Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो

मानव–सिर्जित जलवायु परिवर्तनले यस महिनाको सुरुमा मध्य युरोपमा विनाशकारी बाढी ल्याउने भारी वर्षाको सम्भावनालाई दोब्बर बनाएको र यसको तीव्रता बढाएको एउटा नयाँ अध्ययनले पत्ता लगाएको छ ।

सेप्टेम्बरको मध्यमा बोरिस आँधीबाट आएको मुसलधारे वर्षाले मध्य युरोपको ठूलो भूभागलाई प्रभावित गर्दा रोमानिया, पोल्यान्ड, चेक गणतन्त्र, अस्ट्रिया, हङ्गेरी, स्लोभाकिया र जर्मनीमा व्यापक क्षति भयो । बाढीबाट २४ जनाको ज्यान गयो, पुलहरू क्षतिग्रस्त भए, कारहरू डुबे, सहरहरू विद्युत्विहीन भए र पूर्वाधार मर्मतका लागि ठूलो आवश्यकता भयो ।

चार दिनको भीषण वर्षा मध्य युरोपमा अहिलेसम्म रेकर्ड गरिएको ‘धेरै ठूलो’ रहेको र कोइला, तेल र प्राकृतिक ग्यास जलाउँदा उत्पन्न हुने तापक्रम वृद्धिका कारण यसको सम्भावना दोब्बर भएको युरोपबाट द्रुत जलवायु एट्रिब्युस अध्ययन गर्ने वैज्ञानिकहरूको एक समूह वर्ल्ड एट्रिब्युसन अध्ययनले बुधबार बताएको छ । अध्ययनले जलवायु परिवर्तनले वर्षालाई सात प्रतिशतदेखि २० प्रतिशतसम्म तीव्र बनाएको बताएको छ ।

अध्ययनका प्रमुख लेखक तथा इम्पेरियल कलेज लन्डनका जलवायु शोधकर्ता जोयस किमुताईले भन्नुभयो, “फेरि पनि एक पटक यी बाढीहरूले जीवाश्म इन्धनसँग प्रेरित तापक्रम वृद्धिको विनाशकारी परिणामहरूलाई उजागर गरेका छन् ।”

मानव सिर्जित जलवायु परिवर्तनको प्रभाव परीक्षण गर्न वैज्ञानिकहरूको टोलीले मौसम तथ्याङ्कको विश्लेषण गरे र जलवायु मोडलहरूको प्रयोग गरेर चिसो पूर्वऔद्योगिक कालदेखि आजसम्म यस्ता घटना कसरी परिवर्तन भएका छन् भनेर तुलना गरेको थियो ।

यस्ता मोडलहरूले पूर्वऔद्योगिक कालदेखि हालको एक दशमलव तीन डिग्री सेल्सियको विश्वव्यापी तापक्रम वृद्धिबिनाको संसारको अनुकरण गर्छन र त्यस्तो संसारमा यति गम्भीर वर्षा हुने सम्भावना कति हुन्थ्यो भनेर हेर्छन् । अध्ययनले गम्भीर प्रभाव महसुस गरेका मुलुकहरूमा केन्द्रित रहेर चार दिनको वर्षाको घटनाको विश्लेषण गरेको थियो ।

“कुनै पनि जलवायुमा तपाईंले कहिलेकाहीँ रेकर्डहरू तोडिउन् भन्ने अपेक्षा गर्नुहुन्छ तर रेकर्डहरू यति ठूलो अन्तरले तोडिएको देख्नु भनेको त्यो वास्तवमै जलवायु परिवर्तनको छाप हो र यो केवल तातिरहेको संसारमा मात्र देखिने कुरा हो”, एट्रिब्युसन अध्ययन टोलीको समन्वय गर्ने इम्पेरियल कलेजका जलवायु वैज्ञानिक फ्रेडरिक ओटोले भन्नुभयो ।

बोरिस आँधीबाट उत्पन्न वर्षाको सबैभन्दा गम्भीर प्रभाव विशेषगरी नदी नजिकका सहरी क्षेत्रहरू भएका पोलिश–चेक सीमा क्षेत्र र अस्ट्रियामा महसुस गरिएको थियो । यस महिनाको बाढीबाट मृत्यु हुनेको सङ्ख्या सन् १९९७ र सन् २००२ मा यस क्षेत्रमा आएको विनाशकारी बाढीको तुलनामा धेरै कम थियो । यद्यपि धेरै मामिलामा पूर्वाधार र आपत्कालीन व्यवस्थापन प्रणालीहरू जलमग्न भएकाले यसलाई ठिक गर्न अर्बौं युरो लाग्नेछ ।

गत साता युरोपेली सङ्घ (इयु) का प्रमुख उर्सुला भोन डेर लेयेनले बाढीबाट पूर्वाधार र आवासीय क्षेत्रमा क्षति भोगेका मुलुकहरूलाई अर्बौं युरो सहायता प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वर्ल्ड वेदर एट्रिब्युसन अध्ययनले अझै बढी तापक्रम भएको संसारमा विशेषगरी पूर्व–औद्योगिक कालदेखि दुई डिग्री सेल्सियसको तापक्रम वृद्धि भएमा हालको स्तरको तुलनामा भयानक चार दिने आँधीको सम्भावना ५० प्रतिशतले बढ्ने चेतावनी दिएको छ । लेखकहरूले यस्ता आँधीहरूको तीव्रता पनि बढ्ने पत्ता लगाएका छन् ।

मध्य युरोपभर भारी वर्षालाई ‘भिबी डिप्रेसन’ को नामले जानिन्छ । यो उत्तरबाट चिसो ध्रुवीय हावा आल्प्स पर्वत माथिबाट बग्दा र दक्षिण युरोपबाट आउने तातो हावासँग भेट्दा बन्दछ । अध्ययनका लेखकहरूले सन् १९५० को दशकदेखि यस्तै भिबी डिप्रेसनहरूको सङ्ख्यामा देख्न सकिने कुनै परिवर्तन फेला पारेनन् ।

विशेषगरी चरम मौसमी घटना पछाडि जलवायु परिवर्तन थियो वा थिएन भनी निर्धारण गर्न धेरै समय लाग्ने कुराप्रतिको निराशाका कारण सन् २०१५ मा वर्ल्ड वेदर एट्रिब्युसन समूह सुरु भएको थियो ।

बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.

  • ५.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ६.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ७.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ८.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.