• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ २४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

सिएमसी कर्पोरेट कप’को उपाधि एजुकेशन प्लानेटले जित्यो


चितवन, भदौं १८–  पहिलो संस्करणको ‘सिएमसी कर्पोरेट कप’ इण्डोर क्रिकेटको उपाधि एजुकेशन प्लानेटले जितेको छ । भरतपुर–३, स्थित क्यासी स्पोर्टस् एण्ड रिक्रियशनल सेन्टरमा गयराति सम्पन्न निकै रोमाञ्चक फाइनल प्रतिस्पर्धामा सेन्ट्रल कलेजलाई ८ रनले पराजित गर्दै एजुकेशन प्लानेटले उपाधि जितेको हो ।

जितका लागि अन्तिम ओभरमा सेन्ट्रल कलेजलाई २३ रन आवश्यक रहेकोमा १४ रन मात्रै जोड्न सक्यो । उपाधिसंगै इ–प्लानेटले नगद ५० हजार रुपैयाँ, आकर्षक ट्रफी र मेडल प्राप्त गर्‍यो । उपविजेतामा सिमित सेन्ट्रल कलेजले नगद २५ हजार रुपैयाँ र ट्रफी तथा मेडल प्राप्त गर्न सफल भयो । दुवै टिमलाई समापन समारोहका प्रमुख अतिथि चितवन मेडिकल कलेज (सिएमसी)का निर्देशक प्रोफेशर डा.दयाराम लम्साल, चितवन जिल्ला क्रिकेट संघका सल्लाहकार तथा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेल, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले पुरस्कार प्रदान गरे ।

पुरस्कार वितरण समारोहमा बोल्दै सिएमसीका निर्देशक डा.लम्सालले सफलता पूर्वक प्रतियोगिता सम्पन्न गरेकोमा चितवन जिल्ला क्रिकेट संघलाई धन्यवाद ज्ञापन गरे । उनले आगामि दिनमा पनि यसरी नै क्रिकेट खेलहरुमा सहकार्य गर्दै जाने प्रतिवद्धता जनाए । संघका सल्लाहकार वाइबी पौडेलले प्रतियोगिताका विजेता र उपविजेता टिमलाई बधाई दिए । उनले आगामि दिनमा पनि प्रतियोगिता आयोजना गर्न यसैगरि सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सहयोग पाउनेमा विश्वास व्यक्त गरे । प्रतियोगिताको समापन गर्दै संघका अध्यक्ष सुदिप पियाले वर्षायामलाई हेरेर संघले पहिलोपटक यस किसिमको प्रतियोगिता गरिएकोमा सबैको साथ र सहयोगले सफल भएको भन्दै खुशी व्यक्त गरे ।

उनले आगामि दिनमा यसैगरि सबैको साथको अपेक्षा गरे । संघले यसवर्ष वार्षिक क्यालेन्डर नै प्रकाशन गरेको भन्दै चितवनमा क्रिकेट गतिविधि बढाउन संघ हरदम तयार रहेको बताए । संघका सचिव सुरज ज्ञवालीले सबैमा धन्यवाद ज्ञापन गरेका थिए । चितवन जिल्ला क्रिकेट संघ (क्याक) को आयोजना र चितवन मेडिकल कलेज (सिएमसी)को मुख्य प्रायोजनामा भदौ १४ गतेदेखि १७ गतेसम्म चलेको प्रथम ‘सिएमसी कर्पोरेट कप’ इण्डोर लिग क्रिकेटमा चितवन र नवलपुरसहितका कुल १६ वटा कर्पोरेट टिमले सहभागिता जनाएका थिए ।

मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.