चितवन । भरतपुर वडा नं. २ स्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. का महिला शेयर सदस्यहरुले तिज विशेष कार्यक्रम मनाएका छन् ।
हरेक वर्ष महिला शेयर सदस्यहरुलाई लक्षित गर्दै हरितालिका तिज पर्वको संस्कृति एवम् परम्परा जगेर्ना गर्ने उद्देश्यका साथ तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।
सो अवसरमा अध्यक्ष धितालले संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए । सबैको साथ सहयोगले नै संस्था अगाडि बढ्ने उनको भनाइ थियो ।
चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष विद्या कोइरालाले दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी कोइरालाले तिजको शुभकामना व्यक्त गर्दै हरेक व्यक्ति इमान्दार भए मात्र संस्थाले निरन्तरता पाउने बताइन् ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सचिव जयराम पाण्डे, व्यवस्थापक विकास पौडेल, लेखा सुपरीवेक्षण समिति संयोजक विनोद पौडेल, कोषध्यक्ष रामप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका संचालक तथा महिला सशक्तिकरण उपसमितिका सदस्य सीता सापकोटाले स्वागत मन्तव्य दिइन् भने संचालन सहसचिव संगीता गौतमले गरेकी हुन् ।
कार्यक्रम महिला सशक्तिकरण उपसमितिका अध्यक्ष इन्दिरा पन्त लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो ।