• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असार २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

रास्वपाको प्रथम महाधिवेशन आगामी वैशाखमा हुने

काठमाडौं, असोज ३-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आगामी वैशाख २६, २७ र २८ गते हुने भएको छ । उक्त पार्टीको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेलाले महाधिवेशनको मिति तय गरेको हो । भेलाले पार्टी सभापति लामिछानेको राजनीतिक प्रतिवेदन र कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीको साङ्गठनिक प्रतिवेदनसँगै विधान संशोधन प्रस्ताव पनि पास गरेको छ ।

सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा गैरदलीय राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव पेस गरे । लामिछानेले प्रतिवेदन पेस गरेलगत्तै भेला समापन भएको घोषणा गरेपछि सहभागीले सो प्रतिवेदनमाथि टिप्पणी तथा सुझाव भने दिन पाएनन् ।

भेलाले सात प्रदेश संयोजकले पेस गरेको राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग प्रतिवेदन पनि पास गरेको छ । बुर्लाकोटीले पेस गरेको साङ्गठनिक प्रतिवेदनमा पार्टी सदस्यता एक लाख ४० हजार पुगेको उल्लेख गरिएको छ ।

जस अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४१ हजार ३३४ तथा सबैभन्दा कम कर्णालीमा पाँच हजार ३८६ सदस्य पु¥याएको रास्वपाले दाबी गरेको छ । यसै गरी कोशी प्रदेशमा २२ हजार ८५६, मधेश प्रदेशमा ११ हजार ४३३, गण्डकी प्रदेशमा १९ हजार २०३, लुम्बिनी प्रदेशमा २३ हजार ३०३ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ६७७ सदस्यता पुर्‍याएको रास्वपाले जनाएको छ ।

भेलामा सहभागी अधिकांश प्रतिनिधिले पार्टी नेतृत्व सत्ताकेन्द्रित गतिविधिमा मात्र केन्द्रित हुँदा सङ्गठन कमजोर बनेको, पार्टीको सदस्यता वितरण, लेभी सङ्कलन, केन्द्रीय सदस्य मनोनीत, विभाग गठन र जिम्मेवारी बाडफाँडमा पार्टी नेतृत्व र आसपासका व्यक्ति मात्र हाबी हुने गलत प्रवृत्ति बढ्दै गएकोमा खबरदारी गरे ।

रास्वपा बझाङ संयोजक सत्यराज उपाध्यायले क्षमताभन्दा चाकडी रुचाउने नेतृत्व हाबी हुँदै गएको, राजनीतिक एजेन्डाभन्दा नेताको प्रभाव निर्णायक हुने गरेकोमा नेतृत्वलाई सचेत गराए ।

बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.