×
शनिबार, जेठ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ४. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ८. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

स्थानीय तहमा आधारभूत अस्पताल : कतै भवन बन्यो, कतै सुरु नै भएन


खोटाङ, ३१ भदौ : नेपाल सरकारको नीतिअनुसार चार वर्षअघि जिल्लाका दशमध्ये छ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्नेगरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा एकैसाथ आधारभूत अस्पताल निर्माणको काम थालिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखक गाउँपालिकामा १५/१५ शय्या तथा रावाबेँसी गाउँपालिकामा १० र साकेला गाउँपालिकामा पाँच शय्याको अस्पताल शिलान्यास गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्धारण गरेको कार्यक्रमअनुसार विसं २०७७ मङ्सिर–१५ गते जिल्लाका चार स्थानीय तहमा एकैदिन अस्पताल शिलान्यास गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखक गाउँपालिकामा मङ्सिर–१५ गते तथा केपिलासगढीमा मङ्सिर–२३ गते शिलान्यास गरिएको थियो । साकेला गाउँपालिकामा निर्माण गरिने अस्पतालविना शिलान्यास काम सुरु गरिएको थियो । साकेला गाउँपालिकामा सञ्चालित कुनै पनि योजना औपचारिक शिलान्यास तथा उद्घाटन नगर्ने तत्कालीन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ को अठोटअनुसार बिना शिलान्यास काम सुरु गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोटिब्यूरो सदस्य विशाल भट्टराईले प्रतिनिधिसभा सदस्य एवं प्रमुख सचेतक रहनुभएको समयमा हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकामा शिलान्यास गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ ले तत्कालीन १ नं प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री भएको समयमा जन्तेढुङ्गा गाउँपालिका तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य राजन राईले तत्कालीन १ नं प्रदेश सरकारको सामाजिक विकासमन्त्री भएको समयमा ऐसेलुखर्क गाउँपालिकामा शिलान्यास गर्नुभएको हो ।

सबै स्थानीय तहमा शिलान्यास गरिएको कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख तथा उपप्रमुखका साथै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला तथा केन्द्रीयस्तरका नेताको उपस्थिति रहेको थियो । आफूले शिलान्यास गरेको अस्पताल भवन निर्माणका योजनाको काम अगाडि बढ्यो या बढेन अहिलेसम्म प्रमुख अतिथि भएर शिलान्यास गर्ने नेताहरूलाई जानकारी छैन ।

ऐसेलुखर्कमा निर्माणाधीन १५ शय्याको अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले रु १८ करोड बजेट उपलब्ध गराए पनि रु २० करोडको डिपीआर तयार भएको गाउँपालिकाले जनाएको छ । ऐसेलुखर्क बजारमा निर्माणाधीन अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकामा निर्माण गरिने अस्पतालका लागि विसं २०७७ असारमा ठेक्का आह्वान गरिए भदौ–२९ गतेमात्र ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । नगरपालिकाले रु २३ करोडमा ठेक्का आह्वान गरे ठेकेदार कम्पनी नमूना हिमालयन जेभी विराटनगरले भ्याटसहित रु १३ करोड ५५ लाख नौ हजार एक सय ८० मा सम्झौता गरेर निर्माणको काम सुरु गरेको थियो ।

अस्पताल भवन निर्माण सुरु गरेको योजनाको रु चार करोड ११ लाख २८ हजार ५८ भुक्तानी भएपछि ठेकेदार कम्पनीले अलपत्र पारेको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । भूगोलका कारण डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएको तर, उक्त डिजाइन मन्त्रालयले स्वीकृति गर्न ढिलाइ गरेकाले अस्पताल भवन अलपत्र परेको ठेकेदार कम्पनीले जनाएको छ ।

केपिलासगढी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल विवस कन्ट्रक्शन एण्ड सप्लायर्स प्रालिले ठेक्का पारेको छ । रु १८ करोड २५ लाखमा ठेक्का आव्हान गरिएको १५ शय्याको अस्पतालको लागि गाउँपालिकाले रु १२ लाख ५० हजारमा ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको हो ।

