• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित


म्याग्दी, ६ असोजः ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ ।

उजाड खैरो र रातो रङका पहाडमा चित्रकारले कोरेर बनाएका जस्ता देखिने कलाकृति । प्राचीनकालीन मानव सभ्यताको झल्को दिने पहाडभित्र रहेका गुफाहरु । जता फर्किए पनि पृष्ठभूमिमा देखिने सेताम्मे हिमाल र नीलो आकाश । माटोका छाना भएका मौलिक घरहरुसँगै बस्ती वरिपरि देखिने हरियाली । पहाड छिचोलेर बगिरहेका कालीगण्डकी र सहायक नदीहरु । निलो रङका मनमोहक ताल ।

पाखामा रमाउँदै गरेका भेटिने नाउर, बनखरायोका बथान । चरन खर्कमा भेडाच्याङ्ग्रा, घोडा र याकका गोठ । लटरम्म पाकेर मगमग बास्न आउने स्याउ बगैँचा । बस्तीपिच्छे ऐतिहासिक दरबार र धार्मिक महत्वका गुम्बा तथा तिब्बती रहनसहन र जीवनशैली । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड ।

लोमान्थाङका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुरुङले बर्खायाम सकिन थालेसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको बताउनुभयो । “बर्खा सकिन र हिउँद सुरु हुन लागेको यो मौसम हावापानी र वातावरणका हिसाबले पनि मुस्ताङ घुम्न उपयुक्त समय हो”, उहाँले भन्नुभयो, “अन्य समयमाभन्दा असोज–कात्तिकमा यहाँ धेरै पर्यटकहरु आउने गर्छन् ।”

जर्मनका पाँच जना पर्यटक घुमाउँदै लोघेकर दामोदरकुण्ड गाउँपालिकाको लोघेकर गुम्बामा पुगेका पोखराका पथप्रदर्शक सञ्जय अधिकारीले पदयात्राका क्रममा भेटिएका नाउरका बथानले पाहुनाहरु खुसी भएका सुनाउनुभयो ।

सडक यातायातको सहजता, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रवर्द्धनात्मक गतिविधि, सामाजिक सञ्जालको प्रभाव, सुविधायुक्त होटल सञ्चालन, विश्व प्रसिद्ध पदयात्रासम्बन्धी सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा समेट्नु, विदेशी समुदायका प्रभावशाली व्यक्तिको भ्रमणले मुस्ताङ पर्यटकको रोजाइमा परेको हो ।

पर्यटक आगमन बढ्यो

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले गत आर्थिक वर्षमा एक लाख २१ हजार तीन सय ५२ पर्यटकले मुस्ताङ भ्रमण गरेका जानकारी दिनुभयो । उहाँका अनुसार सार्कराष्ट्रका ९८ हजार दुई सय ५३ र तेस्रो मुलुकका २३ हजार ९९ पर्यटक रहेका छन् ।

आव २०७९/८० मा ७१ हजार सात सय सात र आव २०७८/७९ मा ३८ हजार आठ सय ९६ पर्यटक मुस्ताङ घुम्न आएका एक्यापले जनाएको छ । चालु आवको साउन र भदौमा सात हजार पाँच सय ९९ पर्यटकले मुस्ताङ घुमेका छन् । गत आवको साउन र भदौमा मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या पाँच हजार एक सय ७५ थियो ।

अन्नपूर्ण चक्रीय पदमार्गको साहासिक गन्तव्य थोराङ्ला झञ्ज्याङ पार गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटकको सङ्ख्या पनि बढ्दो क्रममा रहेको रेग्मीले बताउनुभयो । समुन्द्री सतहबाट पाँच हजार चार सय १६ मिटर उचाइको थोराङ्ला झञ्ज्याङ पार गरेर मनाङ हुँदै मुस्ताङ जाने पदयात्रालाई साहासिक मान्ने गरिन्छ ।

आव २०७९/८० मा पाँच हजार छ सय ४८ पर्यटक उक्त पदयात्रामार्फत मुस्ताङ आएकामा गत आवमा उक्त सङ्ख्या बढेर १३ हजार पाँच सय सात पुगेको थियो । बेनी–जोमसोम सडक र पोखरा–जोमसोम हवाई मार्ग भएर मुस्ताङमा पर्यटक भित्रिन्छन् । मुस्ताङ आवतजावत गर्ने पर्यटकले सडक र हवाई मार्गबाहेक बेनी–जोमसोम, थोराङ्ला, धौलागिरि चक्रीय र डोल्पा पदमार्गको प्रयोग पनि गर्ने गरेका रेग्मीले उल्लेख गर्नुभयो ।

कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले १० दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार तोकिएको एक्यापका प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

बेनी–जोमसोम सडक प्रयोग गरी गत आवमा चार लाख २७ हजार पर्यटक यहाँ आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटकको विवरण राख्ने गरेको छ । चौकीका अनुसार तीन लाख १८ हजार आठ सय १४ स्वदेशी पर्यटक सडक मार्ग भएर मुस्ताङ घुम्न आएका थिए । आव २०७९/८० मा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या तीन लाख तीन हजार आठ सय थियो ।

पूर्वाधार थपिँदै

पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले नयाँ गन्तव्यको पहिचान तथा प्रवर्द्धन गर्नु, निजी क्षेत्रले होटल तथा लजको क्षमता विस्तार गर्नुलगायत कारणले पर्यटकको आगमन बढ्दै गएको बताउनुभयो ।

उहाँका अनुसार पर्यटकस्तरका सुविधायुक्त १६ होटल रहेको मुस्ताङमा चार सयको हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालित छन् । पौडेलले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो ।

उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायम राखिनु र पर्यटकले महँगो शुल्क तिर्नुपर्ने बाध्यता मुस्ताङको पर्यटन विकासमा चुनौती बनेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताउनुभयो । “अर्धनिषेधित क्षेत्र कायम राखिनु, झञ्झटिलो प्रक्रिया पूरा गरी महँगो शुल्क तिर्नुपर्ने भएपछि पर्यटक चाहेर पनि उपल्लो मुस्ताङ आउन नसक्दा व्यवसायीहरु पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङमा दैनिक एक हजार पाँच सय पर्यटक बस्नसक्ने होटलको क्षमता भए पनि वार्षिक तीन हजारको हाराहारीमा मात्रै पर्यटक आउँदा पर्यटन व्यवसायी समस्या छन् ।”

आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.