• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

बिस बर्षभन्दा मुनिका महिलाको गर्भपतनमा चितवन अग्रस्थानमा

चितवन, असोज ५ । असुरक्षित गर्भपतनका कारण महिलामा बाँझोपनाको समस्या बढ्दो क्रममा रहेको सरोकारवालाहरुले बताएका छन् । एउटै महिलाले ६ पटक भन्दा बढी सुरक्षित वा असुरक्षित गर्भपतन गराउँदा उसमा बाँझोपनाको समस्या बढ्ने र भविश्यमा आइभिएफ सेवा सम्म पुग्नुपर्ने अवस्थाको सृजना भएको अधिकारीहरुले बताएका छन् ।

समाज, आफन्त र परिवारको डरका कारण लुकिछिपि गर्भपतन गराउँदा मान्यता प्राप्त औषधिको प्रयोग, सुचिकृत स्वास्थ्य सस्थाको अवस्था र दक्ष जनशक्तिको बारेमा कुनै ज्ञान नराख्दा समस्या बढेको विज्ञहरुको भनाई छ ।

बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले असुरक्षित गर्भपतन गराउँदा मानवीय क्षति भइरहेको भन्दै दुख व्यक्त गरे । मेरि स्टोप्स नेपालको सहयोग र स्वास्थ्य लाइभ मिडियाको आयोजनामा भरतपुरको चितवनमा आयोजना गरेको “मिडिया सचेतना ः सुरक्षित गर्भपतनको लागि जवाफदेहिता” विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री मगरले असुरक्षित गर्भपतन रोक्नका लागि बागमती प्रदेश सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए । उनले सुरक्षित गर्भपतन गराउन र सुचिकृत स्वास्थ्य सस्थामा मात्रै जान विशेष जोड दिए ।

मन्त्री थापा मगरले सुरक्षित गर्भपतनका लागि प्रदेश सरकारले जिल्ला जिल्लामा जनचेतना फैलाउने पनि बताए । उनले प्रदेश सरकारले आवश्यक कानुन र जनस्तरमा सुसूचित गर्नका लागि भूमिका खेल्ने बताए । असुरक्षित गर्भपतन रोक्न अस्थायी साधन प्रयोग गर्ने विषयमा पनि ध्यान दिनुपर्नेमा मन्त्री थापाको जोड छ । मन्त्री थापा मगरका अनुसार मातृ मृत्युदर घटाउन पनि प्रदेश सरकारले काम गरिरहेको छ ।
यता भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले सुरक्षित गर्भपतनमा जोड दिँदै त्यसमा लागि मिडियाले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । अधिकारीले असुरक्षित गर्भपतनलाई रोक्न र सुरक्षित गर्भपतनमा ध्यान दिन महानगरपालिकाले विशेष सचेतना फैलाउने बताए । चितवन काठमाडौं पछिको दोस्रो मेडिकल सिटी भएकाले यस विषयमा पनि स्थानीय सरकार गम्भिर भएर लागेको बताए । महानगर भित्र १५ शय्याभन्दा बढीका २१ वटा अस्पताल रहेका छन् । अधिकारीले असुरक्षित गर्भपतन बढ्दो क्रममा रहेपनि सरकारले यसको अनुगमन गर्न नसकेको स्वीकार गरे । औषधिको दुरुपयोग, फार्मेसी कतिपय अस्पतालहरुनै पैसाका लागि जुनै पनि सेवा दिन तयार हुदा समस्या बढेको उनको बुझाइ छ । उप प्रमुख अधिकारीले यी र यस्ता विषयमा आगामी दिनमा सरकार गम्भिर भएर लाग्ने प्रतिवद्धता जनाए ।
विश्वमा लगभग बार्षिक २ करोड ५० लाख महिलाले असुरक्षित गर्भपतन गराउने गरेका छन् । यसमा अधिकांश बिकासोन्मुख देशमा हुने गर्दछन् । हरेक वर्ष करीव ४४ हजार महिलाहरुको असुरक्षित गर्भपतनका कारण मृत्यु हुने गरेको छ ।
नेपाालमा प्रत्येक बर्ष करिब ८ लाख महिला गर्भवती हुने गर्दछन् । हरेक बर्ष करिव ९० हजार महिलाले सुरक्षित गर्भपतन सेवा लिने गरेको सरकारी तथ्यांक रहेको छ । बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक तिवारीका अनुसार १५ देखि ४९ वर्ष उमेरका  महिलाहरु मध्ये ९ प्रतिशतको गर्भ खेर जाने  तथा १० प्रतिशतले गर्भपतन गर्ने गरेको देखिन्छ ।
तथ्यांक अनुसार केवल ४१ प्रतिशत प्रजनन् उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान छ । त्यस्तै ४८ प्रतिशत महिलालाई सुरक्षित गर्भपतन सेवा कहां उपलब्ध हुन्छ भन्ने सम्म जानकारी छैन । तिवारी भन्छन् कानुनी मान्यताको ज्ञान नपढेका र आर्थिक अवस्था कमजोर भएका महिलाहरुमा ज्यादै कमी छ । उनी भन्छन् नेपालमा कुल मातृ मृत्यु मध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ ।
२०७९, ०८० मा सुरक्षित गर्भपतन सेवा लिएका मध्ये २० वर्ष मुनिका महिलाको प्रतिशत बाग्मतीमा धेरै रहेको छ । जहाँ २० वर्ष भन्दा कम उमेरका ७ दशमलब १ प्रतिशत महिलाले गर्भपतन सेवा लिएका छन् ।
भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुनिलमणि पोखरेलले ६ देखि ७ पटक सम्म गर्भपतन गराउँन महिलाहरु आउँने गरेको बताए । यसले उनिहरुको स्वास्थ्यमा गंम्भिर समस्या ल्याई दिर्घकालीन रुपमा बाँझोपना निम्तने खतरा भएको बताए । डा पोखरेलले सुचिकृत स्वास्थ्य सस्था र दक्ष जनशक्ति भएको स्थानमा मात्रै सेवा लिन आग्रह गरेका छन् । धेरै पटक सुरक्षित वा असुरक्षित रुपमा गर्भपतन गराउँदा पाठेघरमा समस्या आउँने समेत उनले बताए ।
चितवनका स्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपखेतीले बिस बर्षभन्दा मुनि समेत सुरक्षित गर्भपतन गर्नेको संख्या प्रसश्त देखिएको बताए । अरू प्रदेशको तुलनामा मधेशमा कम संख्या देखिन्छ भने बागमतीमा सबैभन्दा बढी देखिएको छ ।

सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.