भरतपुर,भदौ १६- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर एक स्थित आँपटारीमा ठूलो रुख ढलेर नारायणगढ-मुग्लिङ सडकखण्डको सवारी आवागमन अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालका अनुसार केही बेर अघि राजमार्गमा रुख ढलेर सडक अवरुद्ध भएको हो।