• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • २. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ६. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ७. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप हुँदै, ३५० बढी खेलाडी सहभागी हुने


काठमाडौं । दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय योग खेलकुद संघअन्तर्गतको बागमती प्रदेश योग खेलकुद संघको संयोजन र काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला योग खेलकुद संघको आयोजनामा भदौ २९ गते शनिबार दोस्रो उपत्यकास्तरीय योग स्पोर्टस च्याम्पियनसिप हुने भएको हो ।

प्रतियोगिताका लागि उपत्यकाका तीन जिल्ला र काभ्रेका योग खेलाडी पनि समावेश भएको शंखमुलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक केदार नाथ बास्ताकोटीले जानकारी दिए ।

तारकेश्वर ८ स्थित टुसाल मल्टी भेन्युमा बिहान ७ बजेदेखि हुने प्रतियोगितमा विभिन्न ५० विद्यालयहरुका विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । एकल र सामूहिक÷संगीतमय (रिदमिक) समूहमा रहेर अन्तर्राष्ट्रिय सिलेबस अनुसार योगसानको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जसमा विभिन्न उमेर समूहका खेलाडीले सिलेबसमा रही आफ्नो योगासन प्रस्तुत गर्नुपर्नेछ ।

प्रतियोगितामा एकल प्रतिस्पर्धा र उमेर समूहबीचको प्रतिस्पर्धा गरी २ अलग÷अलग विधामा संचालन हुनेछ । ७ उमेर समूहका खेलाडीले आफ्नै समूहको एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जसमा ९ वर्ष मुनिदेखि ५० वर्षमाथिका खेलाडीले सहभागिता जनाउनेछन् ।

उमेर समूहमा ९ वर्ष मुनि, ९–११, १२–१४, १५–१७, १८–३५, ३६–४९ र ५० वर्षदेखि माथिका गरी ७ उमेर समूहका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । महिला पुरुष अलग–अलग गरी प्रत्येकको ७÷७ गरी जम्मा १४ उमेर समूहमा खेल हुने संयोजक बास्ताकोटीले बताए ।

प्रतियोगिताका लागि योग प्रशिक्षण भइरहेका विद्यालय तथा व्यक्तिगतरुपमा पनि इच्छुक योग खेलाडीले गुगल फर्म भरेर आफ्नो नाम दर्ता गराएका उनले जानकारी दिए । जसमा एकल प्रतिस्पर्धातर्फ २३२ खेलाडीहरु प्रतियोगितामा सहभागी हुनेछन् ।

त्यस्तै, संगीतमय रिदमिक सामूहिक योगासन प्रतिस्पर्धा पनि हुनेछ । जसमा १५ वर्ष मुनिका २ समूह महिला र पुरुषको अलग अलग गरी १३० जना खेलाडीहरुले नाम दर्ता गराएका उनले बताए । यसरी प्रतियोगितामा सबै विधाका जम्मा खेलाडी–३६२ जना खेलाडीले दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिपमा सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा विजेता हुनेलाई नगदसहित प्रमाण पत्रले सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा समावेश हुने खेलाडीहरुलाई उनीहरुले गर्ने आसनका आधारमा छनोट गरिएको प्रतियोगिताका लागि खेलाडी छनोट तथा प्रशिक्षण उपसमितिका संयोजक राजकुमार ओडारीले जानकारी दिए ।

उनले आफूहरुले विभिन्न विद्यालयमा गएर वा कतिपयको फोटोमा योगासन गरेको हेरेर प्रतियोगितामा समावेश हुने खेलाडीहरुको अन्तिम छनोट गरिएको जानकारी दिए । करिब ४०० जनाको नाम आएकोमा मापदण्डलाई ध्यान दिएर जम्मा ३६२ जना प्रतियोगिताका लागि योग्य भएकाले छानिएको उनले बताए ।

त्यस्तै, असार २९ गतेदेखिकै बैठकबाट प्रतियोगिताबारे काम थालिएको प्रचारप्रसार उपसमितिका संयोजक चन्द्र सापकोटाले जानकारी दिए । साउन २९ गतेको बैठकपछि आआफ्नो विभाग छुट्याएर कार्य गरी सामाजिक सञ्जालको प्रयोग तथा फोन र प्रत्यक्ष सम्पर्कमार्फत प्रतियोगिताबारे प्रचार गरिएको सापकोटाले बताए ।

