्दछन् । राजधानीको लाइफलाइनका रुपमा नारायणगढ–मुग्लिन सडकखण्डलाई लिने गरिन्छ । गएको असार २८ गते यसै खण्डको सिमलतालमा दुई वटा बस पहिराले बगाउँदा धेरैले ज्यान गुमाउनुपरेको थियो । कतिपय अझै बेपत्ता छन् । बस अझै फेला परेको छैन । त्यतिबेला पनि पहिले पहिरो नखसेको ठाउँमा अकस्मान लेदो बगेर दुर्घटना भएको थियो ।

सोमबार, असोज १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

भर्खरै

  • १.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.