• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ४. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ५. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ६. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ७. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ८. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा


गण्डकी, ६ असोज: पानी धेरै पर्ने भएकाले पोखराले नेपालको चेरापूँजी भन्ने उपमा पाउने गरेको छ । क्षणभरमा पानी पर्ने र क्षणभरमा घाम लाग्ने पोखराको विशेषता भएकाले यसलाई नेपालको धेरै पानी पर्ने ठाउँका रुपमा चिनिन्छ । प्राकृतिक सोन्दर्यले भरिपूर्ण पोखरालाई कलाका क्षेत्रमा ‘पानी रङ्ग’को सहर पनि भनिन्छ ।

माछापुच्छ्रे हिमाल फेवातालमा पौडी खेल्ने यहाँको प्राकृतिक विशिष्टतालाई विभिन्न कलाकार तथा साहित्यकारले आफ्ना कला र साहित्यमा चित्रित गर्दै आएका छन् । कलाप्रेमीले यहाँको सौन्दर्यतालाई कलाका माध्यमबाट प्रस्तुत गर्दै विभिन्न समयमा प्रदर्शनीसमेत गर्दै आएका सिर्जनशील कलाकार समूह पोखराका अध्यक्ष डिबी गुरुङले बताउनुुभयो । समूहको सक्रियतामा कला लक्षित विभिन्न कार्यक्रमका साथै वर्षको एकपटक मनुसन कला प्रदर्शनी गर्दै आइएको उहाँले जानकारी दिनुुभयो ।

“समूहको सक्रियतामा बर्सेनी गर्दै आएको प्रदर्शनीअन्तर्गत यस वर्ष असोज ३ गतेदेखि ‘चाैँथो सामूहिक कला प्रदर्शनी २०८१’ पोखरा आर्ट ग्यालरीमा सञ्चालन भइरहेको छ”, गुरुङले उहाँले भन्नुुभयो, “यस प्रदर्शनीमा अग्रज तथा अनुज पुस्ताका ४७ कलाकारबाट सिर्जित ५५ कलाकृति प्रदर्शनमा राखिएका छन् ।” प्रदर्शनीमा पुगेका जो कोहीले भित्तामा टाँसिएका हरेक कलाकृतिलाई अभिरुचिपूर्वक अवलोकन गरिरहेका उहाँले बताउनुभयो ।

देशका विभिन्न स्थान र परिवेशलाई आफ्ना कलामा प्रस्तुत गरिएका कलाकृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । कलाका क्षेत्रमा लामो समयदेखि अनवरत लाग्नुभएका बुद्धि गुरुङ, लोकप्रसाद गुरुङ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थलगायत अनुज पुस्ताका युवा कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका उहाँले उल्लेख गर्नुभयो ।

प्रदर्शनीमा कलाकार गोपाल दराईले तयार पार्नुभएको ओखलढुङ्गाको कलाकृतिदेखि प्राज्ञ नगेन सिंहले तयार गर्नुभएको बैतडीस्थित पात्ताल भुवनेश्वर गुफालगायत कलाकृतिले विभिन्न स्थान र परिवेशलाई जीवन्त प्रस्तुत गरेको देखिन्छ । नेपालको गहिरो गुफाका रुपमा पात्ताल भुवनेश्वर परिचित छ । त्यस्तै वरिष्ठ कलाकार बुद्धि गुरुङको पशुपतिनाथ, सौगात गुरुङको फेवाताललगायत कला प्रदर्शनीका आकर्षण बनेका छन् ।

ग्यालरी छिरिसकेपछि कलाकार जित गुरुङले तयार गर्नुभएको गुरुङ पैडी (ज्योतिषि) को मूर्तिले जो कोहीको मन छुने गरेको छ । गुरुङ समुदायका मानिसले आफ्नो जन्म, मृत्यु, विवाहलगायत संस्कार, शुभ–अशुभ कार्यमा पैडीबाट सेवा लिने विषयलाई उक्त मूर्तिकलामार्फत जानकारी दिन खोजिएको छ ।

हालै उक्त मूर्ति तयार गरेको जानकारी दिँदै कलाकार गुरुङले आफूले यस्ता विभिन्न कलाकृति तयार गरिरहेको बताउनुभयो । प्रदर्शनीमा डिबी गुरुङले पानी रङ्गमा तयार गर्नुभएको कास्कीका पर्यटकीय गुरुङ गाउँहरू घान्द्रुक, ताङ्तिङका कला राखिएका छन् । हिमाली तथा लेकाली जीवनलाई ती कलाकृतिले जीवन्त चित्रण गरिरहेका छन् ।

त्यस्तै दुर्गा केसीको पदयात्रा, सङ्गीता घिमिरेको बुद्धलगायत कला प्रदर्शनीमा सजाइएका छन् । अमृत परियारले तयार गर्नुभएको माछापुच्छ्रे हिमालसँगै रहेको चौरी, लोकप्रसाद गुरुङको रोपाइँ, वामन चालिसको क्यारिकेचरले समाजका विविधतालाई प्रस्तुत गर्न खोजेको देखिन्छ ।

प्रदर्शनी सुरु भएयता अवलोकन गर्न आउने दर्शकको सङ्ख्या दिनप्रतिुदिन बढ्दै गएको युवा कलाकार स्मृति गुरुङले बताउनुुभयो । पछिल्ला समयमा कलाकारप्रति धेरै युवाको आकर्षण बढ्दो रहेको पाइएको भन्दै उहाँले कक्षा १२ को परीक्षा दिएर कला सिकिरहेको जानकारी दिनुुभयो ।

पछिल्ला समयमा पठन संस्कृति हराउँदै गएजस्तै कलाप्रतिको आकर्षण पनि घट्दै गएको समूहका अध्यक्ष गुरुङले कलाप्रति युवाको आकर्षण बढाउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताउनुुभयो । “कला सिर्जनाप्रति पछिल्लो समयमा आकर्षण घट्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “यसतर्फको आकर्षण बढाउँदै सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने उद्देश्यले प्रर्दशनी आयोजना गरेका छौँ । यसबाट युवामा सकारात्मक प्रभाव रहेको अपेक्षा गरेका छौँ ।”

कला क्षेत्रको विकासका लागि करिब दुई दशकदेखि सिर्जनशील कलाकार समूहमा आवद्ध भई विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हाल समूहमा ५० जना कलाकर्मी आवद्ध छन् । यही असोज ३ गतेदेखि सुरु भएको प्रदर्शनी असोज ९ गतेसम्म सञ्चालन हुनेछ ।

आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ४.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ५.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ६.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.