योगासन गर्दा कसरी सुरु गर्ने, कति समय कसरी होल्ड गर्ने, फिनिसिङ कसरी गर्ने जस्ता प्राविधिक विषयलाई ध्यान दिएर योगासनको प्रतियोगिता र जज हुने राष्ट्रिय योग खेलकुद संघका प्राविधिक विश्लेषक पुष्करराज पन्तले बताए । आसन प्रस्तुत गर्दा हरेक साना साना प्राविधिक पक्षलाई ध्यानमा राखेर गरेको छ कि छैन भन्ने किसिमलाई ध्यान दिइने उनको भनाइ छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ११ लाख रुपैयाँ लाग्ने अनुमान भएको आर्थिक उपसमितिका संयोजक शंकरदेव श्रेष्ठले जानकारी दिए । तारकेश्वर नगरपालिकाले कार्यक्रम स्थललगायतमा सहयोग गरेको उनले बताए । त्यस्तै, राष्ट्रिय योग खेलकुद संघले खेलाडीहरुलाई प्रमाण पत्रलगायतको व्यवस्था गरिदिने उनले जानकारी दिए ।

त्यस्तै, सहभागी खेलाडीबाट ५०० रुपैयाँको दरले दर्ता शुल्क लिइएको र त्यसलाई पनि प्रतियोगितामै परिचालन गर्ने उनले बताए । विभिन्न क्षेत्रबाट आर्थिक संकलनको प्रतिवद्धता आएको श्रेष्ठले बताए । प्रतियोगिताको दिनसम्म आर्थिक पाटो व्यवस्थापन हुने उनको भनाइ छ ।

त्यस्तै, राष्ट्रिय योग खेलकुद संघका केन्द्रीय महासचिव चुडामणि खरेलले अन्य खेलजस्तै योगको आसनको प्रतियोगिताले मेडल प्राप्त गर्न सक्ने अवस्था रहेको भन्दै हरेक उमेर समूहलाई योगमा जोड्ने प्रयास भइरहेको बताए । उनले स्वीट्जरल्याण्डको जेनेभामा सन् २०१३ मा स्थापित अन्तर्राष्ट्रिय योग स्पोर्टस महासंघ (आइवाइएसएफ) अन्तर्गत रहेर नेपालको राष्ट्रिय खेलकुद परिषदको मापदण्डअनुसार वि. सं. २०७३ मा राष्ट्रिय योग खेलकुद गठन भएर कार्य गरिरहेको बताए ।

आइवाइएसएफमा नेपाल सन् २०१७ मा आवद्ध भएको उनको भनाइ छ । उनका अनुसार संघले नेपालमा योग खेलकुदलाई प्रवर्द्धन गर्न हालसम्म ३ वटा दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता, ५ वटा राष्ट्रिय योग प्रतियोगिता, एउटा प्रदेशस्तरीय र एउटा उपत्यकास्तरीय प्रतियोगिता भइसकेको छ ।

योगले देशको अन्तर्राष्ट्रिय पहिचानमा भूमिका खेल्ने तथा हरेक उमेर समूहका नागरिकलाई योग गरेरै मेडल जित्न सकिने राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको खेलाडी बन्न सक्ने अवसरका रुपमा रहेको जनाउँदै खरेलले योग खेलाडी उत्पादनका लागि संघले कार्य गरिरहेको स्मरण गरे ।

ए, बी तथा सी स्तरका प्रशिक्षक र जज उत्पादनका लागि अघि बढेको खरेलले बताए । त्यस्तै, भारतलगायत अन्य देशमा पनि योगलाई विद्यालयको पाठ्यक्रमलाई अनिवार्यरुपमा समावेश गरेको उल्लेख गर्दै उनले नेपालमा पनि शिक्षा मन्त्रालयमा यसबारेमा पहल गरिरहेको बताए ।

त्यस्तै, आगामी २०२५ मार्चमा एशियन योग खेलकुद प्रतियोगिता नेपालमा गराउनुपर्ने जिम्मेवारी आएको पनि उनले जानकारी गराए ।

बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
घट्यो सुनचाँदीको मूल्य
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय

  • १.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • २.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ६.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.