• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

वनक्षेत्रमा विस्तारित सडकले वन्यजन्तुको बासस्थान साँघुरिदै


राँझा (बाँके), ३० भदौः बाँके र बर्दिया जिल्लाको वनक्षेत्रमा निर्माण गरिएका सडक संरचना वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुको बासस्थान साँघुरिदै गएको छ ।

वनक्षेत्रमा बनाइएका सडक संरचनाले मानवलाई आवागमनमा सहजता भएपनि वन्यजन्तुको बासस्थान खुम्चिँदै जानुका वन्यजन्तुलाई प्राकृतिक रुपले गर्दै आएको आवागमनमा अवरोध सिर्जना हुँदै गएको हो । वन्यजन्तु ओहोरदोहोर गर्ने वनक्षेत्रमा बनेका पक्की सडकमा सवारीसाधन हुइँकिन थालेपछि वन्यजन्तु मानवबस्तीतिर पस्न थालेको विज्ञहरुको भनाइ छ ।

बाँकेमा वन्यजन्तु ओहोरदोहोर गर्ने कम्दी करिडोरलाई छिचोल्दै अहिले राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर जङ्गलमा पक्की हुलाकी सडक निर्माण गरिएको छ । पक्की सडक बनेसँगै स्थानीयको दैनिकी सकज भए पनि वन्यजन्तुको आवागमनमा अवरोध सिर्जना भएको शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुशील सुवेदीले बताउनुभयो ।

वनक्षेत्रमा हुलाकी सडक निर्माण गरिँदा वन्यजन्तु सहज रुपमा ओहोरदोहोर गर्नसक्नेगरी ठाउँठाउँमा सडकभन्दा तल ‘अण्डरग्राउण्ड’ सडकभन्दा माथि ‘ओभर फ्लाई’को व्यवस्थागरी वन्यजन्तुमैत्री बनाइनु पर्ने भन्दै त्यसो हुन नसक्दा वन्यजन्तुको प्राकृतिक आवागमनमा अवरोध सिर्जना भएको सुवेदीले उल्लेख गर्नुभयो ।

बाघ, हात्तीलगायत वन्यजन्तु नेपाल र भारतको जङ्गलमा ओहोरदोहोर गर्ने करिडोरमा वन्यजन्तुमैत्री सडक संरचना नभएपछि जङ्गली जनावर मानवबस्तीमा पसेर क्षति पु¥याउँदै आएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोज साहले दिगो विकासका लागि नेपालमा वन्यजन्तुमैत्री पूर्वाधार प्रवर्द्धन नहुँदा मानवलाई सहजता भएपनि वन तथा वन्यजन्तुलाई असहज हुँदै गएको बताउनुभयो । “वन्यजन्तु संरक्षणकर्मी विकास विरोधी होइनन्, सडकसहितका पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री हुनुपर्छ”, उहाँले भन्नुभयो, “जथाभावी सडक संरचना निर्माण गर्दा वन्यजन्तु निर्वाध रुपमा आवतजावत गर्न पाउँदैनन्, त्यसैले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको हो ।”

निकुञ्जका प्रमुख साहले वन्यजन्तु, वातावरण र जलवायु अनुकूलतालाई आत्मसात् नगरी गरिएको पूर्वाधार विकास दिगो नहुने भएकाले पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडकलगायत संरचना निर्माण गर्दा सडकको मुनिबाट र सडक माथिबाट वन्यजन्तु निर्वाध रुपमा आवतजावत गर्न सक्नेगरी वन्यजन्तुमैत्री संरचना निर्माण गर्न जरुरी भएकामा जोड दिनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा अशोककुमार रामले निकुञ्ज परिसरमा मात्रै नभएर प्रत्येक वनक्षेत्रमा बन्ने संरचनामा वन्यजन्तु सहज रुपमा आवतजावत गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । जथाभावी रुपमा पूर्वाधार निर्माणले सामाजिक, आर्थिक र वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसबारे समयमा नै सावधानी अपनाएर संरचना बनाउनसके मात्रै दिगो विकास हुने उहाँले उल्लेख गर्नुभयो ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले वनक्षेत्रमा अहिले विकासका नाममा निर्माण भएका सडकले वन्यजन्तु हायलकायल अवस्थामा पुगेको बताउनुभयो । विकासको नाममा एउटै गाउँ पुग्न पाँच वटासम्म बाटो बनाउने अहिलेको कार्यशैलीले मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको उहाँले दाबी गर्नुभयो ।

वन तथा वातावरण विद् डा रोशन शेरचनले विकासबाट मानव, वन्यजन्तु र प्रकृतिलाई पनि फाइदा पुग्नेगरी संरचना निर्माण गर्न सकेमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै जाने बताउनुभयो ।

आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.