• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण


फुङ्लिङ (ताप्लेजुङ) ७ असोजः आज यहाँको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट व्यक्तित्वहरूको ज्यान गएको थियो ।

संरक्षणविद्, भूगोलविद्, योजनाविद्, सरकारी अधिकारी, र वन्यजन्तु विशेषज्ञहरू यस दुर्घटनामा परेका थिए । उहाँहरूको योगदानको स्मरण गर्दै, असोज ७ लाई सरकारले राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । घुन्सा हेलिकप्टर दुर्घटना वातावरणीय संरक्षणको मुद्दामा एक महत्वपूर्ण मोड बनेको छ ।

वि.सं. २०६३ असोज ७ गते विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने समारोहमा सहभागी हुन विशिष्ट व्यक्तित्वहरूको टोली घुन्सा पुग्नुभएको थियो । यो परियोजना हिमालय क्षेत्रको जैविक विविधताको संरक्षणमा एक महत्वपूर्ण कदम थियो । कञ्चनजङ्घा देशकै एक प्रमुख संरक्षण क्षेत्र हो । जहाँ दुर्लभ वनस्पति, जनावर, र जैविक सम्पदाको संरक्षण हुँदै आएको छ ।

परियोजना हस्तान्तरण कार्यक्रमपछि सहभागीहरू काठमाडौँ फर्किन हेलिकप्टर चढेका थिए । तर दुर्भाग्यवशः फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोलविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. चन्द्र गुरुङ, वन्यजन्तु संरक्षण विज्ञ डा. तीर्थमान मास्के, वनमन्त्रालयका सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, र अन्य विशिष्ट व्यक्तित्वहरूले ज्यान गुमाएका थिए ।

दुर्घटनाबारे छानबिन गर्न तत्कालीन सरकारले जनकेशरीराज पण्डितको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको प्रमुख कारण मौसम प्रतिकूलता देखाइएको थियो । घुन्सा क्षेत्र हिमालयको उचाइमा पर्छ । जहाँ मौसम आकस्मिक रूपमा परिवर्तन हुन सक्छ । अनुसन्धानले प्रतिकूल मौसमले हेलिकप्टरको उडानमा अवरोध पु¥याएको र त्यसैले दुर्घटना निम्त्याएको निष्कर्ष निकालेको थियो ।

छानबिन समितिले मौसमजन्य कारणलाई प्राथमिक कारण भने पनि यस घटनाले नेपालमा हवाई सुरक्षासम्बन्धी प्रश्न उठेका थिए । भौगोलिक बनावट र मौसमका कारण उच्च पहाडी क्षेत्रहरूमा हवाई सुरक्षाको चुनौतीबारे बहस भएका थिए । यस घटनाले नेपालमा उड्डयन सुरक्षाका मापदण्डहरू सुधार गर्न र उच्च हिमाली क्षेत्रहरूको उडानमा विशेष ध्यान दिनुपर्ने कुरालाई अगाडि ल्याएको थियो ।

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिहरू नेपालको संरक्षण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरू हुनुहुन्थ्यो । तीमध्ये प्रमुख व्यक्तित्वहरूमा डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, र गोपाल राई थिए ।

डा. हर्क गुरुङ भूगोलविद् मात्र नभएर नेपालको दिगो विकास, सामाजिक न्याय, र संरक्षण क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्व हुनुहन्थो । उहाँले नेपालको भौगोलिक र सामाजिक संरचनाको गहिरो अध्ययन गर्नुभएकोे थियो । उहाँले हिमालय क्षेत्रको जैविक विविधताको संरक्षणमा धेरै काम गर्नुभएको थियो । डा. चन्द्र गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (ब्ऋब्ए) को नेतृत्वगर्दै संरक्षणको नयाँ मोडेल प्रस्तुत गर्नुभएको थियो । यो परियोजनाले स्थानीय समुदायसँग मिलेर काम गर्ने र उहाँहरूलाई संरक्षणको जिम्मेवारी दिने अवधारणालाई अघि ल्यायो, जसले संरक्षण र दिगो विकासलाई सँगसँगै अगाडि बढाउने प्रयास गरेको थियो । गोपाल राई, जो तत्कालीन्  वन राज्यमन्त्री हुनुहुन्थो  । उहाँले नेपालको वन संरक्षण, जैविक विविधताको समृद्धि, र वातावरणीय व्यवस्थापनमा सरकारको भूमिका सुदृढ बनाउन महत्वपूर्ण काम गर्नुभएको थियो । उहाँ वन्यजन्तु संरक्षण र राष्ट्रिय निकुञ्जहरूको व्यवस्थापनमा नीति निर्माणमा संलग्न हुनुहन्थो ।

घुन्सा हेलिकप्टर दुर्घटनामा परेका महान् व्यक्तित्वहरूको योगदानको सम्मानमा सरकारले असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने निर्णय गरेको हो । यस दिवसले देशभर जनचेतना फैलाउने काम गर्दछ । नेपालको जैविक विविधता, वन्यजन्तु, र वातावरणीय संरक्षणको मुद्दालाई प्राथमिकता दिने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

यहाँ घुन्सा दुर्घटनामा निधन भएका व्यक्तित्वहरूको स्मृतिमा विशेष कार्यक्रम गरिँदै आएको छ । भिन्तुना डाँडास्थित स्मारकमा सरसफाइ अभियान र श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । स्थानीय विद्यालय र समुदायहरूले वातावरणीय संरक्षणको महत्वबारे छलफल गर्दै जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने गरेका छन् ।

सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो
चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक
२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.