• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

निःशुल्क मुटु उपचार कार्यक्रम प्रदान गर्न सिएमसीद्वारा माग

चितवन, १४ असोजः चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा विगत १२ वर्षको अवधिमा १० हजार बढी मुटुका शल्यक्रिया भएका छन् । विसं २०६९ भदौ १ गतेबाट सुरु भएको मुटु उपचारमा हालसम्म आइपुग्दा १० हजार दुई सय ५० शल्यक्रिया भएका हुन् । विश्व मुटु दिवसका अवसरमा अस्पतालद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मुटु उपचारमा अस्पताल अग्रणी बनेको जानकारी दिइयो ।

अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा श्यामराज रेग्मीका अनुसार तीमध्ये पाँच हजार एक सय ७३ जनाको मुटुमा जाली हाल्ने, सात सय १८ जनामा मुटुमा ‘ब्याट्री’ राख्ने, तीन सय सात जनामा मुटुको भल्व खोल्ने, दुई हजार एक सय ९२ जनामा मुटुमा आउने नशाको र एक हजार आठ सय ६० जनाको ‘क्याथल्याब’मा जाँच गरिएको छ ।

यस अस्पतालमा विसं २०७८ वैशाखबाट ‘सिटिभिएस’ सेवा सुरु गरेको थियो । मुटु, छाती र रक्तनलीको शल्यक्रियालाई छोटकरीमा सिटिभिएस भनिन्छ । सिटीभिएसमार्फत हालसम्म एक हजार तीन सय शल्यक्रिया भएका छन् । सात दिनको बच्चादेखि ७८ वर्षका वृद्धसम्म र नौ सय ग्रामदेखि ९० केजी तौलसम्मका व्यक्तिको सिटिभिएसमार्फत शल्यक्रिया गरिएको सिटिभिएस सर्जन प्रा डा अनिल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यी शल्यक्रियामध्ये मुटुको ‘ओपनहर्ट सर्जरी’ १० प्रतिशत, रक्तनलीका ७० प्रतिशत र फोक्सोका २० प्रतिशत छन् ।

अस्पतालमा न्यूक्लियर कार्डियोलोजी सेवा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस विभागमा मुगा स्क्यानमार्फत मुटुको काम गर्ने क्षमता नाप्ने गरिन्छ । यसरी स्क्यान गर्दा इकोले भन्दा वास्तविक देखाउँछ । यसैगरी मुटुको नशा साँघुरो भएको अवस्थामा साँघुरो भएको भाग र त्यसपछिको नशाको भाग मृत छ कि छैन भन्ने पत्ता लगाउन ‘स्ट्रेस मेयोकार्डियल पफ्र्युजन स्क्यान’ गरिन्छ । नशाको रोग के छ ? भविष्यमा जोखिम छ कि छैन भन्ने पत्ता लगाउन ‘मेयो कार्डियल भायविलिटी स्क्यान’ गरिन्छ ।

पत्रकार सम्मेलनमा बाल मुटुरोग विशेषज्ञ डा अतिजकुमार मिश्रले नेपालमा हरेक वर्ष करिब छ हजार बालबालिका जन्मजात मुटुरोगका साथ जन्मने बताउनुभयो । तीमध्ये एक हजार हाराहारीमात्र उपचारमा आउने गरेको जनाउँदै उहाँले बाँकी उपचारको पहुँच बाहिर रहेको बताउनुभयो ।

सरकारले ७० वर्षमाथि र १५ वर्षमुनिकालाई मुटुरोग निःशुल्क सेवा प्रदान गर्ने भए पनि राजधानी बाहिर कुनै पनि अस्पताललाई यो सेवा नदिँदा आर्थिक अभावमा धेरै उपचारबाट वञ्चित भएको उहाँको भनाइ छ । यस अस्पतालमा दैनिक सरदर दुई सय जना मुटुरोगसम्बन्धी समस्या लिएर बिरामी आउने गर्छन् । तीमध्ये २० जना बालबालिका हुने गरेका डा मिश्रले बताउनुभयो ।

अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा रेग्मी सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपन, शारीरिक निष्क्रियता, मदिराजन्य वस्तुको प्रयोग, वायु प्रदूषण, मानसिक तनावका कारण मुटुरोगका बिरामी बृद्धि भइरहेको बताउनुहुन्छ । यस्ता विषयमा ध्यान दिन सक्ने हो भने ८० प्रतिशत मुटुरोगीले अकालमा मृत्युवरण गर्नु नपर्ने उहाँको भनाइ छ ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले बालबालिकादेखि वृद्धवृद्धासम्मको मुटुको सबै खालको उपचार हुने गरेको जानकारी दिनुभयो । विगतमा यहाँबाट मुटुको उपचार गर्न राजधानी काठमाडौँ जाने गरेकामा अहिले काठमाडौँसहित देशका विभिन्न जिल्लाबाट मुटु उपचारका लागि यहाँ आउने गरेको उहाँले बताउनुभयो ।

सरकारले बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क मुटु उपचार कार्यक्रम आफूहरूले पाएमा धेरै बिरामी आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपर्ने प्रा डा न्यौपानेको भनाइ छ । राजधानी काठमाडौँभन्दा सस्तो र उच्चस्तरको मुटु उपचार हुने भएकाले देशकै मुटु उपचारको केन्द्र बन्न सफल भएको उहाँको दाबी रहेको छ ।

सोमबार, असोज १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.