• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

वातावरण सुन्तुलित राख्न ऊर्जा प्रभावकारी घर

जानकी (बाँके), ३१ भदौः बर्दियाका राजेन्द्र थारुको टाउकोमा ‘सेफ्टी हेल्मेट’ र हातमा इन्सुलेटरसँगै केही इँटा छ । उहाँ ऊर्जा प्रभावकारी घर बनाउनमा व्यस्त हुनुहुन्छ । हाल उहाँ नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकाँदोका कृष्ण अधिकारीको घर बनाउने काममा खटिरहनुभएको छ ।

विगत १३ वर्ष देखि डकर्मीको काम गर्दै आउनुभएका राजेन्द्रलाई ऊर्जा प्रभावकारी घरबारे यसअघि केही थाहा थिएन । “धेरै वर्षदेखि घर बनाउने काम गर्दै आईरहेको छु, तर यो ऊर्जा प्रभावकारी घरको विषयमा मलाई थाहा थिएन”, उहाँले भन्नुभयो, “नेपालगञ्जमा ऊर्जा प्रभावकारी घर बनाउन तालिम खुलेको थाहा पाएपछि म सिक्न आएको हुँ ।”

उमेरले ३० वर्षका राजेन्द्रलाई शुरुमा ‘ऊर्जा प्रभाकारी घर’ सुन्दा अनौठो लागे पनि तालिममा सहभागी भएपछि यस्तो घर बनाउन सजिलै सक्छु भन्ने लागेको छ । “शुरुमा त कस्तो हुन्छ जस्तो लागेको थियो तर सिक्दै जाँदा यस्तो घर बनाउन खासै गाह्रो नहुने रहेछ”, उहाँले भन्नुभयो, “मलाई त हामीले बनाइरहेको घरभन्दा ऊर्जा प्रभावकारी घर बनाउन सजिलो लाग्यो । अब सबैले यस्तै घर बनाउन आवश्यक छ ।”

राजेन्द्रसँगै बर्दिया गुलरिया नगरपालिका–८ आशापुरका भगोलिया लोधले पनि तालिम लिइरहुन भएको छ । २२ वर्षको उमेरदेखि घर बनाउँदै आउनुभएका भगोलियासँग २५ वर्ष घर बनाउने काम गरेको अनुभव छ । तर, उहाँको २५ वर्षे अनुभवमा ‘ऊर्जा प्रभावकारी घर’ बनाउने अनुभव नयाँ हो ।

“ऊर्जा दक्ष घरको विषयमा अहिले नेपाल सरकारले ल्याएको नीति ढिला भएको छ”, उहाँ भन्नुहुन्छ, “हुन त पछि आउने हाम्रो सन्तानहरुको लागि यो लाभदायक होला तर यो नीति पहिला ल्याइदिएको भए हामी यसको लाभ लिन पाउथ्यौँ ।”
बढ्दो अव्यवस्थित शहरीकरणसँगै वातावरणीय उर्जाको खपत न्यूनीकरण गर्ने उद्देश्यले यस्ता घर निर्माण शुरु गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकाँदोमा उक्त ऊर्जा प्रभावकारी घर निमार्ण शुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

वातावरणमा आएको परिवर्तनका कारण बढ्दो तापक्रम नियन्त्रण गरी उर्जाको खपतमा न्यूनीकरण हुने हुँदा आगामी दिनमा नगरपालिका भित्र ऊर्जा प्रभाकारी घर निमार्ण गर्न नगरवासीहरुलाई नगर प्रमुख विष्टले आग्रह गर्नुभयो ।
“नेपालगञ्जमा कृष्ण अधिकारी ज्यूले ऊर्जा प्रभावकारी घर निमार्ण गर्दै हुनुहुन्छ । यहाँको मौसमका लागि यस्ता घर निमार्ण अत्यन्तै आवश्यक छ”, नगर प्रमुख विष्टले भन्नुभयो, “उहाँले मात्र हैन अब अरुले पनि नयाँ घर बनाउँदा यस्तै घर निमार्ण गर्न आग्रह गर्दछु । यसका लागि नगरपालिकाले केही प्रतिशत छुटको व्यवस्था गर्नेछ ।”

उहाँले नेपालगञ्ज ‘हिटवेभ’ र शितलहरको प्रकोपले प्रताडित शहर भएकाले यस्तो प्रविधिको प्रयोग गरी घर निर्माण गर्दा नक्सापास वा अन्य सुविधा उपलब्ध गराउने गरी भवन आचारसंहिता निर्माण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

अव्यवस्थित शहरीकरणका कारण वातावरणमा परेको प्रभावलाई कम गर्दै प्रकृतिक रुपमा वातावरण सन्तुलन गर्न ऊर्जा प्रभावकारी घर निर्माण थालिएको घर धनी कृष्ण अधिकारी बताउनुहुन्छ । गर्मीमा अत्यधिक तातो र हिउँदमा अत्यधिक जाडो हुने भएकोले दुवै अवस्थामा वातारण सन्तुलन राख्ने ‘डिजाइन’ तयार पारेर घर निर्माण सुरु गरिएको ‘विल्डिङ्ग इनर्जी ईफिसियन्सी ईन नेपाल’का ‘विल्डिङ्ग मेटेरियल एक्सपर्ट इन्जिनियर’ सानुबाबु डंगोलले जानकारी दिनुभयो ।

उक्त संस्थाका परियोजना इन्जिनियर अभिशेष कर्णका अनुसार युरोपियन युनियनको अर्थिक सहयोगमा नेपालको बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका ६० पालिकामा उर्जा प्रभावकारी घर निर्माण परियोजना लागु हुने छ ।

घर निर्माण गर्दा बाहिरको तातो भित्र नजाने र भित्रको तापमान यथास्थितिमै रहेन गरी घर निर्माण गरिने भएकाले पहिलो चरणमा बाँके र बर्दियामा घर बनाउने डकर्मीलाई तालिम दिईएको उहाँले बताउनुभयो । यसका लागि तयार पारिएको डिजाईन तथा प्रविधि प्रयोग गरेर घर निर्माण गर्दा तातो चिसो बनाउन लाग्ने उर्जाको खपत हुने र घर पनि प्राकृतिक रुपमै वातावरणमैत्री हुने दाबी गरिएको छ ।

सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.