• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

चुनावमा गठबन्धन नगर्ने कांग्रेस-एमाले तयारी

काठमाडौं, भदौ २०-  सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र एमालेले २०८४ को चुनावमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने संकेत गरेका छन्। कांग्रेस केन्द्रीय कार्य समितिले आफ्नै संगठनको तागतमा निर्वाचनमा भाग लिने प्रस्ताव पास गर्नु र एमाले पोलिट ब्युरो बैठकमा यस्तै विचार आउनुले यी दुई दलले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने संकेत दिएका हुन्। यी दुई दल यतिबेला आन्तरिक बैठकमा छन्।

यो समाचार नागरिक दैनिकमा छ, कांग्रेस केन्द्रीय कार्य समिति बैठकले पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगन थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव र महामन्त्री शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव परिमार्जनसहित अनुमोदन गरेको छ। बैठकले कसैसँग गठबन्धन नगरी आफ्नै तागतमा एक्लै चुनाव लड्ने निर्णय पनि गरेको छ।

एमालेले आफ्ना सांगठनिक बैठक मिसन ८४ अर्थात् निर्वाचनकेन्द्रित भएर अघि बढाएको देखिन्छ। उसले आगामी उपनिर्वाचनमा पनि कुनै दलसँग सहकार्य नगर्ने भएको छ। २०८४ को चुनावपछि एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित एमाले संगठन निर्माणमा लागिरहेको छ।

एमालेले जारी पोलिट ब्युरो बैठकमा मिसन २०८४ लाई बढी केन्द्रित गरेको छ। मिसन २०८४ का लागि एमालेले यसअघि दुई चरणका अभियान गरिसकेको छ। फेरि पनि यस्ता अभियानलाई निरन्तरता दिनेगरी एमालेले विभिन्न बैठक गरेको छ। सरकारमै रहेका बेला एमालेले तस्रो चरणको संगठन विस्तार अभियान अघि बढाउने तयारी गरेको छ।

महासचिव शंकर पोखरेलले पोलिट ब्युरोको मंगलबारको बैठकमा पेस गरेको वार्षिक कार्ययोजनामा संगठन विस्तारका लागि तेस्रो चरणका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।

उक्त कार्यायोजनामाथि बुधबार पोलिट ब्युरोका सदस्यले आआफ्ना धारणा राखेका छन्। पोखरेलले प्रस्तुत गरेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणस् वार्षिक कार्ययोजना’मा ‘मिसन ग्रासरुट’ र ‘मध्य पहाडी संकल्प यात्रा’ अनुभवका आधारमा तेस्रो चरणका कार्यक्रम पनि छिट्टै सञ्चालन गरिने उल्लेख छ। कार्यक्रमको उद्देश्य आगामी चुनावमा एमालेलाई पहिलो र बलियो शक्ति बनाउने छ।

२०७४ सालमा एमाले र माओवादी तथा २०७९ मा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए। अहिले कांग्रेस नेता शेखर कोइराला र महामन्त्री थापाको जोडबलमा आगामी निर्वाचन एक्लै लडनुपर्ने निर्णयमा पुगेको हो।

एमालेचाहिँ यसअघिबाटै मिसन ८४ तर्फ केन्द्रित थियो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार एमाले संगठन चुस्त दुरुस्त राख्न क्रियाशील छ। एमालेले आगामी निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको जानकारी पनि उनले दिए।

पोलिट ब्युरोको मंगलबार बसेको बैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को तयारीमा लागिरहन सदस्यलाई निर्देशन दिएका थिए। ‘नेकपा एमालेले ८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन, एक्लै चुनाव लड्छ। बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले भनेका थिए।

मिसन ८४ मा जित निकाल्न पार्टीको सांगठानिक कामलाई चुस्त, दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने ओलीले बताएका थिए। ‘संगठनहरू चुस्त, दुरुस्त हुनुपर्‍यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन, ग्राउण्डमा योजना बनाएर अघि बढ्नुप¥यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्‍यो,’ बैठकमा ओलीलाई उद्धृत गर्दै एक सदस्यले भने।

पोलिट ब्युरोको बुधबार बसेको बैठकमा पनि एमालेले मिसन ८४ केन्द्रित भएर छलफल गरेको छ। बैठकपछि प्रचार विभाग प्रमुख गौतमले भने, ‘हामी आगामी निर्वाचनमा कसैको पनि वैशाखी टेक्दैनौं। नेपाली कांग्रेसले पनि एक्लै निर्वाचन लड्छु भनेको छ। हामी पनि कसैसँग नमिली एक्लै चुनाव लड्छौं। निर्वाचनमा वामपन्थीका नाममा कुनै मोर्चा बन्ने सम्भावना छैन।’

बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.