• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, पुष २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

लोकप्रिय समाचार

  • १. माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • २. आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै

दमौली (तनहुँ), ७ असोजः तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् ।

पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले जानकारी दिनुभयो । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ ।

पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवापुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको नेपालीको भनाइ छ ।

त्यस्तै भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने सीप सिकाएको छ । विद्यालयले ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रममार्फत प्रत्येक हप्ताको शुक्रबार सीपमूलक तालिम सञ्चालन गर्न थालेको हो । विद्यार्थीलाई पढाइसँगै सीपमा अब्बल बनाउने उद्देश्यसहित मकैको खोस्टाबाट चकटी निर्माण गर्न सिकाइएको विद्यालयका प्रधानाध्यापक चिजकुमार सुर्खालीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीको रुचिअनुसार कम्प्युटर मर्मत, चित्रकला, हाजिरीजवाफ, विद्युतीय वायरिङलगायत सीप सिकाउन थालिएको छ ।

विद्यालयका शिक्षिका मानकुमारी खवास, प्रतिमा खड्गी, रेखबहादुर थापाले विद्यार्थीलाई मकैको खोस्टाबाट चकटी बनाउन सिकाउनुभएको थियो । विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनले विद्यार्थीको सीप र क्षमता वृद्धिमा सहयोग पुग्ने भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालबालिकामा जीवनपयोगी सीपको व्यावहारिक अभ्यास सुरु गरेर केही विद्यालयले अनुकरणीय प्रयास गरेका छन्, यसलाई निरन्तरता दिनुपर्छ ।”

असहाय बालबालिकालाई पढाउँदै व्यास

व्यास नगरपालिकाले दुई टुहुरा विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । व्यास नगरपालिका–१३ छाब्दी निवासी दुई टुहुरा बालबालिकालाई अध्ययन, खानबस्नको सम्पूर्ण व्यवस्थापन गर्ने गरी नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो । बाबुआमा बितेपछि अरुको घरमा काम गर्न बसेका दुवै जनालाई आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष बसन्त आलेले अभिभावकत्व ग्रहण गर्दै नगरपालिकाले स्थापना गरेको व्यास नगर समता विद्यालयमा भर्ना गरिएको छ ।

कक्षा १ र ६ मा अध्ययनरत उनीहरु अब आवासीय विद्यालय नगर समता विद्यालयमा बसेर अध्ययन गर्नेछन् । विपन्न, असहाय, टुहुरा बालबालिकालाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले व्यास नगरपालिका–७ मा नगर समता विद्यालय स्थापना गरेको छ ।

उक्त विद्यालयमा हाल ५३ जना बालबालिका अध्ययन गर्छन् । नगरपालिकाले यस विद्यालयलाई देशकै नमूना विद्यालयका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको नगरप्रमुख न्यौपानेको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ अध्ययन गर्ने बालबालिकाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै बहन गर्दै आइरहेको छ ।” न्यौपानेका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खान, बस्नको व्यवस्थापन समेत यही गरिएको छ ।

बन्द अवस्थामा रहेको क्यामिनकोट प्राथमिक विद्यालयलाई गत वर्षदेखि समता विद्यालयको रुपमा सञ्चालन गरिएको छ । विद्यालयमा अति विपन्न, अभिभावकविहीन, शिक्षाको पहुँचमा नरहेका बालबालिकालाई अध्ययनको व्यवस्था मिलाइएको वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । विद्यालयमा हाल कक्षा ६ सम्म अध्यापन हुँदै आएको छ । निकट भविष्यमा कक्षा थप गरिने योजना बनाइएको छ ।

सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा
कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

लोकप्रिय

  • १.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • २.

  • ३.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ४.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ५.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ६.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ७.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

  • ८.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.