काठमाडौं, असोज ७- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध अभियान चलाएकैले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सत्ताबाट हटाएको गुनासो गरेका छन् ।
संविधान निगरानी समूह र आईएसएआरको संयुक्त आयोजना सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन: अपेक्षा र वास्तविकता’, विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘मैले देशलाई शान्तितिर लैजाने निर्णय नलिएको भए ठूलो संकट आउँथ्यो । अहिलेको संविधान माओवादीको त्याग र बलिदानबाट आएको हो । यो नेपाली जनताकै संविधान हो’, उनले भने, ‘जसले संविधान, गणतन्त्र र संघीयताका लागि लड्यो, उसैलाई आज पनि अपमान गर्न खोज्छन् । प्रचण्डको अपमान गर्न खोज्छन् । ’
उनले अझै पनि यो संविधान राम्रोसँग कार्यान्वयन हुन नसकेको बताए ।