निर्माणाधीन अस्पताल भवनको काम ७० प्रतिशत सम्पन्न भएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो । “निर्माणाधीन अस्पताल भवनमा स्ट्रक्चरको काम सम्पन्न भएको छ । अहिले वर्षात्को समय भएकाले काम रोकिएको छ”, उहाँले भन्नुभयो, “अस्पताल भवनका लागि ठेकेदार कम्पनीसँग गरिएको सम्झौता आगामी असोजसम्म छ । त्यो समयभित्र सकिने अवस्था छैन । पुनः म्याद थप गर्ने तयारी भइरहेको छ ।”

कूल रु १८ करोड छ लाख ८२ हजारको सीमाभित्र रहेर आगामी दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने जन्तेढुङ्गा गाउँपालिका–२ चिसापानीमा निर्माण शुरु गरिएको १५ शय्याको अस्पतालको ठेक्का ड्रागन–रियर जेभीले लिएको छ । तर, सो निर्माण कम्पनीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएर काम सुरु गरेको भए पनि अपेक्षाकृत प्रगति नभएको गाउँपालिकाले जनाएको छ ।

महादेव–खिम्ती–अञ्जना–रुजन जेभीले निर्माणको जिम्मा लिएको रावाबेँसी गाउँपालिकामा निर्माण हुने दश शय्याको अस्पताल अहिले घडेरी सम्याउने काममात्र पूरा भएको पाइएको छ । भ्याडबाहेक रु छ करोड ७० लाख लागतमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको अस्पताल भवनको काम अहिलेसम्म अलपत्र अवस्थामा छ ।

उता साकेला गाउँपालिका–२ रतन्छामा भ्याटसहित रु छ करोड ७६ लाख ७६ हजार ४५५ मा पाँच शय्याको अस्पताल भवन निर्माणको भने, गत वैशाखमै सम्पन्न भएको छ । खानी निर्माण सेवा बानेश्वर काठमाडौँले निर्माणको जिम्मा लिएको अस्पतालको भवन निर्माणको काम तोकिएको मितिभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गरेर भुक्तानीसमेत लिइसकिएको ठेकेदार कम्पनीका प्रतिनिधि दिलचक्र राईले जानकारी दिनुभयो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वर्ष दिनपछि थप तीन स्थानीय तहमा अस्पताल निर्माणको योजना स्वीकृत भएको थियो । हरेक स्थानीय तहमा कम्तिमा पाँच शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीतिअनुसार बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा विसं २०७८ सालमा योजना परेको हो ।

तीन वर्षअघि योजना स्वीकृत भएका तीनवटै स्थानीय तहको काम अलिसम्म अगाडि बढेको छैन । तीनवटै स्थानीयमा निर्माण गर्ने भनिएको अस्पतालका लागि जग्गा व्यवस्थापन गरेर घडेरी सम्याउने बाहेक अन्य काम भएको छैन ।

अस्पताल भवन निर्माणका लागि मन्त्रालयले स्वीकृति दिए पनि बजेटको व्यवस्था नगर्दा निर्माणको काम अगाडि बढाउन नसकिएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो । “गाउँपालिकाको बजेटले अस्पताल भवन निर्माण गर्न सकिने अवस्था छैन । जग्गाको व्यवस्था गरेर डिपिआर निर्माण लगायतका सम्पूर्ण काम सम्पन्न गरेर मन्त्रालयमा बुझाएका छौँ”, उहाँले भन्नुभयो, “योजना स्वीकृत भएको तीन वर्ष बित्यो । मन्त्रालयले बजेट उपलब्ध नगराउँदा समस्या सिर्जना भएको छ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यसअघि नै १५ शय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा थियो । विसं २०४९ वैशाख–१ गते १५ शय्यामा स्थापना गरेर सञ्चालन गरिएको जिल्ला अस्पताललाई अहिले ५० शय्यामा स्तरोन्नति गर्ने काम भइरहेको छ ।

सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

लोकप्रिय

  • १.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ४.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.