• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

बाबुरामले छाडे प्रलोपा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

लोकप्रिय समाचार

  • १. कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २. बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ६. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ७. अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

  • ८. आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

दोस्रो चितवन गोल्डकप असोज ३ गतेदेखि, ट्रफी सार्वजनिक

चितवन । गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकप असोज ३ गतेदेखि हुने भएको छ । आयोजक भरतपुर फुटबल क्लब (बिएफसी) ले आईतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे औपचारिक जानकारी दिएको हो ।

नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता असोज १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल उत्कृष्ट क्लब गरी १० टोली सहभागी हुनेछन् । प्रतियोगितामा आयोजक बिएफसी, सूर्यपुर एफसी, नेपाल पुलिस क्लब काठमाडौं, बुटवल लुम्बिनी एफसी, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाईटेड, सल्हेस एफसी सिराहा, न्यु स्टार सुनसरी र राइजिङ स्टार भुमही सहभागी हुनेछन् । थप एक टिमको कागजी प्रक्रिया पुरा हुन बाँकी रहेको संयोजक धुर्व भुसालले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा असोज सूर्यपुर एफसी र बागमती युवा क्लब भिड्नेछन् । उद्घाटन खेल दिउँसो ३ बजे हुनेछ । त्यस अघि एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरिने भुसालले बताए । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

करिब ४० हजार दर्शकले प्रत्यक्ष रुपमा प्रतियोगिताको खेलहरु अवलोकन गर्ने आयोजकको अनुमान छ । दर्शकका लागि पहिलो चरणमा ५०, क्वाटरफाइनल र सेमिफाइनलमा एक सय तथा फाइनलमा दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको संयोजक भुसालले जानकारी दिए । प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको उनले बताए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।

पत्रकार सम्मेलनमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले चितवनमा समय फुटबल गतिविधि बढ्नुको साथै खेलाडीहरुको समेत स्तरवृद्धि भइरहेको भन्दै यस किसिमका ठूला प्रतियोगिता चितवनमा हुन आवश्यक रहेको बताए ।

प्रतियोगिताको मुख्य प्रायोजक गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले चितवनको फुटबल लगायत खेलकुद प्रतियोगितामा सदैव सहयोग गर्दै आइरहेको भन्दै आगामि दिनमा पनि फुटबलको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । सो क्रममा बोल्दै प्रतियोगिताको टिकेटिङ पार्टनर एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले चितवनले गौरव गर्न लायक फुटबल प्रतियोगितामा सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे ।

यसैबीच सोही पत्रकार सम्मेलनमा प्रतियोगिताका विजेताले पाउने ट्रफी समेत अनावरण गरिएको छ । चितवन गोल्ड कपको पहिलो संस्करण २०७९ भदौ २५ देखि असोज ३ गतेसम्म सञ्चालन । पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।

आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
बाबुरामले छाडे प्रलोपा
पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा
कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

लोकप्रिय

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ६.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

भर्खरै

  • १.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २.
    आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ४.
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ५.
    बाबुरामले छाडे प्रलोपा

  • ६.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ७.
    आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.