• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ७. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ८. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ९. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

वनक्षेत्रमा विस्तारित सडकले वन्यजन्तुको बासस्थान साँघुरिदै

राँझा (बाँके), ३० भदौः बाँके र बर्दिया जिल्लाको वनक्षेत्रमा निर्माण गरिएका सडक संरचना वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुको बासस्थान साँघुरिदै गएको छ ।

वनक्षेत्रमा बनाइएका सडक संरचनाले मानवलाई आवागमनमा सहजता भएपनि वन्यजन्तुको बासस्थान खुम्चिँदै जानुका वन्यजन्तुलाई प्राकृतिक रुपले गर्दै आएको आवागमनमा अवरोध सिर्जना हुँदै गएको हो । वन्यजन्तु ओहोरदोहोर गर्ने वनक्षेत्रमा बनेका पक्की सडकमा सवारीसाधन हुइँकिन थालेपछि वन्यजन्तु मानवबस्तीतिर पस्न थालेको विज्ञहरुको भनाइ छ ।

बाँकेमा वन्यजन्तु ओहोरदोहोर गर्ने कम्दी करिडोरलाई छिचोल्दै अहिले राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर जङ्गलमा पक्की हुलाकी सडक निर्माण गरिएको छ । पक्की सडक बनेसँगै स्थानीयको दैनिकी सकज भए पनि वन्यजन्तुको आवागमनमा अवरोध सिर्जना भएको शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुशील सुवेदीले बताउनुभयो ।

वनक्षेत्रमा हुलाकी सडक निर्माण गरिँदा वन्यजन्तु सहज रुपमा ओहोरदोहोर गर्नसक्नेगरी ठाउँठाउँमा सडकभन्दा तल ‘अण्डरग्राउण्ड’ सडकभन्दा माथि ‘ओभर फ्लाई’को व्यवस्थागरी वन्यजन्तुमैत्री बनाइनु पर्ने भन्दै त्यसो हुन नसक्दा वन्यजन्तुको प्राकृतिक आवागमनमा अवरोध सिर्जना भएको सुवेदीले उल्लेख गर्नुभयो ।

बाघ, हात्तीलगायत वन्यजन्तु नेपाल र भारतको जङ्गलमा ओहोरदोहोर गर्ने करिडोरमा वन्यजन्तुमैत्री सडक संरचना नभएपछि जङ्गली जनावर मानवबस्तीमा पसेर क्षति पु¥याउँदै आएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोज साहले दिगो विकासका लागि नेपालमा वन्यजन्तुमैत्री पूर्वाधार प्रवर्द्धन नहुँदा मानवलाई सहजता भएपनि वन तथा वन्यजन्तुलाई असहज हुँदै गएको बताउनुभयो । “वन्यजन्तु संरक्षणकर्मी विकास विरोधी होइनन्, सडकसहितका पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री हुनुपर्छ”, उहाँले भन्नुभयो, “जथाभावी सडक संरचना निर्माण गर्दा वन्यजन्तु निर्वाध रुपमा आवतजावत गर्न पाउँदैनन्, त्यसैले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको हो ।”

निकुञ्जका प्रमुख साहले वन्यजन्तु, वातावरण र जलवायु अनुकूलतालाई आत्मसात् नगरी गरिएको पूर्वाधार विकास दिगो नहुने भएकाले पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडकलगायत संरचना निर्माण गर्दा सडकको मुनिबाट र सडक माथिबाट वन्यजन्तु निर्वाध रुपमा आवतजावत गर्न सक्नेगरी वन्यजन्तुमैत्री संरचना निर्माण गर्न जरुरी भएकामा जोड दिनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा अशोककुमार रामले निकुञ्ज परिसरमा मात्रै नभएर प्रत्येक वनक्षेत्रमा बन्ने संरचनामा वन्यजन्तु सहज रुपमा आवतजावत गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । जथाभावी रुपमा पूर्वाधार निर्माणले सामाजिक, आर्थिक र वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसबारे समयमा नै सावधानी अपनाएर संरचना बनाउनसके मात्रै दिगो विकास हुने उहाँले उल्लेख गर्नुभयो ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले वनक्षेत्रमा अहिले विकासका नाममा निर्माण भएका सडकले वन्यजन्तु हायलकायल अवस्थामा पुगेको बताउनुभयो । विकासको नाममा एउटै गाउँ पुग्न पाँच वटासम्म बाटो बनाउने अहिलेको कार्यशैलीले मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको उहाँले दाबी गर्नुभयो ।

वन तथा वातावरण विद् डा रोशन शेरचनले विकासबाट मानव, वन्यजन्तु र प्रकृतिलाई पनि फाइदा पुग्नेगरी संरचना निर्माण गर्न सकेमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै जाने बताउनुभयो ।

आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

भर्खरै

  • १.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • २.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ५.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ६.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ७.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ८.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.